स्थिरीकरण कोषको प्रभावकारी सञ्चालनमा चितवनमा सामुहिक ऐक्यबद्धता जाहेर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको प्रभावकारी सञ्चालनमा चितवनमा सामुहिक ऐक्यबद्धता जाहेर

चितवन । बचत तथा ऋण सहकारीहरूको सम्भावित जोखिम न्यूनीकरणका लागि स्थापित स्थिरीकरण कोषको प्रभावकारी सञ्चालन प्रति चितवनमा सहकारी अभियन्ताहरुबीच सामुहिक ऐक्यबद्धता जाहेर भएको छ । नेफ्स्कून चितवन फिल्ड कार्यालयको आयोजनामा बुधबार सञ्चालित बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष अभिमुखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले कोष सञ्चालन प्रभावकारितामा अभियानको ऐक्यबद्धता रहेको बताउनुभएको हो । 

नेफ्स्कूनका अध्यक्ष एवम् कोष सञ्चालन समितिका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि मीनराज कंडेलले बचत तथा ऋण सहकारीहरुलाई सम्भावित जोखिमबाट बचाउन कोषको भूमिका बारे प्रष्ट पार्दै सहकारी ऐन र नियमावलीमा समेत सम्बोधन भएकाले अब अभियान द्रुत गतिमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले संस्थाहरुले राम्रो गर्दा गर्दै, कुनै पनि वेला समस्यामा पर्न सक्ने अवस्था आउनेहुँदा त्यसको तत्काल सुरक्षाका लागि कोषको भूमिका निर्विकल्प रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरुलाई जोखिमबाट जोगाउन स्थिरीकरण कोष आवश्यक रहेको कुरा अन्तर्राष्ट्रिय अभ्यासबाट पनि सिकेको र त्यही अनुरुप नेफ्स्कूनले पहल गरेको स्मरण गराउँदै कोष नेफ्स्कूनकै अभिन्न अंग बन्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारी अभियानको जगेडा कोषको रुपमा स्थिरीकरण कोष रहेको र यसलाई कानुनी अड्चनका बीच अघि बढाउन नेफ्स्कून र अभियान प्रतिबद्ध रहेको धारणा राख्नुभयो । स्थिरीकरण कोषभित्र सबैलाई गोलबद्ध हुन आग्रह गर्दै कोषलाई अभियानमैत्री र सहभागितामूलक बनाउन सबैको साथ सहयोग नै महत्वपूण रहने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा संघकी उपाध्यक्ष शान्ती अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, सञ्चालक सदस्य जीवस राज खडका, विद्या कोइराला, नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् बागमती प्रदेश बचत संघका अध्यक्ष उद्दव सापकोटा, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य तेजेन्द्र बहादुर खड्का, केन्द्रीय उपसमिति सदस्य विष्णुमाया लामा, सहकारी अभियन्ताहरु क्रमशः गोपाल प्रसाद गौतम, ओम प्रसाद सापकोटा, प्रकाश गैरे, दिपक राज खनाल, हरिश्चन्द्र सुबेदी, राम प्रसाद सिग्देल लगायत स्थानीय सहकारीकर्मीहरुको विशेष उपस्थिति थियो भने  चितवन, मकवानपुर र नवलपुर जिल्लाका गरी  विभिन्न साकोसका सञ्चालक तथा व्यवस्थापन प्रतिनिधि सहित १४६ जनाको उपस्थिति थियो ।

स्वागत मन्तव्य नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले र स्थिरीकरण कोष सम्बन्धी प्रस्तुतीकरण नेफ्स्कूनका सदस्य विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो । सोही कार्यक्रमका अवसरमा नेफ्स्कूनद्वारा नवलपुर जिल्ला बचत सघका नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनकी फिल्ड कार्यक्रम अधिकृत यमकला सुबेदीले गर्नुभएको थियो भने कार्यक्रम समापनका अवसरमा सञ्चालक विद्या कोइरालाले सहभागीलाई धन्यबाद व्यक्त गर्नुभएको थियो ।   

सहकारी ऐन २०७४ को दफा १०३ मा बचत तथा ऋण विषयगत संस्थाको सञ्चालनमा सम्भावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरु मिली एक स्थिरीकरण कोष खडा गर्न सक्ने उल्लेख छ । उपदफा ३ ले स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघमा रहने व्यवस्था गरेको छ । सोही अनुसार २०७६ माघ २७ गते काठमाडौंमा सम्पन्न प्रारम्भिक भेला (राष्ट्रिय गोष्ठी) मा २ सय ९२ संघ संस्थाबाट कोषमा सहभागिता जनाउने प्रतिबद्धता जाहेर भएको थियो । सोही अनुरुप कोषमा हालसम्म १ सय ३२ संघ संस्थाबाट ३ करोड १२ लाखको प्रारम्भिक योगदान भैसकेको छ । उक्त रकम छुट्टै बैंक खाता खोली राखिएको छ । चितवन र नवलपुर जिल्ला बाट गरी १४ बचत तथा ऋण सहकारी संस्थाको योगदान रकम कोषमा जम्मा भएको छ ।

सहकारी नियमावलीको नियम ७४, (२) (क) अनुसार कोष सञ्चालन समितिको अध्यक्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अध्यक्ष तथा (ञ) अनुसार सदस्य सचिव नेफ्स्कूनका कार्यकारी प्रमुख समितिको सदस्य सचिव रहने व्यवस्था छ । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१८ घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१८ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१८ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१८ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप