नेफ्स्कून-परिषद्-साकोस व्यवस्थापन प्रमुखहरुबीच अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून-परिषद्-साकोस व्यवस्थापन प्रमुखहरुबीच अन्तरक्रिया

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र राष्ट्रिय युवा परिषद्को सहकार्य समन्वयमा उच्चस्तरीय SIYB/GYB (Start and Improve Your Business and Generate Your Business) विषयक अर्को प्रशिक्षक प्रशिक्षण (टट)  सञ्चालनका सम्बन्धमा आज अन्तरक्रिया  भएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयमा आज अपरान्ह संघका अध्यक्ष परितोष पौड्याल एवम् परिषद्का कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुङ्गेलको उपस्थितिमा विभिन्न बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को मान्यता प्राप्त उक्त तालिमको उपयोगिता, सहभागीहरुको छनौट र स्थान आदि विषयमा सघन छलफल भएको थियो । स्मरणीय छ नेफ्स्कून र परिषद्को सहकार्यमा पहिलो SIYB/GYB प्रशिक्षण प्रशिक्षण कार्यक्रम अन्तर्गत केही महिनाअघि भक्तपुरको नगरकोटमा ७५ जनालाई तालिम प्रदान गरिएको थियो । सोही कार्यक्रमको निरन्तरता स्वरुप अर्को प्रशिक्षक प्रशिक्षण कार्यक्रम २५ जनाको सहभागितामा कास्कीको पोखरामा आयोजना गर्ने प्रारम्भिक सहमति समेत आजको छलफलमा भएको छ ।

आजको छलफलमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, बरिष्ठ अधिकृत नवीनराज दाहाल, बरिष्ठ तालिम सहायक खिलनाथ लुँइटेल लगायत सबल वित्तीय अवस्था भएका विभिन्न साकोसका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियो । परिषद्, नेफस्कून र सहभागीहरुको समेत लागत साझेदारीमा उक्त तालिम आयोजना गरिने जनाइएको छ । तालिमको विषयवस्तु, उद्देश्य र औचित्यका बारेमा नेफस्कूनका अध्यक्ष पौड्याल र परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले सहभागी प्रमुख कार्यकारी अधिकृतहरुलाई स्पष्ट पार्नुभएको थियो । सहकारीमार्फत उद्यमशिलता विकासमा टेवा पुग्नुका साथै आइएलओको मान्यता समेत प्राप्त उच्चस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएकाले संस्थागत सहभागिताका लागि साकोसका व्यवस्थापन प्रमुखहरु सहमत हुनुभएको बताइएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप