सहकारी ऐन र नियमावलीमा संशोधन आवश्यक: रजिष्ट्रार डा.पाण्डे
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी ऐन र नियमावलीमा संशोधन आवश्यक: रजिष्ट्रार  डा.पाण्डे

भक्तपुर । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी ऐन २०७४ र नियमावली २०७५ बीच कतिपय बुँदाहरुमा मेल नभएकोले कार्यान्वयनमा व्यावहारिक समस्या हलका लागि संशोधन आवश्यक भएको बताउनुभएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको हिजो सम्पन्न १६ औ वार्षिक साधारणसभाका प्रमुख अतिथि रजिष्ट्रार पाण्डेले ऐन र नियमावली संशोधनको औचित्य पुष्टि पार्नुभएको हो । त्यस सम्बन्धमा मन्त्रालय र विभागबाट भैरहेको तयारीका विषयमा भने उहाँले थप केही बताउनुभएन ।

भक्तपुर जिल्लाका सहकारीहरु तुलनात्मक रुपमा  सुशासित, अनुकरणीय र समुदायमा भिजेर काम गर्न बढी नै सफल भएको भन्दै रजिष्ट्रार  पाण्डेले प्रशंसा गर्नुभएको छ । उहाँले भक्तपुरका सहकारीहरुले सदस्यको हितलाई केन्द्रविन्दूमा राखेर काम गरेको र ३३ प्रतिशत महिला सहभागिता पनि सुनिश्चित गरेको बताउनुभयो । त्यस्तै, सन्दर्भ व्याजदरको समेत स्वागत गरेर भक्तपुर जिल्ला बचत संघले कार्यान्वयनमा सहजता ल्याएको भन्दै रजिष्ट्रार पाण्डेले समुदायमा आधारित सहकारीको विकासमा भक्तपुर बचत संघले खेलेको भुमिका अनुकरणीय रहेको बताउनुभयो ।

कोभिड १९ पछि उत्पन्न परिस्थितिका कारण सहकारीमा अधिक तरलता निक्षेप बढेको,  ६५ लाख भन्दा बढी सदस्य र १ लाख भन्दा बढीलाई रोजगारी दिएको सहकारी क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत भन्दा बढी योगदान दिएको तथ्याङक समेत रजिष्ट्रार  पाण्डेले सार्वजनिक गर्नुभयो । बचत तथा ऋण सहकारी अनुगमन निर्देशिकामा विषयगत संघ र ख, ग र घ बर्गको बैंक तथा वित्तीय संस्थामा रहेको संस्थाको निक्षेपलाई पनि तरलता गणना गर्ने गरी संशोधन भएको डा. टोकराज पाण्डेले जानकारी गराउनुभयो । 

कार्यक्रमका अतिथि नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले भक्तपुर पर्यटकीय क्षेत्रमा मात्र नभई सहकारी क्षेत्रको रुपमा पनि परिचित रहेको बताउनुभयो । उहाँले भक्तपुर बचत संघले समुदायको सहकारी विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरु संचालन गर्दै आएको र त्यसमा नेफ्स्कूनको साथ, समर्थन र सहयोग सदैब रहने कुरा बताउदै ब्राण्डको विषयलाई लिएर नेफ्स्कूनमा कुनै समस्या नरहेको बरु व्यक्तिको सोचमा समस्या रहेको उल्लेख गर्नुभयो । संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले दोहोरो सदस्यताले ऋण लगानी तथा असुलीमा मात्र समस्या रहेकोले कर्जा सुचना केन्द्र स्थापना गरी उक्त समस्याको न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो । 

सभाका सभापति संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सन्दर्भ व्याजदर र सेवा शुल्क तोक्ने सहकारी विभागको कार्यले सदस्यले सदस्यलाई शोषणबाट सचेत बनाएको  बताउनुभयो । उहाँले एक व्यक्ति एक सहकारीको व्यवस्था व्यवहारिक नभएकोले संशोधन हुनुपर्ने विचार राख्दै सहकारीको आयकर ५ प्रतिशत हुँदा सहकारी संघ संस्थामा अग्रिम व्याज करकट्टी १५ प्रतिशत नै कायम रहनु न्याचित नभएको बताउनुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य राख्दै अव्यवहारिक र समाजले स्वीकार्न  नसक्ने सामाजिक सुधार ऐन जारी भएपनि लागु नभए जस्तै सहकारी ऐन नियममा भएका अव्यवहारिक पक्ष कार्यान्वयनमा समस्या रहेकोले संशोधन गर्नुपर्ने विचार राख्नुभयो । संघका सचिव जगनाथ प्रजापतिले संघको आ.व. २०७६।७७ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांश प्रस्ताव र संरक्षित पुजी फिर्ता रकम प्रस्ताव पेश गर्नुभयो । संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७६।७७ को वित्तीय प्रगति प्रतिवेदन पेश गर्नु भयो । सभाबाट आ.व.२०७६।७७ मा १ अर्व २ करोड ९९ लाख ६८ हजारको वासलात र १ करोड ४४ लाख ४३ हजारको नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरियो । साथै सभाले आगामी आ.व.२०७७।७८ का लागि १ अर्व ५४ करोड ५७ लाख ९३ हजारको बजेट पारित गरेको छ । सभाले संघको भवन निमार्णको सिलसिलामा साढे तीन तल्लाको संरचना निर्माण कार्य सम्पन्न भई अन्तिम कामहरु भइरहेकोले १ करोड बजेट र १५ लाख ६२ हजार ३ सय रुपैंयामा प्रस्तावित कार्यक्रम तथा तालिम प्रस्ताव पारित गरेको छ । संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आ.व.२०७६।७७ को लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो ।

उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने बचतमा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि., उपकार बचत तथा ऋण सहकारी संस्था लि. र श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. र ऋणमा संचित बचत तथा ऋण सहकारी संस्था लि., बंगलामुखी बचत तथा ऋण सहकारी संघ लि. र एकता बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन ३ वटा संस्थालाई प्रशंसा पत्र वितरण गरिएको थियो ।  संघको १६ औं बाषिक साधारण सभा महामारीमा साधारण सभा संचालन कार्यविधि अनुसार मिति २०७७ पुष ३ गते देखि प्रतिनिधिको उपस्थिति शुरु भई पुष ११ गते प्रतिनिधिहरुको भर्चुअल उपस्थिति र भौतिक रुपमा समिति, उपसमिति र कर्मचारी गरी १३३ जनाको उपस्थितिमा सम्पन्न भएको हो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप