काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघ लिको २३ औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघ लिको २३ औं वार्षिक साधारण सभा सम्पन्न

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरी के.सीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल तथा विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्याल हुनुहुन्थ्यो । प्रमुख अतिथि कडेलले सहकारीका पछिल्ला विषयहरुमा चर्चा गर्दै काभ्रे बचत संघलाई थप सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमका बिशिष्ट अतिथि नेफ्स्कून अध्यक्ष पौड्यालले सन्दर्भ व्याजदर, दोहोरो सदस्यता, अन्तर सहकारी कारोबार आदि समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो । दोहोरो सदस्यताको विषयमा अहिलेको परिस्थितिमा दण्डनीय नहुने विषयमा नियामक निकाय सहमत भएको बताउँदै क्रमिक रुपमा त्यसलाई अघि बढाउने विषयमा सरकार र अभियान सहमत भएको उहाँले जानकारी गराउनुभयो । नेफ्स्कून र जिल्ला बचत संघ साझेदारीको विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राख्दै नेफ्स्कून अध्यक्ष पौड्यालले नेफ्स्कूनले महत्व दिएको स्तरीकरण र स्थिरीकरणको आवश्यकताका विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद पराजुली तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले संघलाई बधाई तथा भविष्यमा थप सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । संघका प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । सचिव उदयराम कायस्थले संघको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जितेन्द्र नकर्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक जेन लामाले प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा विभिन्न व्यक्तित्व एवम् संस्थाहरुलाई सम्मानित एवम् पुरस्कृत समेत गरिएको थियो । नेपालको सहकारी क्षेत्रमा लामो र बिशिष्ट योगदानका लागि नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् एशियाली ऋण महासंघ आकूका पूर्व उपाध्यक्ष ऋषिराज घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको अध्यक्षमा निर्वाचित हुनुभएकोमा ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक सदस्य उद्धव सापाकोटासहित अधिकतम सेयर खरिद (समग्रतर्फ) सम्मान काभ्रेस्थित सामुदायिक साकोस, (ग्रामिणतर्फ) रोशी गाउँपालिका वडा नं ९, महिलातर्फ बनेपा वडा नं ४ स्थित नारी जागरण साकोस, त्यसैगरी अधिकतम बचत समग्रतर्फ विन्धवासीनी साकोस, पनौती नगरपालिका वडा नं १०,  ग्रामीणतर्फ सुर्यमुखी साकोस खानीखोला गा.पा वडा नं. ५, काभ्रे र महिलातर्फ लक्ष्मी महिला साकोस, पनौती न.पा वडा नं. ५, काभ्रे लाई सम्मानित गरिएको थियो । यसैगरी, अधिकतम ऋण कारोबार समग्रतर्फ आर्थिक विकास मित्र साकोस, पाँचखाल न.पा वडा नं. ४, काभ्रे र ग्रामीणतर्फ सिर्जनशील साकोस, रोशी गा.पा वडा नं. ७ सम्मानित भएका हुन् । त्यसैगरी, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष प्रकाश बन्जारा, बचत संघका संचालक सदस्य प्रदिप थापा, बचत संघका संचालक सदस्य कृष्ण प्रसाद तिमल्सिना, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुली लगायतलाई सम्मानित गरिएको थियो । त्यसैगरी, संघका बरिष्ठ तालिम सहायक रवि कुमार खत्री उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत हुनुभएको छ । कार्यक्रम सञ्चालन संघका सह–सचिव सुरेन्द्र प्रसाद पौडेलले गर्नुभएको थियो । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

८ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप