स्थानीय तहहरुमा 'साझा सहकारी बुझाइ' निर्माणको अभियानमा कास्कूनः काठमाडौंका स्थानीय तहहरुसँग आज बृहत् अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थानीय तहहरुमा 'साझा सहकारी बुझाइ' निर्माणको अभियानमा कास्कूनः काठमाडौंका स्थानीय तहहरुसँग आज बृहत् अन्तरक्रिया

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) ले जिल्लास्थित सबै स्थानीय तहहरुमा ‘साझा सहकारी बुझाई’ निर्माण गर्दै सहकार्य र समन्वयमा अभियान सुशासित र गुणस्तरीय बनाउने बृहत् रणनीतिक योजनालाई प्राथमिकतामा राखेको छ । सोही अनुरुप कास्कूनले आज राजधानीमा काठमाडौं जिल्लास्थित सबै स्थानीय तहहरुसँग उक्त विषयमा अन्तरक्रिया गरेको छ । संघीय संरचना अनुरुप सहकारी र त्यसमा पनि बचत तथा ऋण सहकारीहरुलाई सबल र दिगो बनाउन स्थानीय तहहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सहकारी सञ्जालमा स्थानीय तहको भूमिका उजागर गर्ने पहल स्वरुप आज कार्यक्रम आयोजना गरिएको कास्कूनले जनाएको छ ।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरु एवम् प्रमुख प्रशासकिय अधिकृतहरुले सहकारीलाई बिशेष महत्व दिएको धारणा राख्दै बचत तथा ऋण सहकारीहरुहरुलाई वित्तीय रुपमा सुरक्षित र सक्षम बनाउन अभियानसँग रणनीतिक सहकार्य गर्न तयार रहको धारणा राख्नुभएको थियो । त्यसका लागि सबै स्थानीय तहका अधिकारीहरुबीच सहकारीसम्बन्धी बुझाईमा एकरुपता आवश्यक भएको धारणा सहभागीहरुको थियो । सहभागी स्थानीय निकायका अधिकारीहरुले कास्कूनमा आबद्धताको माध्यमबाट अभियानलाई दरिलो बनाउने विषयमा कुनै दुइमत नरहेको बताउनुभयो । मुलुक संघीय संरचनामा गएपछि सहकारी अधिकार स्थानीय तहहरुमा प्रत्यायोजित भएको अवस्थामा यो क्षेत्रको अपेक्षाकृत विकासका लागि सबै स्थानीय तहहरुबीच सहकारीका सम्बन्धमा साझा बुझाई आवश्यक भएको ठम्याई गर्दै काठमाडौं जिल्ला भरका बचत ऋण सहकारीहरुको अभिभावक संघ कास्कूनले यो प्रयासको नेतृत्व लिएको हो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहराले कास्कूनको अग्रसरतामा बचत ऋण सहकारीहरुलाई सुशासित बनाउने  अभियानमा हातेमालो गर्न नगरपालिका तयार रहेको भन्दै सम्झौता कार्यविधि बनाएर छलफलमार्फत अघि बढ्न सकिने धारणा राख्नुभयो । सहकारी शिक्षामा बिशेष जोड दिदैं सहकारीका शिक्षा उपसमितिहरु सशक्त हुनुपर्नेमा उहाँको जोड थियो । यस्तै, बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव प्रसाद खरेलले आफ्नो नगरपालिकामा सहकारी व्यवस्थापन समिति गठन गरिएको भन्दै यो सम्भवतः नेपालमै पहिलो प्रयास भएको दाबी गर्नुभयो । यसले पनि आफ्नो नगरपालिकाले सहकारीलाई प्राथमिकतामा राखेको स्पष्ट हुने उहाँले बताउनुभयो । जनमानसको अभिन्न अंग सहकारी भएको बताउँदै नगरप्रमुख खरेलले सहकारीको हिसाबकिताब पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले संसारका हरेक कुनामा सहकारी पुगेको बताउँदै सहकारीले नगरेको कुनै पनि काम नभएको बताउनुभयो । उहाँले दिगो बिकासका १७ वटा लक्ष्यलाई आत्मसात् गर्दै अघि बढ्न सबै सहकारीहरुलाई आग्रह गर्नुभयो । सहकारी क्षेत्रलाई पाठ्यक्रममा राख्द लबिङ भैरहेको जानकारी गराउँदै अध्यक्ष कडेलले सहकारी विरोधी शक्तिहरुसँग पनि काम गर्ने शक्ति पनि अभियानमा भएको दाबी गर्नुभयो ।

बिशिष्ट अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले स्थानीय तह सहकारीहरुको प्रवर्धनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले ठूला र सञ्जाल बाहिर पनि काठमाडौंमै सहकारीहरु रहेकाले काठमाडौंका सबै स्थानीय तहहरुले सहकारीहरुलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो । नियमनका लागि बनाइएका कार्यविधिहरुको आधारमा सुशासनको आधारशिला तयार गर्न अत्यावश्यक भैसकेको अध्यक्ष पौड्यालले बताउनुभयो । यद्यपि कानूनमा भ्याकूम भएकाले कास्कूनले आयोजना गरेको यस प्रकारको कार्यक्रमले त्यस्ता भ्याकूमहरु पूर्ति गर्न सहयोग पुर्याउने धारणा उहाँले राख्नुभयो ।

कास्कूनका अध्यक्ष दिपक पनेरुले बचत ऋण अभियान र कास्कूनप्रतिको बुझाई पछिल्लो दिनमा वृद्धि हुँदै गएको दाबी गर्नुभयो । कास्कूनको सक्रियता बढेसँगै काठमाडौं जिल्लाका सदस्य सहकारी संस्थाहरु गुणस्तरीय र सदस्यमैत्री सेवा प्रदान गर्न लागिपरेको विश्वास दिलाउँदै नेफ्स्कूनका समेत कोषाध्यक्ष रहनुभएका पनेरुले स्थानीय तहहरुसँग पनि सम्बन्ध सुदृढ बनाउँदै लगिने दाबी गर्नुभयो ।
कास्कूनले स्थानीय तहबीचको सम्बन्धलाई महत्व दिदैं यही सम्बन्धका आधारमा काठमाडौंको बचत तथा ऋण सहकारी अभियानलाई सहि दिशा निर्देश गर्न सकिने निष्कर्ष निकालेको अध्यक्ष पनेरुले बताउनुभयो । यसका लागि स्थानीय तहहरुबीच पनि सहकारीका बारेमा यथेष्ट सैद्धान्तिक र प्राविधिक ज्ञान आवश्यक रहेपनि कतिपय स्थानीय तहमा यस किसिमको पूर्वाधार र जनशक्ति नभएको परिप्रेक्ष्यमा त्यसको सहजिकरण र सहयोगका लागि कास्कून तयार रहेको संघका अध्यक्ष पनेरुले बताउनुभएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञवालीले सहकारीको अनुगमनमा अब जोड दिइने बताउँदै सदस्यता प्रदान गर्दै महत्वपूर्ण विषयहरुमा पूर्व प्रशिक्षण आवश्यक भएको धारणा राख्नुभयो । उहाँले सहकारीको भूमिकालाई कम आँक्न नसकिने स्पष्ट पार्नुभयो । यस्तै, नागार्जुन नगरपालिकाकी अधिकृत सिता घिमिरेले सहकारीहरुको अनुगमनमा पालिकालाई कठिनाई भएको स्वीकार्नुभयो ।  यस्तै, कीर्तिपुर नगरपालिकाका सहकारी शाखा प्रमुख सुजिन्द्र महर्जनले पालिकाको ऐन कानून निर्माणमा संघहरुको समन्वय आवश्यक रहेको औल्याउँदै सोचे अनुरुप हुन नसकेको स्वीकार्नुभयो । 

स्मरणीय छ कास्कूनले जिल्ला भित्रका सबै बचत तथा ऋण सहकारीहरुलाई आफ्नो सञ्जालमा आबद्ध गराउँदै उनीहरुलाई सदस्य र प्रविधिमैत्री, सुशासित, गुणस्तरीय र दिगो बनाउने रणनीतिक योजना अघि सारेको छ । यसका लागि स्थानीय निकायहरुको सहकारी र त्यसमा पनि बचत तथा ऋण सहकारीहरुका सम्बन्धमा सही बुझाई र अवधारणा आवश्यक रहेको कास्कूनले ठम्याएको छ । स्थानीय निकायहरुसँग पनि हातेमालो गर्दै काठमाडौं जिल्लाको बचत ऋण सहकारी अभियानलाई थप सशक्त बनाउने महाभियान कास्कूनको रहेको छ । यसका लागि गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा अनिवार्य सहभागीता आवश्यक भएको धारणा समेत आज कास्कूनको तर्फबाट राखिएको थियो । सहकारी अभियान र स्थानीय निकायहरुबीचको समन्वय र सहकायले मात्र अभियानलाई विश्वासिलो, गुणस्तरीय र दिगो बनाउन सकिने धारणा सबैको थियो ।

सहकारी सञ्जालमा स्थानीय तहको बिशेष भूमिका रहेपनि यस विषयलाई स्थानीय तहका अधिकारीहरुको उपस्थितमा प्रष्ट पार्ने काम आज कास्कूनले गरेको हो । काठमाडौं जिल्ला भित्रका बचत तथा ऋण सहकारी अभियानका समसामयिक मुद्दाहरुमा बहस पैरवी घनिभूत बनाउँदै लगेको कास्कूनले केही समयअघि देखि स्थानीय तहहरुसँगको सम्पर्क र समन्वयलाई मजबूत बनाउने कार्य थालनी गरेको हो । 
संघका सचिव शालिकराम पुडासैनीले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न स्थानीय निकायका प्रतिनिधिहरु, कास्कूनका वर्तमान तथा निवर्तमान एवम् पूर्व पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो भने कास्कूनका प्रमुख कार्यकारी अधिकृत कृष्ण आचार्यले सहकारी अभियान, बचत तथा ऋण सहकारीको विश्व परिवेश, सहकारी ऐनले उठाएका महत्वपूर्ण विषयहरु र कास्कूनको कार्यदिशा र योजना समेत समाविष्ट प्रस्तुतिकरण गर्नुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप