साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा भक्तपुरको नगरकोटमा ५ दिने साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि CUMCCतालिम आज सम्पन्न भएको छ । पुस १२ गतेदेखि शुरु भएको तालिममा २६ बचत तथा ऋण सहकारी संस्थाका २७ जनाको सहभागिता थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उद्घाटन गर्नुभएको तालिमको अन्तिम दिन आज संघका कोषाध्यक्ष दिपक पनेरुले समेत तालिम शिक्षा र निरन्तर सिकाइको महत्वका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।साकोसहरुको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने व्यवस्थापकहरुको क्षमता अभिवृद्धि सम्बन्धी संघले आयोजना गर्ने उच्चस्तरीय तालिमहरु मध्येको एक यो तालिममा व्यवस्थापकहरुको मुख्य भूमिका र दक्षता, वित्तीय बजारमा साकोसको छवि, रणनीतिक सोच र योजना निर्माण, साकोसको सेवाले ओगटेको क्षेत्र, वित्तीय लक्ष्य निर्धारण लगायत अन्य विविधि उपयोगी विषयहरु समाविष्ट थिए । नेफ्स्कूनले लामो समयको अन्तराल पछि यो तालिम सञ्चालन आयोजना गरेको हो । 

आज तालिमको अन्तिम दिनको अन्तिम सत्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उप सचिव ऋषिराम पंगेनीले सहजिकरण गर्नुभएको थियो भने त्यसअघि नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले पनि सहजिकरण गर्नुभएको थियो । कार्यक्रम समापन समारोहमा बोल्दै नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान आग्रह गर्नुभयो । सदस्य साकोसहरुलाई हरतरहको सहयोग गर्न नेफ्स्कून तयार रहेको समेत बताउँदै उहाँले साकोस र केन्द्रीय संघहरुबीच सद्भावपूर्ण सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो । यसैगरी, अघिल्ला दिनहरुमा एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत लेनी, नेफ्स्कूनका निवर्तमान प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले समेत केही सत्रहरु सहजिकरण गर्नुभएको तालिममा प्रमुख सहजकर्ताका रुपमा नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिना तथा बरिष्ठ अधिकृत बल्लभ तिमल्सिनाले गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप