‘बखानसिंह हजुरबुबा विकासको सम्बाहक हुनुहुन्थ्यो’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘बखानसिंह हजुरबुबा विकासको सम्बाहक हुनुहुन्थ्यो’

‘जागिरका रुपमा हजुरबुबा सैनिक व्यक्ति भएपनि प्रजातन्त्र र जनहितको पक्षमा वकालत गर्ने व्यक्ति हुनुहुन्थ्यो, प्रजातान्त्रिक विचारले उहाँ ओतप्रोत हुनुहुन्थ्यो । समाजसेवा, विकास र जनहितमा उहाँको बढी रुचि थियो । यी तीनै काम एकैसाथ गर्न सकिने सबैभन्दा उपयुक्त माध्यम सहकारी भएको निष्कर्ष उहाँले २०१२ सालतिरै निकाल्नुभएको थियो । त्यसको परिणाम थियो–२०१३ साल चैत २० मा स्थापित बखान ऋण सहकारी समिति । शिक्षाका हिसाबले साक्षर मात्र भएपनि उहाँमा रचनात्मक चेत थियो, दुरगामी सोचको छनक उहाँसँगको सानिध्यले प्रशस्त मिल्थ्यो । उहाँको सक्रियताको परिणतिले आज ६ दशक भन्दा बढी समय गरेर सफलता प्राप्त गर्दैगर्दा परिवारका सदस्य बाहेक अभियानलाई नै खुसी लाग्नु स्वाभाविक नै हो ।’

नेपालको सहकारी अभियानका अघोषित पिता, संस्थापक वा अग्रणी बखानसिंह गुरुङका नाति चन्द्रध्वज गुरुङ आफ्ना हजुरबुबालाई यसरी सम्झनुहुन्छ । बखानसिंहका ६७ वर्षीय नाती चन्द्रध्वजको स्वरमा हजुरबुबाको हौसलाको आभाष मिल्थ्यो । साकोस आवाजले टेलिफोन सम्वाद गर्दा उहाँ सहकारी अभियान, हजुरबुबा, बखान बहुउद्देश्यीय सहकारी संस्था लि. र निर्माणाधीन बखान राष्ट्रिय संग्रहालयका बारेमा बढी नै उत्साहित सुनिनुहुन्थ्यो ।

बखानसिंहको जन्म वि स १९५६ साल बैशाख ५ गते तनहुँको पुलीमराङमा भएको थियो । सुरुमा सैनिक सेवामा संलग्न उहाँ प्रजातान्त्रिक आन्दोलनका क्रममा २००७ सालमा बन्दीपुरमा छोरा धर्मध्वज गुमाएपछि समाजसेवा र राजनीतिमा प्रवेश गर्नुभयो । औपचारिक रुपमा उहाँ २००८ सालमा राजनीति प्रवेश गर्नुभयो भने समाजसेवामा पनि अगाध लगाव थियो । चन्द्रध्वजले भन्नुभयो, ‘परिवार नै बसाइँ सरेर चितवन झरेपछि हजुरबुबा आफुमात्रै त्यहाँ बस्नुभएन । बाढीबाट विस्थापित भई झरेकाहरुलाई जग्गा दिलाएर बस्ती बसाउनसमेत उहाँ लागिपर्नुभयो ।’

 जग्गा प्राप्त गरेपनि व्यक्तिहरुको एक्लोप्रयासमा खेती र बजारीकरणको प्रयास असम्भवप्रायः भएकाले बखानसिंहले सहकार्य गरेर काम गर्नुपर्छ, हामीहरु अ‍ैंचोपैंचो गर्दा कृषि लगायत धेरै काम सम्भव हुने ठम्याई त्यतिबेला नै बखानसिंह सँग भएको दाबी नाती चन्द्रध्वजले गर्नुभयो । ‘हजुरबुबासँग त्यसबेलादेखि सहकारी भावना थियो,’ चन्द्रध्वजले बताउनुभयो, ‘त्यसैले बस्ती बसाउन जग्गा वितरण भइरहेको बेला हजुरबुबाले विभिन्न व्यक्तिहरु समेटेर विभिन्न समिति बनाउनुभएको थियो, त्यसैमध्येको एक थियो–बखान ऋण सहकारी समिति ।’

दुई छोरामध्ये धर्मध्वज २००७ सालको बन्दीपुर काण्डमा मारिएपछि उहाँ राजनीतिमा प्रवेश गर्नुभयो र २०१५ सालको आम निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बन्नुभयो । बखानसिंहका नाती चन्द्रध्वज (जेठापट्टिका जेठा छोरा) का अनुसार २०१७ सालको राजनीतिक उथलपुथलपछि बखानसिंह नेपाल छोडेर कोलकोता हुँदै भारतको बिहारस्थित नरकटिया पुग्नुभयो । पञ्चायती सरकारले २०१८ सालमा उहाँको श्रीसम्पत्ति कब्जा गरेर बखानपुरस्थित घरमा आगजनी गर्यो । लगाएको एकसरो लुगाबाहेक घरबाट केही झिक्न नपाएको उहाँको परिवारका सबै सदस्यहरु ज्यान जोगाएर जङ्गलको बाटोहुँदै भारत पस्यो । बखानसिंहका अर्का छोरा लालध्वज पनि २०१८ सालको क्रान्तिमा कास्कीको कोत्रेमा सहिद हुनुभएको थियो ।

भारतमा रहँदा उहाँको नेपाली राजनीतिज्ञहरुसँग भेट बाक्लियो । पछि सरकारले आममाफीसहित बखानसिंह स्वदेश फर्किनुभयो । २०३६ सालको जनमतसंग्रहमा पञ्चायतको विपक्षमा बहुदलीय प्रजातन्त्रको पक्षमा उहाँले वकालत गर्नुभयो । पछि आफुसम्बद्ध पार्टीमा खटपटपछि फेरि पञ्चायतकोतर्फबाट निर्वाचनमा सहभागी भई राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको नाती चन्द्रध्वजको भनाई थियो । २०३९ सालमा सूर्यबहादुर थापा सरकारको पालामा उहाँ भूमिसुधार न्याय तथा कानुन मन्त्री रहनुभएको थियो भने छोटो समय पछि मरिचमान सिंह सरकारको समयमा उहाँ न्याय तथा कानुन मन्त्री नियुक्त हुनुभयो । दुवै गरेर उहाँ करिब १ वर्षमात्रै मन्त्री बन्नुभयो । मन्त्रीपदमै रहँदा अस्वस्थ्य भएपछि बखानसिंहलाई बैंकक पुगेर उपचारसमेत गराइएको थियो । तर फर्केको केही समयपछि नै फेरि बिरामी भएपछि उहाँ पाटन अस्पताल भर्ना हुनुभयो । मन्त्री पदमा बहाल रहेको अवस्थामै पाटन अस्पतालमा २०४० साल माघ २५ गते उहाँको निधन भयो । त्यतिबेला बस्ती बसाएको चितवनको स्थानलाई बखानसिंहकै नामबाट बखानपुर नामाकरण गरियो । तर पछि बखानसिंह निर्दलीय पक्षधर भएको कारण नाम परिवर्तन गरेर शारदानगर भन्न थालिएको गाउँलेहरु बताउँछन् ।

सहकारी स्थापनामा अग्रणी भूमिका खेलेपनि राजनीतिक छवि भएका कारण सहकारीमा उहाँले प्रत्यक्ष भूमिकमा नभई संरक्षकका रुपमा रहनुभयो । ‘आज सहकारी क्षेत्र फस्टाइरहँदा, बुबाको पहलकद्मीले समृद्ध मुलुक निर्माणको अभियानमा थोरै भएपनि जग बसाउने काम गरेको रहेछ भन्ने लाग्छ’, चन्द्रध्वज सुनाउनुहुन्छ, ‘बुबाकै पाइला पच्छ्याउँदै हामी पनि जानी नजानी अभियानमै आबद्ध छौं, सबैको साथ सहयोगले सहकारीमार्फत सदस्यहरुको जीवनस्तर परिवर्तन गर्न सकियो भने हजुरबुबाप्रति सच्चा सम्मान हुन्छ भन्ने लाग्छ ।’
 
भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

३ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

३ घण्टा अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

पाठकबाट थप