धादिङ जिल्ला बचत संघको १६औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङ जिल्ला बचत संघको १६औं बार्षिक साधारणसभा सम्पन्न

धादिङ । धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.निलकण्ठ धादिङको १६औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष टापबहादुर श्रेष्ठको अध्यक्षता तथा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा विशेष अतिथि धादिङ जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य, धादिङ बचत संघका संस्थापक अध्यक्ष देव प्रसाद त्रिपाठी, संघका सल्लाहकार एवम् नेफ्स्कूनका निवर्तमान उपाध्यक्ष पार्वती खाँड राई, कास्कुनका सचिव शालिकराम पुडासैनी, नेफ्स्कून धादिङ फिल्ड इन्चार्ज शम्भु प्रसाद घिमिरे लगायत अतिथि सहभागी हुनुहुन्थ्यो । 
 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पनेरुले धादिङमा सहकारी अभियान अत्यन्तै राम्रो रहेको चर्चा गर्दै विगतमा एकसाथ जिल्लाका २३ वटा बचत तथा ऋण सहकारी संस्थाहरु जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा सहभागी भएर देश भरिनै सुरक्षित साकोस अभियानको हुइम चलेको दाबी गर्नुभयो । उहाँले साकोस स्तरीकरण कार्यक्रममा सहभागी नभइसकेका अन्य सहकारीहरुको सुरक्षित गन्तव्य र स्तरीकृत संस्था सञ्चालनका लागि नेफ्स्कूनले शुरुवात गरेको आधारशिला कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकार, बचत संघ र नेफ्स्कूनको समन्वयात्मक कार्यक्रम आयोजना गरिने स्पष्ट पार्नुभयो । साथै धादिङका विषयगत सहकारी संघहरुको भेला गरि स्थानीय सरकारको अगुवाईमा आधारशिला कार्याक्रम संञ्चालन गर्न पहल गर्ने, जिल्लाको वित्तीय स्रोत तथा पुँजी परिचालन गर्ने, रोजगारीका क्षेत्र पहिचान गर्ने, अभियानमा आबद्ध सदस्य र सहकारीको अवस्था पहिचान गरी बास्तविक तथ्यांक प्राप्तीका लागि बृहत योजना सहित कार्यक्रम आयोजना गर्न जरुरी रहेको बताउनुभयो ।

बचत संघका सल्लाहकार एवम् नेफ्स्कूनका निवर्तमान उपाध्यक्ष पार्वती खाँड राईले जिल्ला बचत संघ धादिङको दोस्रो अध्यक्षको कार्यभार सम्हाल्दा झोलामा रहेको सहकारी संघलाई अगाडि बढाउन आफूले गरेको संघर्षको चर्चा गर्दै नेफ्स्कूनसँगको  आबद्धता र विभिन्न सरोकारवाला निकायहरुसँगको सहयोगले आज जिल्लामा सहकारी अभियानको छवि उच्च रहेको दावी गर्नुभयो । उहाँले आगामी दिनमा पनि बचत संघ र समग्र सहकारी अभियानको बृद्धि र विकासका निम्ति सधैं सल्लाहकारको भूमिकामा रहेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष टाप बहादुर श्रेष्ठले धादिङ बचत संघलाई उच्च गतिमा अगाडि बढाउन नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गर्नुभयो । उहाँले नेफ्स्कून र बचत संघले सम्पूर्ण प्ररम्भिक सहकारी संस्थाहरुलाई अभिभावकत्व प्रदान गर्दै आइरहेको स्पष्ट पार्दै अन्तरलगानी सेवालाई प्रभावकारी बनाउँदै लगिने र नविनतम प्रविधि प्रयोगमा विशेष जोड दिन संघ कार्यगत रुपमा अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्नुभयो । साधारणसभामा उपस्थित अन्य अतिथिहरुले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
 
भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप