६ वर्षपछि बखान सहकारी पुग्दा......
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६ वर्षपछि बखान सहकारी पुग्दा......

भीम गुरुङ
प्रमुख कार्यकारी अधिकृत, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.
पोखरा १०, बुद्धचोक

सहकारी अभियानको सम्भवतः सबैभन्दा शीर्ष ब्यक्तित्व बखानसिंह गुरुङसँगै उहाँको अगुवाइमा चितवनको शारदानगरमा २०१३ साल चैत २० गते स्थापित नेपालको जेठो सहकारी “बखान बहुउद्देश्यीय सहकारी संस्था लि.” (तत्कालीन बखानपुर सहकारी ऋण समिति) को बारेमा जान्ने बुझ्ने इच्छा सबैमा हुन्छ । धेरै वर्षदेखि सहकारीकर्ममा लागेका कारण पनि हुनसक्छ, मलाई पनि उहाँ र इतिहास बोकेको बखान सहकारीको बारेमा जानकारी लिने औधी रुचि छ । 

सौराहा भन्दा उत्तम विकल्प किन बन्न सक्तैन बखानपुर ? मैले कल्पना गरेँ–आधुनिक सुविधासहितको संग्रहालय, सैयौं व्यक्तिहरुको सीप तिर्खाने तालिम केन्द्र, पुस्तकालय, सहकारी सम्बन्धी संग्रहणीय वस्तु तथा सामाग्रीहरु, आवासीय भवनहरु, चमेना घर र रमणीय प्राकृतिक दृश्यावलोकन सहितको उक्त स्थानमा अनुभव र उर्जा मिश्रित सहकारीकर्मीहरुसँग भ्रमणमा गएर बखान सहकारीको इतिहास खोतल्दै, वर्तमान बुझ्दै सुदूर भविष्यको सहकारी सम्भावनाका क्षितिज पहिल्याउँदा कति आनन्दानुभूति हुँदो हो ? त्यो मिठो कल्पनाले म मात्र होइन सायद सबैको मन झङकृत हुन्छ । 

गएको बैशाख ५ गते उहाँको जन्मजयन्तीको अवसर पारेर कोभिडको प्रतिकुलताबीच मैले फेसबुक लाइभमार्फत आफुसँगै समग्र अभियानको ध्यान बखानसिंह गुरुङतर्फ केन्द्रीत गर्ने सानो प्रयास गरेको थिए । भौतिक भ्रमणको मेसो मिलाउन कार्यव्यस्तताका कारण हम्मे परेपनि फेसबुक, बखान बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिका सदस्यहरु तथा त्यहाँ पुग्ने अभियानकर्मीहरुमार्फत बेला बेखतमा अपडेट भइरहन्छु । पछिल्लो पटक भने यही पुस १८ गते पोखरा रोयल साकोसका प्रमुख व्यवस्थापक एवम् मेरा अनन्य मित्र मिलन ढकालसँग व्यक्तिगत कामको सिलसिलमा चितवन पुग्दा बखान सहकारी नपुगी फर्कन मन मानेन र संस्थाका अध्यक्षसँग फोनमा समय मिलाएँ ।

मलाई लाग्छ, हामीले इतिहासलाई कहिल्यै भुल्न हुँदैन । हिजो मात्र सहकारी विभागले सार्वजनिक गरेको मुलुकको सहकारी तथ्याङकको आधारमा आज मुलुकमा रहेका २९ हजार ८ सय ८६ सहकारीहरुमार्फत करिब १० खर्बको कारोबार गर्ने सक्षमता विकासको जग उनै बखानसिंह गुरुङले बसाल्नुभएको थियो । आज सहकारीको संख्या, कारोबार, सदस्य, महिला सहभागिता, विश्वसनीयता र गुणस्तरीयता बढ्दै जादाँ म र मिलनजी बाटोमा फेरि एकपटक उनै बखान सिंहको स्मृतिमा भुल्न पुग्यौं ।

हालसम्म ५ करोड रुपैयाँ सकिएको रहेछ संग्रहालय निर्माणका लागि । उक्त रकमले संरचना उभिएको छ, छाना छाइएको छ, अब बाँकी काम सम्पन्न गर्न करिब ५ करोड रकम अपुग रहेको जानकारी पाएँ । १ हजार जना अट्ने ठूलो हल, अतिथि गृह र कार्यालय निर्माणको योजना रहेछ । अधिकांश रकम संघीय सरकारबाट र केही विभिन्न मनकारी सहकारी संघ संस्थाहरुले उपलब्ध गराउनुभएको रहेछ ।  बखान सञ्चालक समितिमा अपुग श्रोत जुटाउने बिषयमा बारम्बार छलफल भएपनि ठोस निष्कर्ष र बाटो निस्किएको रहेनछ ।

शनिबारको दिन करिब मध्यान्हतिर हामी बखानपुर सहकारी पुग्यौं । सहकारीका अध्यक्ष, बखान सिंहका नाति चन्द्रधवज गुरुङ, राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण समिति सदस्य तारा गुरुङ लगायतका व्यक्तिहरुसँग भेटको संयोग जुर्यो । करिब ६ वर्ष भएछ भौतिक रुपमा बखानपुरसँग टाढिएको । त्यतिबेला र अहिलेमा स्वाभाविक परिवर्तनका स्पष्ट संकेतहरुले हामीलाई स्वागत गरिरहेको थियो । हाल बखान सहकारीले तोरीको तेल पेलेर बिक्री वितरण गर्ने काम गरेको छ । केही समय पहिले संस्थाका अध्यक्षसँग फोनमा कुरा हुँदा  तोरीको तेलकै लागि भएपनि बखान आउन उहाँले आग्रह गर्नुभएको थियो । उहाँले त मलाई पोखरा पठाइदिन्छु नै भन्नुभएको थियो । चितवन भ्रमण गर्दा बखानले प्रशोधन गर्ने शुद्ध तोरीको तेल लिन नबिर्सनुस् भनेर अध्यक्षले भन्नुभएको थियो । 

यो पटकको भ्रमणमा तेलका बारेमा जानकारी लिने मौका मिल्यो । सबैभन्दा ठूलो खुसी भने नजिकै निर्माणाधीन बखान संग्रहालय टेक्दा भयो । मनमा अपार आस्था र विश्वास भएपनि त्यो भावना प्रतिविम्बित हुने भौतिक संरचना खोज्दो रहेछ मनले, सायद मानवीय स्वभाव होला । भगवानप्रति अगाध आस्था हुँदाहुँदै पनि कहीकतै राम्रो मन्दिर देख्दा शिर निहुरिन्छ र मन प्रफुल्लित हुन्छ, मलाई त्यस्तै अनुभूति भयो बखान संग्रहालयको संरचनामा पाइला टेक्दा र पक्कै मिलनजीलाई पनि त्यस्तै भयो भन्ने पूर्ण विश्वास पनि ।

४ विघाको विशाल क्षेत्रफलमा सहकारी पर्यटन प्रवर्धनका थुप्रै ठोस काम गर्न सकिने सम्भावना छ । यसका लागि साथ, सहयोग, समन्वय समर्थन, चिन्तन र खटाइ आवश्यक छ । बखान सहकारीभन्दा २ किलोमिटरको दूरीमा रहेको धुर्मुस सुन्तली दम्पत्तीको भीमकाय सपना आज वास्तविकतामा परिणत हुँदै गर्दा यत्रो सहकारी अभियानले साँच्चिकै सहकारिताको धर्म निर्वाह गर्ने हो भने बखानपुर केवल सहकारीकर्मीहरुको लागि मात्र होइन राष्ट्रिय अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्न सक्दछ ।

हालसम्म ५ करोड रुपैयाँ सकिएको रहेछ संग्रहालय निर्माणका लागि । उक्त रकमले संरचना उभिएको छ, छाना छाइएको छ, अब बाँकी काम सम्पन्न गर्न करिब ५ करोड रकम अपुग रहेको जानकारी पाएँ । १ हजार जना अट्ने ठूलो हल, अतिथि गृह र कार्यालय निर्माणको योजना रहेछ । अधिकांश रकम संघीय सरकारबाट र केही विभिन्न मनकारी सहकारी संघ संस्थाहरुले उपलब्ध गराउनुभएको रहेछ ।  बखान सञ्चालक समितिमा अपुग श्रोत जुटाउने बिषयमा बारम्बार छलफल भएपनि ठोस निष्कर्ष र बाटो निस्किएको रहेनछ । मेरो विचारमा बखान सहकारीमा अनुभव प्राप्त मस्तिष्कहरुको प्रभुत्व छ, अब आवश्यक छ त उर्जाशील युवा प्रतिनिधित्वको । यो मेलले सहकारीमार्फत अथाह सम्भावनाहरुलाई शक्ति प्रदान गर्न सक्तछ भन्ने लाग्छ । सहकारी पर्यटनको प्रचुर सम्भावना बोकेको छ बखान सहकारी र यसले ओगटेको क्षेत्रफल र प्राकृतिक अवस्थितिले ।

४ विघाको विशाल क्षेत्रफलमा सहकारी पर्यटन प्रवर्धनका थुप्रै ठोस काम गर्न सकिने सम्भावना छ । यसका लागि साथ, सहयोग, समन्वय समर्थन, चिन्तन र खटाइ आवश्यक छ । बखान सहकारीभन्दा २ किलोमिटरको दूरीमा रहेको धुर्मुस सुन्तली दम्पत्तीको भीमकाय सपना आज वास्तविकतामा परिणत हुँदै गर्दा यत्रो सहकारी अभियानले साँच्चिकै सहकारिताको धर्म निर्वाह गर्ने हो भने बखानपुर केवल सहकारीकर्मीहरुको लागि मात्र होइन राष्ट्रिय अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्न सक्दछ ।

मलाई लाग्यो, सौराहा भन्दा उत्तम विकल्प किन बन्न सक्तैन बखानपुर ? मैले कल्पना गरेँ–आधुनिक सुविधासहितको संग्रहालय, सैयौं व्यक्तिहरुको सीप तिर्खाने तालिम केन्द्र, पुस्तकालय, सहकारी सम्बन्धी संग्रहणीय वस्तु तथा सामाग्रीहरु, आवासीय भवनहरु, चमेना घर र रमणीय प्राकृतिक दृश्यावलोकन सहितको उक्त स्थानमा अनुभव र उर्जा मिश्रित सहकारीकर्मीहरुसँग भ्रमणमा गएर बखान सहकारीको इतिहास खोतल्दै, वर्तमान बुझ्दै सुदूर भविष्यको सहकारी सम्भावनाका क्षितिज पहिल्याउँदा कति आनन्दानुभूति हुँदो हो ? त्यो मिठो कल्पनाले म मात्र होइन सायद सबैको मन झङकृत हुन्छ । 

फर्कदा मिलनजीसँग हाम्रो संस्थाले संग्रहालय निर्माणका लागि गर्न सक्ने आर्थिक तथा अन्य सहयोगका सम्भावनाहरुको बाटो पनि पहिल्याउँदै आएँ । सञ्चालक समितिको अनुमोदनसहित केही त पक्कै गर्ने निधो मनमनै गरेँ, यो अरुलाई देखाउनका लागि भन्दा भित्रबाटै लागेको हो । इतिहासप्रति आभारी हुने विषय हो, हामीले आज बखानलाई सम्झे पो भोलीको पुस्ताले पनि बखानको ‘बखान’ गर्दो हो । वासलात भन्दा पर पनि सहकारीको भूमिका खोज्ने पोखरा रोयलसँगै देशभरका सहकारीहरुको कर्तव्य सँगै सामाजिक उत्तरदायित्व पनि हो यो । कम्तिमा भोली चितवन पुग्ने जो कोही सहकारीकर्मी (म र मिलनजी जस्तै) पनि बखान नगई नफर्कने, अवलोकन भ्रमण गर्ने, फुर्सदमा भ्रमण गर्ने पहिलो रोजाई, सहकारीका कार्यक्रमहरु गर्ने साझा थलो बन्न सक्ने प्रचुर सम्भावना म देख्छु । अन्यत्र पैसा तिरेर घुम्न जाने र होटलमा बस्ने रकम कम्तिमा बखानका लागि किन उपयोग नगर्ने ? 

मैले त बेलाबखत भन्ने गरेको छु र आज पनि भन्छु, सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघ, सबै प्रकृतिका विषयगत संघहरु, सबै तहका सरकार र सहकारी अनुरागीहरुले यसतर्फ ध्यान पुर्याउनुपर्ने समय आएको छ । आज हामीले गर्ने साँच्चिकै सहकारीकर्म भविष्यको मिठो इतिहास बन्नेछ । 

यो भ्रमणबाट निर्माणाधीन बखान संग्रहालयका सजीव चित्रहरु मानसपटलमा, बखान सहकारीकर्मीहरुको पारिलो आतिथ्य अनि २० लिटर तोरीको तेल र १ बोरा पिना कोसेली लिएर मन फुरुङ्ग पार्दै दुई भाई पोखरा फर्कियौं तर समय निकालेरै भएपनि बेलबेलामा भ्रमण गरिरहने, सक्दो सहयोग गर्ने अनि अरुलाई पनि गर्न प्रेरित गर्ने संकल्प सहित । 

जय बखानसिंह गुरुङ, जय सहकारी ।

(पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत भीम गुरुङसँग साकोस आवाजका लागि रञ्जनमणि पौड्यालले गरेको कुराकानीमा आधारित)

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२३ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप