भारतको सेवा सहकारीले 'सहकारी शक्तिकरण परियोजना' शुरु गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भारतको सेवा सहकारीले 'सहकारी शक्तिकरण परियोजना' शुरु गर्ने

एजेन्सी । भारतस्थित महिलाहरुको ठूलो सहकारी 'सेवा सहकारी संघ' ले कोभिड १९ को चपेटामा परेका महिलाहरुले सञ्चालन गरेका र अन्य सहकारीहरुलाई व्यवसाय पुनरुत्थानका लागि नयाँ परियोजना सुरु गर्ने भएको छ । 'सहकारी शक्तिकरण' नाम दिइएको उक्त परियोजनाले कोभिड महामारीका कारण मारमा परेका व्यवसायहरुलाई पुँजी बाहेक सक्षमता तथा सीप विकासका क्षेत्रमा सहयोग पुर्याउने छ । उक्त परियोजनाले स्वास्थकर्मीहरुलाई मनोसामाजिक हेरचाह तथा मानसिक स्वास्थ्य सम्बन्धी तालिम पनि उपलब्ध गराउने जनाइएको छ ।

भारतमा रोजगारीमा संलग्नहरुमध्ये ९३ प्रतिशत अनौपचारिक क्षेत्रमा संलग्न रहेको र तिनमध्ये महिलाहरु अत्यधिक रहेको तथ्यांकले देखाउँदछ । सन् १९७२ मा इलाबेन भट्टले स्थापना गरेको Gujarat State Women’s SEWA Co-operative Federation’s (सेवा) ले यही अनौपचारिक क्षेत्रमा संलग्न महिलाहरुलाई आफ्नो संघमार्फत संगठित गर्ने काम गर्यो । हाल भारतका १८ वटा राज्यमा गरी सेवामा कुल १८ लाख महिलाहरु आबद्ध छन् । यसले महिलाहरुको सामाजिक रुपान्तरणका लागि महिला आन्दोलन, श्रम आन्दोलनसँगै सहकारी र आर्थिक सशक्तिकरणमा जोड दिन्छ ।

सेवा अन्तर्गतको सेवा सहकारी संघले महिलाहरुको सामूहिक सामाजिक उद्यम विकासका क्षेत्रमा विशेष जोड दिन्छ । सेवा संघ अन्तर्गत १ सय ६ वटा महिला सहकारीहरु छन् । ती सहकारीहरुका मालिक र श्रमिक दुवै महिलाहरु हुन् । एक महिला एक भन्दा धेरै सहकारीको सदस्य बन्न सक्छिन् । प्रत्येक सहकारी प्रजातान्त्रिक पद्धति अनुरुप सञ्चालित हुन्छ । ती सहकारीहरुमध्ये सबैभन्दा ठूलो सेवा बैंक हो जसमा हाल १ लाख २४ हजार सदस्य छन् ।
सेवा अन्तर्गत सञ्चालित सहकारीहरुलाई मूलतः ६ समूहमा विभक्त गर्न सकिन्छः
महिला कृषकहरुको भूमि सम्बन्धी सहकारी
कालिगड महिलाहरुको सहकारी (घर बनाउन प्रयोग हुने ब्लक बनाउने कामदारहरु, खेलौना बनाउनेहरु, आदि)
दुग्ध सहकारी
बचत तथा ऋण सहकारी
व्यापार तथा निर्यात सहकारी
सेवा प्रवाह सम्बन्धी सहकारी (क्याटरिङ, घरेलु कामदार, सरसफाइ कामदार, इत्यादि)

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप