सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा प्रभात दिदीबहिनी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा प्रभात दिदीबहिनी

चितवन । भरतपुरस्थित प्रभात दिदीवहिनी बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २६औं स्थापना दिवसको पूर्वसन्ध्यामा साताव्यापी सामाजिक उत्तरदायित्वपूर्ण एवम् सदस्य क्रियाशिलता कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । 

साकोसले माघ ६ गते परेको स्थापना दिवसलाई छेको पारेर जीवन जिउने कला विषयक प्रशिक्षण कार्यक्रम, सदस्य विस्तारित भेला, क्यान्सर सचेतना कार्यक्रम, बाल बचतकर्ता हाजिरी जवाफ प्रतियोगिता, टोल सरसफाइ अभियान, बालबालिका एवम् शेयर सदस्यहरुका लागि खेलकुद कार्यक्रम, बखान सहकारी संस्थापक सदस्य सम्मान, रक्तदान कार्यक्रम, दन्तशिविर साथै विभिन्न विधामा उत्कृष्ठ शेयर सदस्य सम्मान कार्यक्रम सञ्चालन गरिने जनाएको छ । 

स्थापना दिवसलाई लक्षित गरेर चरणबद्ध रुपमा सञ्चालन हुने कार्यक्रमको बारेमा सदस्यहरुको जानकारीका लागि सूचना जारी गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत हुम प्रसाद गैरेले जानकारी दिनुभयो ।  

संस्थाका सचिव साधना पोखरेलले पौष १८ गते जीवन जिउने कला विषयक प्रशिक्षण कार्यक्रम र पौष १९ गते सदस्य विस्तारित भेला सम्पन्न भएकोे जानकारी गराउनुभयो । जीवन जिउने कला सम्बन्धी प्रशिक्षण ब्रम्हकुमारी राजयोग सेंवा केन्द्रका प्रशिक्षक बिजय राज सिग्देलले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा ६७ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी पौष १९ गते सदस्य विस्तारित भेला आयोजना गरिएको थियो । भरतपुर महानगपालिका वडा नं ९ मा संस्थाका अध्यक्ष बिमला न्यौपाने ज्ञवालीको अध्यक्षतामा सम्पन्न सदस्य बिस्तारित मञ्च कार्यक्रममा  १०२ वर्षका जेष्ठ बचतकर्ता धनकली आर्चायबाट कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कुनका उपाध्यक्ष एंव संस्थाका सञ्चालक शान्ति अधिकारी र संस्थाका सचिव साधना पोखरेलले  सहजीकरण  गर्नु भएको थियो । बिस्तारित मञ्चमा  १०५ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सदस्यहरुबाट सुझाव संकलन साथै नवआगन्तुक शेयर सदस्य र बाल बचतकर्ताहरुलाई स्वागत गरिएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप