बुटवलमा पर्ल्स अनुगमन प्रणाली तालिम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुटवलमा पर्ल्स अनुगमन प्रणाली तालिम सुरु

रुपन्देही । नेफ्स्कूनको आयोजनामा रुपन्देहीको बुटवलमा आजबाट ३ दिने पर्ल्स अनुगमन प्रणाली तालिम प्रारम्भ भएको छ । स्थानीय अमरपाली होटलमा आयोजित तालिममा विभिन्न साकोसका ६१ जनाको सहभागिता रहेको छ । कार्यक्रमका अध्यक्ष नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष, प्रबक्ता एवम् रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चन्द्र प्रसाद ढकालले तालिम उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले साकोसहरुको सुशासन सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै पर्ल्स तालिमले व्यावहारिक र प्राविधिक रुपमा सुशासित गर्ने विधि सिकाउने दाबी गर्नुभयो । नेफ्स्कूनले सदस्य संघ संस्थाहरुको सुशासन, दिगोपना र गुणस्तरीयताको विषयलाई केन्द्रमा राखेर तालिम शिक्षा आदि विषयहरु रणनीतिक योजनामा महत्वका साथ समेटेको उहाँले प्रष्ट पार्नुभयो । बरिष्ठ उपाध्यक्ष ढकालले संस्थागत दिगोपना, सदस्यहरुको विश्वसनीयता र सामाजिक उत्तरदायित्वका विषयमा साकोसहरु सजग भएर कार्यक्रमहरु लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सदस्यहरुलाई जस्तो सुके सहयोग गर्न नेफ्स्कून तयार रहेको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका निवर्तमान संचालक एवम् लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल, रूपन्देही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम् रूपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराई, नेफ्स्कून तालिम तथा स्रोत केन्द्र उपसमिति सदस्य एवम् जनउत्थान साकोसकी अध्यक्ष ज्ञानु पौडेल, नेफ्स्कून रूपन्देही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य महेश्वर प्रसाद श्रेष्ठ लगायत अतिथिहरु सहभागी हुनुहुन्थ्यो । तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्का र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ ।

कार्यक्रममा रूपन्देही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य महेश्वर प्रसाद श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेफ्स्कूनका निवर्तमान संचालक एवम् लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल, नेफ्स्कून तालिम तथा स्रोत केन्द्र उपसमिति सदस्य ज्ञानु पौडेल, रूपन्देही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम् रूपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराईले साकोसहरुको गुणस्तर र पर्ल्स तालिमको महत्व लगायत समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरुले तालिम लिनुको उद्देश्य संस्थाको सुशासन कायम गर्नुभएको बताउँदै तालिमको सफलताको कामनासहित सिकेका कुराहरु संस्थामा अक्षरशः लागु गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय इन्चार्ज राधा पोखरेलले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

पाठकबाट थप