सहकारीमा नेतृत्वका लागि महिला सक्षम छौं
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा नेतृत्वका लागि महिला सक्षम छौं

ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारीमा लैंगिक मुल प्रवाहिकरण गर्न नेतृत्व तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने, स्थानीयदेखि राष्ट्रिय स्तरसम्म लैंगिक उत्तरदायि बजेट विनियोजन गर्न आव्हान सहित ५ बुँदे  प्रतिबद्धता पत्र जारी गरेको छ । महासंघको सभाहल पुल्चोक मा चैत्र ८ र ९ गते सञ्चालन भएको सहकारीमा महिला समावेशिता राष्ट्रिय गोष्ठीले सहकारीमा महिला समावेशिताका लागि अभियानमा ऐक्यवद्धता जाहेर गरेको हो । गोष्ठीमा ७७ वटै जिल्लाबाट करिब १९० जना महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीमा सहभागी केही प्रतिनिधिमुलक महिला प्रतिनिधिहरुसँग गोष्ठीको प्रभावकारीताका सम्बन्धमा साकोस आवाजले गरेको संक्षिप्त कुराकानीलाई यहाँ समावेश गरिएको छ ः 

संगिता गौतम तिमिल्सिना
निवर्तमान सञ्चालक, कास्की जिल्ला सहकारी संघ
उपाध्यक्ष, कर्मशिल बचत तथा ऋण सहकारी संस्था, पोखरा  

सहकारीमा महिला समावेशिता गोष्ठी असाध्यै उपयोगी र समयसान्दर्भिक रहेको हामीले महशुस गरेका छौं । ७७ वटै जिल्लाबाट सहभागी हुनुभएका दिदीवहिनीहरुको निकै उर्जाशिल सहभागिता रहेको छ । सहकारीको इतिहाँसलाई हेर्दा सहकारीमा महिलाको ३३ प्रतिशत सहभागिताका लागि अग्रजहरुको संघर्ष निकै ठूलो रहेको पाइन्छ । अझै  पनि निश्चित सफलता प्राप्त भएको छैन । एक प्रकारको वातावरण बनेको छ । अब हामीले आफूमा सक्षमता प्रदर्शन गर्ने र नेतृत्व तहमा पुग्न हामीले हाम्रो अधिकार खोज्नुपर्छ । कुनै पनि काम गर्दा परिवर्तन हामीले आफैबाट खोज्नुपर्छ भन्ने ज्ञान पनि यो महिला गोष्ठीबाट प्राप्त भएको महिले महशुस गरेकी छु । घरको काम, जिम्मेवारी त छदैछ, त्यो सँगसँगै अधिकार प्राप्तिका लागि क्षमता विकास पहिलो सर्त हो भन्ने विषयलाई महत्वपूर्ण रुपमा जोडिएको छ ।  

विन्दा खरेल
सञ्चालक, जिल्ला सहकारी संघ, बाँके
उपाध्यक्ष, भेरी वित्तीय सहकारी संस्था ।

महिला का लागि नेतृत्व लिन त्यति सजिलो छैन । सर्वप्रथम त हामीले आफुलाई सशक्त ढंगले उभ्याउने कोशिस गर्नुपर्छ र सहकारीका सम्पूर्ण दिदीबहिनीहरुलाई सशक्तिकरण गर्नुपर्छ भन्ने प्रेरणा जागृत भएको छ । दुई दिन गोष्ठीमा सहभागी भइरहँदा पहिला आफूँलाई कसरी सशक्त बनाउने र संस्थाका अन्य दिदीवहिनीहरुलाई पनि कसरी सशक्त बनाउन सकिन्छ भनेर सोच्नुपर्ने निकै महत्वपूर्ण ज्ञान प्राप्त भएको छ । संस्थामा गएर महिला उपसमितिलाई क्रियाशिल बनाउने र दिदीबहिनीहरुलाई पनि सशक्तिकरण गर्न पहल गर्ने दृढ विश्वास र अठोट लिएकी छु । 

रुपा शाही
अध्यक्ष, नयाँ कृषि अभियान सहकारी संस्था, जिल्ला शाखा हुम्ला
उपाध्यक्ष, हुम्ला जिल्ला सहकारी संघ 
उपाध्यक्ष, खार्फुनाथ गाउँपालिका–१, हुम्ला

महिला सक्षम हुनको लागि सहकारी हो भन्ने मलाई लाग्यो । महिला निडर भएर सक्षम नेतृत्व दिनको लागि, महिला आत्मनिर्भर हुनको लागि र महिलाले जुनसकै काममा पनि लिड गर्नको लागि यो गोष्ठी सान्दर्भिक छ । बाटो विरायर अल्झिएका महिलाहरु पनि छन् तिनीहरुलाई सही बाटो देखाएपछि इमानका साथ महिलाले काम गर्न सक्छन भन्ने पूर्ण विश्वास म मा छ । हामी भित्रको सोच गरिब छ, त्यो गरिबी सोचबाट मुक्ति पाउनको लागि हामी सक्षम हुनुपर्छ । आजको यो युगमा अब कसैसँग मागेर हैन खोसेर लिन हामी सक्षम हुनुपर्छ । लक्ष्य जहिले पनि ठूलो राख्नुपर्छ । अबको मेरो लक्ष्य भनेको अध्यक्ष हुने र जननिर्वाचित सांसद हुने छ ।  

देवकी ढुंगाना
अध्यक्ष, नारी मुक्ति बचत तथा ऋण सहकारी संस्था लि. मकवानपुर

यस्तो प्रकारको कार्यक्रममा मेरो पहिलो सहभागिता हो । सहकारीमा लागिरहेका हामी जतिपनि ग्रामिण क्षेत्रका महिला छौं, हामीहरुले महिला सशक्तिकरण गर्ने भन्दै विविध कार्यक्रमहरु गरिरहेको भएपनि हामीहरु एक प्रकारको अलमलमा रहेछौं भन्ने पनि गोष्ठीले बोध गराएको छ ।  नेतृत्व तहमा महिला सहभागिता विकास गर्नका लागि यो कार्यक्रमले एक प्रकारको आधार तयार गरेको मैले महशुस गरेकी छु । महिला दिदीबहिनीहरुलाई कसरी अगाडि बढाउने, उद्यमशिलतामा महिला दिदीवहिनीहरुलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि यसबाट निकै ज्ञान प्राप्त भएको छ । 

शोभा पन्त तिवारी
सचिव, संगठित महिला फोहोर व्यवस्थापन सहकारी संस्था, काठमाडौं

कार्यक्रम अत्यन्त प्रभावकारी रह्यो । दुई दिनको समय निकै छोटो लाग्यो । महिलाहरुले सहकारीमार्फत समाज विकासका लागि धेरै गर्न सकिने विषयहरु गोष्ठीबाट प्राप्त भएको छ । भोलिका दिनमा सहकारी क्षेत्रमा महिलाहरुको सक्षमता विकास गर्न, नेतृत्व क्षमता बढाउन गोष्ठीले एक प्रकारको उर्जा प्राप्त गरेको छ । 

वविला के.सी.
ऋण अधिकृत, प्राकृतिक कृषि सहकारी संस्था, शंखु ललितपुर

मेरा लागि यस प्रकारको कार्यक्रम सहभागिता पहिलो अवसर हो । कार्यक्रममा महिला नेतृहरुले राख्नुभएको विचार, स्रोत व्यक्तिहरुको प्रस्तुतिले निकै उत्प्रेरित बनायो । मेहनत गर्यौं भने भोलि हामी पनि नेतृत्व तहमा पुग्न सकिन्छ भन्ने विश्वास पैदा भएको छ । सहकारी क्षेत्रमा काम गर्नको लागि सिक्नुपर्ने धेरै रहेछ भन्ने अनुभव प्राप्त भयो । आधा आकाश ढाक्ने महिलाहरु हुन, जसले नेतृत्व तहमा पुग्न पछि हट्नु हुँदैन किनभने महिलाहरु असक्षम होइनन् अवसरबाट बञ्चित भएका मात्र हुन् भन्ने मेरो बुझाइ छ । सहकारी मार्फत गाउँ गाउँमा वित्तीय सेवा सहज भएको छ । हामीले सहकारीलाई मर्यादित र सुशासित बनाउन सक्यौं भने भोलि नेपालका ठूला ठूला बैंकहरुले दिएको सेवा हामी सहकारी मार्फत नै दिन सक्छौं । 

मतिना अधिकारी
लेखा सुपरिवेक्षण समिति संयोजक, परिवर्तन महिला सहकारी, मकवानपुर

महिला भएर घर परिवार, समाज र सहकारी सबैतिरको काममा ध्यान दिँदा दैनिकी निकै व्यस्त र पट्यारलाग्दो बनिरहेको, काम प्रति मन मरिरहेको बेलामा महासंघले आयोजना गरेको दुई दिने गोष्ठीले निकै हलुका महसुश भएको छ । यसबाट दैनिक क्रियाकलापमा मात्र रुमरिले होइन अब सहकारीमार्फत केही नयाँ गर्नुपर्छ भन्ने उत्सुकता जागेको छ । यस्ता कार्यक्रमले हामी गाउँ गाउँमा बसेर सहकारीको काम गरिरहेका महिलाहरुलाई धेरै सहयोग पुर्याएको महशुस भयो । तर गोष्ठीको पहिलो दिनको सहभागिता राम्रो बन्न सकेन । टाडाबाट आयौं तर हलमा बस्ने ठाउँ नपाएर दिनभर बाहिर बस्नुपर्यो । अघिल्लो दिनको विषवस्तु राम्ररी सुन्न पाइएन । 

जयन्ती शाही
अध्यक्ष, विकासशिल वहुउद्देश्यीय सहकारी संस्था, बाँके

हामी महिलाहरु यसरी अगाडि बढ्ने, कार्यक्रमहरुमा सहभागी हुने अवसर पाएका थिएनौं । यहाँबाट हामी महिलाहरु जान्दैनौ, सक्दैनौ भनेर पछाडि पर्ने होइन रहेछ, जसरी हुन्छ हामीले गर्न खोज्यौ भने सक्छौं भन्ने उत्साह जागेको छ । महिलाहरु सशक्त रुपबाट अगाडि बढेमा नेतृत्व तहमा प्रभावकारी काम गर्न सक्छ भन्ने जानकारी प्राप्त भएको छ । 

अमृता देवकोटा
सदस्य, लालीगुराँस कृषि सहकारी संस्था, सिंखुली गाउँपालिका–हुम्ला

सहकारीको बारेमा धेरै थाहा थिएन । गाउँमा सहकारी त खोलेका छौं । गाउँमा धेरै दलित समुदाय छ ।  सहकारीकी अध्यक्ष पनि दलित हुनुहुन्छ । सहकारी बाट केही गर्न सकेका छैनौं । कहिँ कतैबाट कसैको साथ सहयोग पनि पाउन सकेका छैनौं । यो कार्यक्रममा सहभागी भएर केही बुझ्ने मौका पाएँ तर कति कुरा त विर्सि पनि सकें । हामीलाई धेरै थाहा छैन । गाउँबाट हुम्ला पुग्न पनि दुई दिन लाग्छ । सदस्यहरुबाट उठाएर अलिअलि गरेका छौं । कसैले सहयोग गर्यो भने हुनेथियो भन्ने लाग्छ । 

सविता दाहाल
सञ्चालक, जिल्ला सहकारी संघ सुनसरी
अध्यक्ष, तलेजु बचत तथा ऋण सहकारी संस्था, सुनसरी

सहकारीमा महिला समावेशिता दुई दिने गोष्ठीमा पहिलो चोटी सहभागी हुन पाउँदा धेरै खुसी लाग्यो । महिलालाई नेतृत्व तहमा किन अगाडि बढ्न सकिँदैन भन्ने कौतुहलको विषय थियो । कार्यक्रमका महत्वपूर्ण प्रस्तुतीले हामीलाई अधिकार प्राप्त गर्ने तौरतरिका प्रति उत्प्रेरित गरेको छ । हामी महिला आफै नै निर्णयकर्ता हौं, हामीले हाम्रा लागि अधिकार माग्ने मात्रै होइन आफ्नो निर्णय आफै गरेर निर्णयको अधिकार आफुमाथि लिनुपर्छ भन्ने कुरामा जागरुग गराएको छ । हिजोका दिनमा नेतृत्व तहमा अगाडि बढ्न सोच कमजोर थियो आज त्यसमा रुपान्तरण भएको मैले महशुस गरेकी छु । गोष्ठीबाट सिकेका विषयहरुमार्फत महिला सशक्तिकरणको पाटोमा अगाडि बढ्न हामीले हाम्रा सहकारीहरुमा लागु गर्नुपर्छ भन्ने बल पनि प्राप्त भएको छ । यो गोष्ठी मात्रै होइन यस्तै अन्य कार्यक्रमहरुमा पनि सहभागी हुने अवसर पाइयो भने सहकारी क्षेत्रमा छिट्टै प्रगतिका पाइलाहरु अगाडि बढाउन सक्छौं भन्ने आँट हामीलाई भएको छ । 

राधा बोहरा
अध्यक्ष, संगिनी महिला बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुर

गोष्ठीले अत्यन्त उर्जा प्रदान गरेको छ । मलाई त लाग्यो आजसम्म हामीले केही पनि गरेकै रहेनछौं । जे जति गर्यौं त्यो हामीले हाम्रो क्षमता भन्दा थोरै गरेका रहेछौं भन्ने लागेको छ । गोष्ठीमा जति पनि विषयहरु प्रस्तुत भए ती अत्यन्त प्रभावकारी, समयसान्दर्भिक र महिलाहरुको क्षमता र नेतृत्व विकासका लागि निकै उपयोगी विषयवस्तुहरुमात्रै प्रस्तुत थिए । दुई दिनको बसाइले सहकारी संस्थालाई अगाडि बढाउन, क्षमता विकास गर्न र संस्थाका दिदीबहिनीहरुको सशक्तिकरणमा जुट्न  उत्प्रेरित गरेको छ । 

दुइ दिवसीय उक्त गोष्ठीमा प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतो, प्रमुख बक्ता राष्ट्रिय योजना आयोगका सदस्य एवम् महासंघका सल्लाहकार डा. उषा झा, प्रतिनिधिसभा सांसद मनकुमारी जिसी, महासंघका बरिष्ठ उपाध्यक्ष एवम आइसिए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल द्वारा सहकारीमा महिला समावेशिताका सन्दर्भमा महत्वपूर्ण सम्बोधन भएको थियो । त्यसैगरी सांसद डा. विमला राईले लैंगिक समानताको मुल प्रवाहिकरणमा सहकारी, चुनौती र आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण गर्नुभएको थियो भने महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महिला समावेशिताका लागि नीतिगत व्यवस्था र सहकारीको भूमिका विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । 

त्यसैगरी गोष्ठीको दोस्रोदिन विषयगत केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका उपाध्यक्ष शान्ती अधिकारीले संघमा महिला समावेशिताको प्रयास र भावी योजना बारे प्रस्तुतीकरण गर्नुभएको थियो । राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई तिमिल्सिनाले सहकारी बैकमा महिला समावेशिताको प्रयास र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का उपाध्यक्ष मीना ढकालले संघको महिला समावेशिताको प्रयासबारे प्रस्तुतिकरण गर्नुभएको थियो । 

कार्यक्रममा प्रशिक्षक राजेश्वरी श्रेष्ठले जीवन रुपान्तरण सम्बन्धि उप्रेरणात्मक सेसन सञ्चालन गर्नुभएको थियो भने सफल उद्यमी कमला सुवेदी र  मल्लिका श्रेष्ठले सफलताको कथा प्रस्तुत गुर्नभएको थियो । 

भर्खरै
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो
ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

२ दिन अगाडि

नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

२ दिन अगाडि

सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम
सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

२ दिन अगाडि

पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध
पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध
प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अ...

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

लोकप्रिय
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

४ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

७ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२३ दिन अगाडि

पाठकबाट थप