साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा भक्तपुरको नगरकोटमा ५ दिने साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि CUMCCतालिम आज सम्पन्न भएको छ । पुस १२ गतेदेखि शुरु भएको तालिममा २६ बचत तथा ऋण सहकारी संस्थाका २७ जनाको सहभागिता थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उद्घाटन गर्नुभएको तालिमको अन्तिम दिन आज संघका कोषाध्यक्ष दिपक पनेरुले समेत तालिम शिक्षा र निरन्तर सिकाइको महत्वका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।साकोसहरुको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने व्यवस्थापकहरुको क्षमता अभिवृद्धि सम्बन्धी संघले आयोजना गर्ने उच्चस्तरीय तालिमहरु मध्येको एक यो तालिममा व्यवस्थापकहरुको मुख्य भूमिका र दक्षता, वित्तीय बजारमा साकोसको छवि, रणनीतिक सोच र योजना निर्माण, साकोसको सेवाले ओगटेको क्षेत्र, वित्तीय लक्ष्य निर्धारण लगायत अन्य विविधि उपयोगी विषयहरु समाविष्ट थिए । नेफ्स्कूनले लामो समयको अन्तराल पछि यो तालिम सञ्चालन आयोजना गरेको हो । 

आज तालिमको अन्तिम दिनको अन्तिम सत्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उप सचिव ऋषिराम पंगेनीले सहजिकरण गर्नुभएको थियो भने त्यसअघि नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले पनि सहजिकरण गर्नुभएको थियो । कार्यक्रम समापन समारोहमा बोल्दै नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान आग्रह गर्नुभयो । सदस्य साकोसहरुलाई हरतरहको सहयोग गर्न नेफ्स्कून तयार रहेको समेत बताउँदै उहाँले साकोस र केन्द्रीय संघहरुबीच सद्भावपूर्ण सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो । यसैगरी, अघिल्ला दिनहरुमा एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत लेनी, नेफ्स्कूनका निवर्तमान प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले समेत केही सत्रहरु सहजिकरण गर्नुभएको तालिममा प्रमुख सहजकर्ताका रुपमा नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिना तथा बरिष्ठ अधिकृत बल्लभ तिमल्सिनाले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप