काठमाडौं उपत्यका सहित काभ्रे र दोलखा फिल्ड कार्यालयको अर्धवार्षिक समिक्षा एवम् उपसमिति सदस्यहरुको क्षमता विकास गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौं उपत्यका सहित काभ्रे र दोलखा फिल्ड कार्यालयको अर्धवार्षिक समिक्षा एवम् उपसमिति सदस्यहरुको क्षमता विकास गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.–नेफ्स्कून, केन्द्रीय कार्यालयको आयोजनामा चालु आर्थिक वर्ष २०७७/०७८ को अर्धवार्षिक समिक्षा एवम् फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरुको क्षमता विकास कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । 

कार्यक्रममा अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सदस्यहरु क्रमशः जिवसराज खड्का, रीना आचार्य, न्हुन्छेनारायण श्रेष्ठ, मन्दरा मिश्र, जनक खत्री, लेखा सुपरिवेक्षण समिति सदस्य द्वय शुभद्रादेवी महतो र सुशिल कुमार बस्न्यात सहभागी हुनुहुन्थ्यो भने केन्द्रीय कार्यालय सहित काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा र दोलखा फिल्ड कार्यालयका फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु, सम्बन्धित फिल्ड कार्यालय प्रमुख र नेफ्स्कून उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो । 

संघका कोषाध्यक्ष दिपक पनेरुले स्वागत एवम् कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो । अध्यक्ष परितोष पौड्यालले नेफ्स्कूनको रणनीतिक योजनाका बारेमा प्रस्तुतिकरण गर्दै अभियान सफल हुँदा मात्रै नेफ्स्कून सबल हुने धारणा राख्नुभएको थियो । उहाँले नेफ्स्कूनको रणनीतिक योजना र आम रुपमा यसले राखेको मिसन र भिजनका बारेमा चर्चा गर्दै अभियानको जिम्मेवारी, योजना तथा मार्गदर्शनका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो । 

कार्यक्रमको समापन गर्दै महासचिव दामोदर अधिकारीले फिल्ड कार्यालय अन्तर्गत रहेर नेफ्स्कूनको प्रतिनिधित्व गर्ने उपसमिति सदस्यहरुले सकारात्मक सम्वाद र सहकार्यको माध्यमबाट नेफ्स्कूनका हरेक गतिविधिलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो, “निर्धक्क भएर नेफ्स्कूनको परिचय अगाडि बढाउनुहोस्, संघले कहिल्यै पनि तपाईहरुले शिर निहुर्याउनुपर्ने काम गर्नेछैन ।” नेफ्स्कूनसँगको व्यावसायिक सम्बन्धलाई उच्च प्राथमिकता दिँदै  सदस्यले खाइनखाइ जम्मा गरेको बचत सुरक्षा कसरी गर्न सकिन्छ भन्ने नेफ्स्कूनको चिन्तालाई अभियानको साझा बुझाइ बनाउन उहाँले आग्रह गर्नुभयो ।

संघका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संघको वर्तमान अवस्था र उपलब्धिहरु सहितको प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले सर्भिटाइजेसन र डिजिटाइजेसनको महत्व साथै यसका लागि नेफ्स्कूनले गरेको तयारी सम्बन्धमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा संघका व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठले काठमाडौं उपत्यका लगायत काभ्रे र दोलखा फिल्ड कार्यालयको बार्षिक लक्ष्य एवम् अर्धबार्षिक उपलब्धि समिक्षा गर्नुभएको थियो । कार्यक्रममा सहभागी फिल्ड कार्यालयका प्रमुखहरुले सम्बन्धित कार्यालयका उपसमिति सदस्यहरुको संयुक्त पहलमा तयार पारिएको समस्या तथा चुनौतिहरु सहितको फिल्डगत प्रस्तुतिकरण गर्नुभएको थियो ।  

गोष्ठीमा सहभागी उपसमिति सदस्यहरुलाई महासचिव दामोदर अधिकारीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संघका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सीनाले गर्नुभएको थियो । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप