वीरेन्द्रनगर साकोस सुर्खेतको संस्थागत विकास तालिम नेपालगञ्जमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वीरेन्द्रनगर साकोस सुर्खेतको संस्थागत विकास तालिम नेपालगञ्जमा सम्पन्न

नेपालगञ्ज । सुर्खेतस्थित वीरेन्द्रगर साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा ३ दिवसीय संस्थागत विकास तालिम माघ १४ गते सम्पन्न भएको छ । नेपालगञ्जमा सञ्चालित संस्थागत विकास तालिममा आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, सल्लाहकार, शेयर सदस्य र उच्च व्यवस्थापन सहित कुल २५ जनाको सक्रिय सहभागिता  थियो । 
उक्त तालिम कार्यक्रममा वीरेन्द्रनगर साकोसका अध्यक्ष तथा नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सुर्खेतका सदस्य बम बहादु वि.सि.ले साकोस सुर्खेत जिल्लाकै बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये बढी पूँजी र बढी सदस्य सहभागिता सहित सदस्य सेवा केन्द्रीत रहेको बताउनुभयो । संस्थाको निरन्तर सफल सञ्चालन व्यवस्थापन मार्फत सदस्य मैत्री सेवा प्रवाह गरी सदस्यको आर्थिक, सामाजिक, साँस्कृतिक जीवनस्तर सुधारलाई तिब्रता दिन र संस्थाको परिकल्पना (समुदायमा आधारित दिगो, उत्कृष्ट र व्यवसायिक साकोस) पूरा गर्न संस्थाका सवै संचालक समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, व्यवस्थापन र सदस्यहरुको समेत क्षमता विकासका लागि तालिम तथा शिक्षा कार्यक्रमहरुलाई प्राथमिकताका साथ निरन्तरता प्रदान गर्दै जाने बताउनुभयो । 

कार्यक्रमको समापनका क्रममा ऋण उपसमिति संयोजक रमेश कुमार सापकोटाले कार्यक्रम सोचे भन्दा बढी प्रभावकारी रहेको र सिकाई व्यवस्थापनमा संस्था तत्कालै देखि गतिशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै शिक्षा उपसमिति संयोजक सुरेश कुमार वि.सिले सदस्यमैत्री सहकारी सञ्चालन र सेवा व्यवस्थापनका लागी तालिम तथा शिक्षा कार्यक्रमहरु निरन्तर आवश्यक रहेको र सिकाई अदानप्रदानका लागी संघ संगको सहकार्य निरन्तर रहने बताउनुभयो । तालिम कार्यक्रम सहजिकरण संघका प्रशासन तथा समन्वय प्रमुख सञ्जय राज तिमिल्सिना र क्षेत्रीय कार्यालय नेपालगञ्जका वरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगानाले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप