३ सय दक्ष युवा उद्यमी निर्माणमा चाँगुनारायण नगरपालिकाको पहल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३ सय दक्ष युवा उद्यमी निर्माणमा चाँगुनारायण नगरपालिकाको पहल

काठमाडौं । भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाले राष्ट्रिय युवा परिषद् र नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता सम्बन्धी साताव्यापी  Generate Your Business (GYB) /Start Your Business (SYB) तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।  नेफ्स्कून र राष्ट्रिय युवा परिषद्ले संयुक्त रुपमा केही समयअघि आयोजना गरेको GYB/SYB प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त व्यक्तिहरुले तालिम सहजीकरण गर्नुभएको थियो । युवा उद्यमशीलता विकासका निम्ति नेफ्स्कून र युवा परिषद्को संयुक्त पहलकद्मीमा आयोजना गरिएको GYB/SYB तालिमको अवधारणा लागू गर्ने पहिलो नगरपालिका चाँगुनारायण बनेको हो । कार्यक्रमको समापनमा सम्बोधन गर्दै नेफस्कूनका अध्यक्ष परितोष पौड्यालले दक्ष युवा उद्यमी जनशक्ति निर्माणमा संघ र राष्ट्रिय युवा परिषद्को प्रयासले सार्थकता पाउँदै गएको दाबी गर्नुभयो ।

तालिम अन्तर्गत विभिन्न १० समुहमा विभक्त ३ सय प्रशिक्षार्थीहरुलाई ३० जना प्रशिक्षकहरुले सहजीकरण गर्नुभएको थियो । चाँगुनारायण नगरपालिकाले ३ सय जना युवालाई उद्यमी बनाउने योजनासहित उक्त तालिम आयोजना गरेको हो । युवा उद्यमशीलता अभियानमा सहयोग पुर्याउन इच्छुक उद्यमीहरुलाई नेपाल बैंकले प्रदान गर्ने सहुलियतपूर्ण कर्जामध्ये ३ लाख रुपैयाँसम्मको ब्याज नगरपालिकाले बेहोर्ने सहमति समेत भएको छ । नेफ्स्कूनले GYB/SYB तालिम सञ्चालन गर्ने १ सय ५० प्रशिक्षकहरु तयार पारेको छ । तालिममा ७ दिनसम्म नेफ्स्कूनकोतर्फबाट गोंगबु फिल्ड कार्यालय इन्चार्ज प्रकाश अधिकारीले सहजीकरण गर्नुभएको थियो । अधिकारीले यसअघि नेफ्स्कून र युवा परिषद्को संयुक्त पहलकद्मीमा आयोजना गरिएको GYB/SYB तालिम समेत लिनुभएको थियो ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका २०७७ र सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि २०७७ बनाएर युवा उद्यमशीलताको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । तालिममा उद्यम, उद्यमशिलताको परिचय र व्यवसाय प्रकारहरु सीप र क्षमताहरु, वस्तु तथा सेवाको लागत निर्धारण, व्यवासायिक योजना तयारी, व्यावसायिक विचार सृजना, दिमागी मन्थन र व्यवसायको प्रारम्भिक छनौट प्रक्रिया, जनशक्ति व्यवस्थापन, व्यवसायको स्वरुप, कानुनी दायित्व, खरिद व्यवस्थापन, लगानीमा प्रतिफल, पार बिन्दु र नगद प्रवाह, व्यावसायिक योजना प्रस्तुतिकरण आदि विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिम समापन समारोहमा हिजो प्रशिक्षकहरुलाई प्रशंसापत्र तथा सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप