तथ्याङ्क र प्रचारप्रसार अभावमा बचत ऋण सहकारीहरुको भूमिका ओझेलमा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तथ्याङ्क र प्रचारप्रसार अभावमा बचत ऋण सहकारीहरुको भूमिका ओझेलमा 

मकवानपुर । जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायण प्रसाद देवकोटाले बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यहरूलाई  उत्पादनमूलक तथा व्यावसायिक क्षेत्रमा ऋण प्रवाह गरी महत्वपूर्ण काम गरेपनि त्यसको तथ्याङ्क अद्यावधिक नहुँदा योगदान ओझेलमा परेको बताउनुभयो । सहकारीबाट प्राप्त उपलब्धि र उदाहरणीय सफलताका कथाहरु श्रव्यदृश्य माध्यममार्फत प्रचारप्रसार गर्नुपर्नेमा उहाँले बिशेष जोड दिनुभयो । हिजो सम्पन्न मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(मास्कून) को अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि देवकोटाले कोभिडको समयमा माफ्स्कूनले तरकारी बजारीकरण, राहत संकलन तथा वितरण, एवम् प्रविधिको उच्चतम प्रयोगमार्फत सदस्य उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेकोमा प्रसंशा समेत गर्नुभयो । यद्यपि, यस्ता अनुकरणीय कामहरुको प्रचार प्रसार आवश्यक भएको तर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो ।

उद्घाटन सत्रमा बोल्दै संघकी अध्यक्ष कल्पना श्रेष्ठले जिल्लाभरका सदस्य संस्थाहरुको विवरण, सृजना गरेको रोजगारी, बचत संकलन तथा ऋण लगानी, सामाजिक योगदान लगायतका विवरण एकीकृत गर्ने उद्देश्यका साथ पुस्तक प्रकाशनको तयारी भैरहेको जानकारी गराउनु भयो । साथै उहाँले संघको भवन निर्माण लगायत समसामयिक परिस्थितिका बारेमा जानकारी गराउँदै नीति विधिहरूबाट सरकार र सहकारी दुबै निर्देशित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । संघको वर्तमान सेवा सुविधा, साझेदारी कार्यक्रम लगायतका विषयमा अन्तरक्रियात्मक शैलीमा अभिमुखीकरण सम्पन्न भएको थियो। 

हेटौडा उपमहानगरपालिका र थाहा नगरपालिकासँगै भिमफेदी, बकैया, बागमति, राक्सिराङ, मनहरी,  इन्द्रसरोवर र मकवानपुरगढी  गाउँपालिका  गरी ९ स्थानिय तहका ३५ साकोसबाट ३५ जनाको सहभागिता रहेको कार्यक्रममा संघकी व्यवस्थापक  सुमित्रा कुमारी वाईबाले स्वागत मन्तव्य राख्नुभएको थियो । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२० घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप