बागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठनको तयारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठनको तयारी

ललितपुर । बागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठनको तयारी अघि बढेको छ । त्यसका लागि राष्ट्रिय सहकारी महासंघले तयारी समिति समेत गठन गरेकोे छ । सो समितिले संघ गठनका लागि आवश्यक कार्य गर्ने महासंघले जनाएको छ । राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा मिति २०७७ पुस १६ गते विशिष्टकृत थोक उपभोक्ता सहकारी संघ गठनका विषयमा ललितपुरमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा संचालक डीबी बस्नेतको संयोजकत्वमा तयारी समिति गठन गरिएको हो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र  कोषध्यक्ष दिपक पनेरु सहभागी हुनुहुन्थ्यो । तयारी समितिको सदस्यमा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल, काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) का सचिव शालिकराम पुडासैनी, संकटा उपभोक्ता सहकारी सस्थाका विन्देश्वर श्रेष्ठ, हिलटप बहुउद्देश्यीयका सुमन विक्रम थापा, मनिप्लान्ट साकोसका ओमबहादुर बस्नेत, किर्तिपुर उपभोक्ता सहकारी संस्थाका लक्ष्मिकुमार महर्जन, जेष्ठ आइडियोलोजी साकोसका हेमबहादुर कार्की, चाइना ट्रेड बहुउद्देश्यीयका राजेन्द्र कुमार श्रेष्ठ, शुभलाभ वहुउद्देश्यीय सहकारी संस्था ललितपुरका आङदावा शेर्पा, र भक्तपुर सर्वसुलभ उपभोक्ता सहकारी संस्थाका कृष्ण गोविन्द्र लाखाजु, सपना बहुउद्देश्यीय सहकारी संस्थाका रामचन्द्र अर्याल, बालकुमारी साकोसका पंचकृष्ण श्रेष्ठ रहनुभएको छ । 

महासंघका अध्यक्ष मिनराज कडेलले महासंघले ७ वटै प्रदेशमा सम्भावित अध्ययन गरेको र सबैभन्दा बढी सम्भावना रहेको प्रदेशका रुपमा बगमती रहेको बताउनुभयो । अन्तक्रिया कार्यक्रममा संघको उद्देश्यमाथि प्रकाश पार्दै महासंघका संचालक तथा बागमती प्रदेश संयोजक डिबी बस्नेतले सहकारीको उत्पादित बस्तु र उपभोक्ता सहकारीलाई मध्यनजर गरेर होलसेल मार्केटिङका लागि संघको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बागमती प्रदेशमा  विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठन हुने सम्भावना र आवश्यकतामाथि प्रस्तुती गर्नुभएको थियो । ५५ लाखभन्दा बढी जनसख्या भएको, ३३.५ प्रतिशत सहकारी र सहकारीको कुल पुँजीमध्ये ६७.३ प्रतिशत पुँजी यो प्रदेशमा रहेकाले यहाँ यसको सम्भावना छ ’ उहाँले भन्नुभयो ।  
कार्यक्रममा महासंघका संचालक खेम पाठक, टेकप्रसाद चौलागाई, राजेन्द्र पौडेल लगायतको उपस्थिति थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप