नेफ्स्कून-परिषद्-साकोस व्यवस्थापन प्रमुखहरुबीच अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून-परिषद्-साकोस व्यवस्थापन प्रमुखहरुबीच अन्तरक्रिया

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र राष्ट्रिय युवा परिषद्को सहकार्य समन्वयमा उच्चस्तरीय SIYB/GYB (Start and Improve Your Business and Generate Your Business) विषयक अर्को प्रशिक्षक प्रशिक्षण (टट)  सञ्चालनका सम्बन्धमा आज अन्तरक्रिया  भएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयमा आज अपरान्ह संघका अध्यक्ष परितोष पौड्याल एवम् परिषद्का कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुङ्गेलको उपस्थितिमा विभिन्न बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को मान्यता प्राप्त उक्त तालिमको उपयोगिता, सहभागीहरुको छनौट र स्थान आदि विषयमा सघन छलफल भएको थियो । स्मरणीय छ नेफ्स्कून र परिषद्को सहकार्यमा पहिलो SIYB/GYB प्रशिक्षण प्रशिक्षण कार्यक्रम अन्तर्गत केही महिनाअघि भक्तपुरको नगरकोटमा ७५ जनालाई तालिम प्रदान गरिएको थियो । सोही कार्यक्रमको निरन्तरता स्वरुप अर्को प्रशिक्षक प्रशिक्षण कार्यक्रम २५ जनाको सहभागितामा कास्कीको पोखरामा आयोजना गर्ने प्रारम्भिक सहमति समेत आजको छलफलमा भएको छ ।

आजको छलफलमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, बरिष्ठ अधिकृत नवीनराज दाहाल, बरिष्ठ तालिम सहायक खिलनाथ लुँइटेल लगायत सबल वित्तीय अवस्था भएका विभिन्न साकोसका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियो । परिषद्, नेफस्कून र सहभागीहरुको समेत लागत साझेदारीमा उक्त तालिम आयोजना गरिने जनाइएको छ । तालिमको विषयवस्तु, उद्देश्य र औचित्यका बारेमा नेफस्कूनका अध्यक्ष पौड्याल र परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले सहभागी प्रमुख कार्यकारी अधिकृतहरुलाई स्पष्ट पार्नुभएको थियो । सहकारीमार्फत उद्यमशिलता विकासमा टेवा पुग्नुका साथै आइएलओको मान्यता समेत प्राप्त उच्चस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएकाले संस्थागत सहभागिताका लागि साकोसका व्यवस्थापन प्रमुखहरु सहमत हुनुभएको बताइएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप