सहकारी विभागद्वारा देशभरका सहकारीको तथ्याङ्क सार्वजनिक; मुलुकभर २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी विभागद्वारा देशभरका सहकारीको तथ्याङ्क सार्वजनिक; मुलुकभर २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था

काठमाडौं । सहकारी विभागले देशभरका सहकारीको तथ्यांक सहितको अध्ययन निष्कर्ष आज सार्वजनिक गरेको छ । विभागको उक्त निष्कर्ष अनुसार देशभर सहकारीको संख्या घटेपनि कारोबार र सदस्यको संख्यामा वृद्धि भएको छ । विभागले सातै प्रदेश र स्थानीत तहसँगको सहकार्यमा २०७७ साउनदेखि कार्तिक सम्म गरेको अध्ययन अनुसार हाल मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थाहरु, २० विषयगत केन्द्रीय संघहरु, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक,  ७० जिल्ला सहकारी संघ र २ सय ४१ विषयगत जिल्ला सहकारी संघ क्रियाशील रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

देशभर सहकारीमा कुल शेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख रहेको छ भने ४ खर्ब ७७ अर्ब ९६ करोड बचत रहेको छ । अध्ययन अनुसार सहकारीले ४ खर्ब २६ अर्ब २६ करोड लगानी गरेका छन् । सहकारीमार्फत ८८ हजार ३ सय ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सहकारी विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा सहकारीको कारोबार र सदस्य संख्यामा वृद्धि भएको देखाएको हो । सहकारीको अभिलेख स्थानिय र प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि संघिय विभागले तीन वर्षपछि सहकारीको तथ्यांक सार्वजनिक गरेको हो । २०७४ असार मसान्तसम्ममा ३४ हजार ५१२ सहकारीले करिव ७ खर्व कारोबार गरेका थिए ।

तीन वर्षको अवधिमा सहकारी संस्थाको संख्या ४ हजार ६४४ संस्था घटेका छन् । यस अवधिमा सहकारीमा आवद्ध सर्वसाधारणको संख्या १० लाख थपिएको छ भने कारोबार पनि तीन खर्व बृद्धि भएको छ ।  कुल सहकारीमध्ये संघीय सरकार अन्तर्गत १२५,  प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७५९ वटा संस्था छन् । सबैभन्दा बढि सहकारीको बाहुल्यता बाग्मती प्रदेशमा देखिएको छ । कुल संस्थाको एक तिहाई र कुल कारोबारको आधा हिस्सा यसै प्रदेशमा रहेको छ ।

२७ लाख १७ हजार सदस्य रहेको यस प्रदेशका सहकारीले ५१ अर्ब ४० करोड सेयर पुँजी तथा २ खर्ब १४ अर्ब ६६ करोड बचत संकलन गरी १ खर्ब ९९ अर्ब ८६ करोड ऋण लगानी गरेका छन् । यस्तै सबैभन्दा कम सहकारी कर्णाली प्रदेशमा एक हजार ९७६ संस्था रहेका छन् । यी संस्थामा ४ लाख ४ हजार ९५६ जना सदस्य रहेकामा सेयर पुँजी १ अर्ब ९१ करोड, बचत ८ अर्ब ८६ करोड, ऋण लगानी ७ अर्ब ९२ करोड रहेको विभागले जनाएको छ ।

यसैगरी प्रदेश १ मा ४ हजार ७३७ सहकारीमा ९ लाख ३५ हजार सदस्य रहेका छन् । यी सहकारीले ८ अर्ब २० करोड सेयर पुँजी तथा ४१ अर्ब २१ करोड बचत संकलन गरी ३८ अर्ब ९५ करोड ऋण लगानी गरेका छन् । प्रदेश २ मा ४ हजार १५३ सहकारीले ५ लाख ५५ हजार १९७ सदस्यबाट २ अर्ब ३६ करोड सेयर, २३ अर्ब १९ करोड बचत र १५ अर्ब ५ करोड ऋण लगानी गरेका छन् । गण्डकी प्रदेशमा २ हजार ६७१ सहकारीमा ११ लाख १६ हजार ६३२ जना सदस्य आवद्ध छन् । यी संस्थामा २२ अर्ब ५ करोड सेयर, ८६ अर्ब ७ करोड ४५ लाख बचत र ८८ अर्ब ३७ करोड ८० लाख ऋण लगानी रहेको छ ।

लुम्बिनी प्रदेशमा ३ हजार ७५५ सहकारीमा ८ लाख ९८ हजार ६११ सदस्य मार्फत ५ अर्ब ८२ करोड सेयर, ५९ अर्ब ९६ करोड बचत संकलन र ४० अर्ब ८० करोेड ऋण लगानी गरेका छन् । यसैगरी सुदुरपश्चिम प्रदेशमा सहकारीको संख्या २ हजार ६० रहेको छ । यी संस्थाहरुले ५ लाख ४२ हजार ९८९ सदस्यमार्फत २ अर्ब १ करोड ५० लाख सेयर, १० अर्ब ४४ करोड बचत र ११ अर्ब ४९ करोड ऋण लगानी गरेका छन् । सहकारी संघ संस्थाको एकीकरण भएको तथा कतिपय संस्था निष्क्रिय रहेको कारण संख्या घटेको विभागले जनाएको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप