सिजेएनको १० औं वार्षिक साधारण सभा सम्पन्न;  पत्रकार प्रयास श्रेष्ठ पुरस्कृत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिजेएनको १० औं वार्षिक साधारण सभा सम्पन्न;  पत्रकार प्रयास श्रेष्ठ पुरस्कृत

काठमाडौं । सहकारी पत्रकार समाजले प्रत्येक वर्ष प्रदान गर्ने सीजेएन पत्रकारिता पुरस्कारबाट यो वर्ष रातोपाटी अनलाइन सम्बद्ध पत्रकार प्रयास श्रेष्ठ सम्मानित हुनुभएको छ । लामो समयदेखि सहकारी बिट हेर्दै  भएका पत्रकार श्रेष्ठलाई  आज काठमाडौंमा सम्पन्न नेपाल सहकारी पत्रकार समाजको १० औं वार्षिक साधारणसभाको अवसरमा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सम्मानित गर्नुभएको हो । सिजेएनले हरेक वर्ष आफ्नो स्थापना दिवस (भदौ १९गते) गते प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण वार्षिक साधारणसभामा प्रदान गरिएको हो । त्यस्तै, सिजेएनका संस्थापक सचिव सीताराम विलासीलाई ‘सिजेएन संस्थापक सम्मान’ प्रदान गरिएको छ । 

सभामा महासंघ अध्यक्ष मिनराज कडेलले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सञ्चार र सहकारीको समन्वय गर्दै गरिबी निवारणमा सहकारी क्षेत्रको भूमिका बढाउन सकिने बताउनुभयो । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी र सञ्चार क्षेत्रको विकासका लागि सहकार्यमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । संस्थाका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापा, केन्द्रीय सदस्य टेकराज थामी, सिजेएन संस्थापक अध्यक्ष यादव हुमागाई, निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष काजी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सिजेएन सचिव तुलसी सुवेदीले सञ्चालन गर्नुभएको थियो । 
यसैबीच, नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार तथा पत्रकार हितकोष स्थापना गरेको छ । कोषमार्फत आगामी दिनमा सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्नुका साथै सदस्यको हितका लागि पनि कार्य गरिने छ ।  जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले उक्त कोषमा ५१ हजार १ सय १९ रुपैयाँ सहयोग गर्नुभएको छ ।  आजको सभाले उक्त कोष सञ्चालन कार्यविधि समेत पारित गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप