नेफ्स्कून र जिल्ला बचत संघ चितवनबीच अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र जिल्ला बचत संघ चितवनबीच अन्तरक्रिया

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. चितवन बीच जिल्ला संघ साझेदारी कार्यक्रम प्रभावकारिता सम्बन्धी अन्तरक्रिया आज चितवनमा सम्पन्न भएको छ ।

अन्तरक्रियामा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ति अधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, नेफ्स्कून सञ्चालक एवम् जिल्ला बचत संघ चितवनका उपाध्यक्ष विद्या कोइराला, नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल साथै जिल्ला बचत संघ चितवन बाट अध्यक्ष हरिश्चन्द्र सुवेदी, सचिव रामराज पौडेल, प्रदेश बचत संघका सञ्चालक तेजेन्द्र बहादुर खड्का,जिल्ला बचत संघका पुर्व अध्यक्ष धनप्रसाद श्रेष्ठ, सञ्चालक मीन प्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । 

अन्तरक्रियाका क्रममा नेफ्स्कूनका अध्यक्ष पौड्यालले नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम प्रभावकारिता सम्बन्धमा चर्चा गर्दै साकोस अभियानमा जिल्ला संघ साझेदारी मार्फत गुणस्तर सुनिश्चितता कायम गर्न, साकोसको अनुगमन निरीक्षणको पाटोलाई थप प्रभावकारी बनाउन र नविनतम प्रविधिको बजारीकरण, विस्तार र प्रयोगमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रमका सहभागी बक्ताहरुले बचत ऋण सहकारी अभियानालाई दिगो र संस्थागत बनाउन एकसाथ अगाडि बढ्नुको विकल्प नभएको चर्चा गर्दै प्रारम्भिक संस्थालाई व्यावसायिक बनाउँदै सुरक्षित साकोस अभियानमा प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो । जिल्ला संघ साझेदारी कार्यक्रमलाई थप शसक्त बनाउने अभियानमा नेफ्स्कून र जिल्ला बचत संघ बीचको भूमिकालाई विशेष महत्वका साथ अगाडि बढाइने  बचनबद्धता जिल्ला बचत संघ चितवनका पदाधिकारीहरुले व्यक्त गर्नुभएको थियो । 

आजै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल वागमती प्रदेश सरकार, हेटौंडा–कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आयोजित एक कार्यक्रममा सहभागी हुनुभएको थियो । सहकारी सचिव र रजिष्ट्रार सँगको समसामयिक सहकारी सम्बन्धी छलफल पश्चात उहाँ चितवन पुग्नुभएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप