भक्तपुर जिल्ला बचत संघको १६ औं बार्षिक साधारण सभाको विस्तारित बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघको १६ औं बार्षिक साधारण सभाको विस्तारित बैठक सम्पन्न

 भक्तपुर । भक्तपुर जिल्ल्ला बचत तथा ऋण सहकारी संघ लि.को १६ औं बार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी सूचना तथा महामारीमा साधारणसभा संचालन कार्यविधि २०७७ बमोजिम २००७ पुष ३ गते देखि पुष ११ गते सम्पन्नको अवधि तोकेर सञ्चालन भइरहेको छ । २०७७ पुष ११ गते सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेको प्रमुख आतिथ्यतामा र सदस्यहरुको भर्चुअल सहभागितामा सम्पन्न गर्ने गरी कार्यक्रम तय गरिएको छ । साधारण सभा व्यवस्थापन कार्यदलले साधारण सभाको बारेमा जानकारी तथा प्रस्तावित विषयमा छलफल तथा राय सुझाव संकलन गर्ने उद्देश्यले भक्तपुर नगरपालिका तथा चाँगुनारायण नपामा आबद्ध सदस्य संस्थाहरुको २०७७ पुष ६ गते विस्तारित बैठक साधारणसभा व्यवस्थापन कार्यदलका संयोजक हरि बल्लको सभापतित्वमा सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न गरियो ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघले अन्तरलगानी, तालिम र अभियानको क्षेत्रमा निरन्तर लागिरहेको कुरा बताउर्दै महामारीको अवस्थामा समुदायमा आधारित सहकारी संस्थाहरु संयमित भएर अगाडि बढ्नुपर्ने कुरा बताउनु भयो । उहाँले महामारीमा सहकारीलाई सिध्याउने तरिकाले वित्तीय संस्थाहरुले व्यवहार गरिरहेको र सहकारी ऐन नियम समुदायमा आधारित सहकारीको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो । 
संघका सचिव जगनाथ प्रजापतिले संचालक समितिको तर्फबाट आ.व. २०७६।७७ को वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभयो । संघका कोषाध्यक्ष कान्छा भक्त घःजुले आ.व. २०७६।७७ मा कुल वासलात १ अर्व २ करोड ९९ लाख ६८ हजार र कुल नाफा १ करोड ४४ लाख ४३ हजारकोे आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभयो । वहाँले विशेष ऋणा ९ प्रतिशतमा रु.१ करोड ५० पचास रुपैंया, विना धित्तो ऋण रु. ६० लाख सम्म प्रदान गर्ने प्रस्ताव पेश गर्नु भयो । संघका उपाध्यक्ष हरि बल्लले बैठकमा उपस्थित प्रतिनिधिलाई धन्यवाद दिदैं साधारणसभामा पेश भएका प्रतिवेदनहरु अध्ययन गरि सुझाव पेश गर्नु अनुरोध गर्नुभयो । बैठकको संचालन संघका व्यवस्थापक बालकृष्ण धोजुले गर्नुभयो । बैठकमा ५२ जना प्रतिनिधिको उपस्थिति थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप