तालिम तथा शिक्षाको माध्यमबाट गुणस्तरीय सेवा प्रवाहमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तालिम तथा शिक्षाको माध्यमबाट गुणस्तरीय सेवा प्रवाहमा जोड

नेपालगञ्ज । लुम्बिनी प्रदेश बचत संघका बरिष्ठ उपाध्यक्ष एवम् बाँके बचत संघका अध्यक्ष प्रकाश ज्ञवालीले बचत तथा ऋण सहकारी सञ्चालनमा नीति, विधि र प्रविधि प्रयोगमा विशेष ध्यानदिनुपर्ने बताउनुभएको छ । नेपालगञ्जमा पौष १४ देखि १६ गतेसम्म सञ्चालनमा रहेको पल्र्स अनुगमन प्रणाली तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले सहकारी संस्थाको जोखिम न्यूनीकरण गरी तालिम तथा शिक्षाको माध्यमबाट स्तरीकृत संस्था सञ्चालन र गुणस्तरीय सेवा प्रवाहमा विशेष जोड दिन सहकारीकर्मीहरुलाई आग्रह गर्नुभएको थियो । 

बाँके र बर्दिया जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको तीन दिवसीय उक्त तालिममा १९ ओटा साकोसहरुबाट २२ जनाको सहभागिता रहेको थियो ।

नेपालगञ्ज फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य प्रेम बहादुर शाहको अध्यक्षता रहेको तालिम सत्रमा नेपालगञ्ज ब्यवस्थापन उप–समिति सदस्य मिना सिग्देल, नेत्र प्रसाद सापकोटा, नेफ्स्कूनका सदस्य सेवा ब्यवस्थापन उप–समिति सदस्य नवराज न्यौपाने लगायत सहकारी अभियानकर्मीहरूको उपस्थिति रहेको थियो । तालिम हिजो सम्पन्न भएको थियो । 

तालिम सहजिकरण संघका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुगाना, गणेश प्रसाद रेग्मी र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन फिल्ड कार्यालय इन्चार्ज यम बहादुर डाँगीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप