सदस्यहरूका लागि प्रविधिगत सेवा विस्तार गर्दै सिको  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरूका लागि प्रविधिगत सेवा विस्तार गर्दै सिको  

बर्दिया । सिको बचत तथा ऋण सहकारी संस्था लि. ठाकुरबाबा १ भुरिगाउँ, बर्दियाले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बिलिङ सहितको ट्याब्लेट सेवा र मिस्डकल सेवा सुचारु गरेको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले हिजो सम्पन्न एक कार्यक्रमका बीच उक्त सेवाको सुभारम्भ गर्नु भएको थियो । नेफ्स्कून महासचिव एवम् संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कोषाध्यक्ष दिपक पनेरुको विशिष्ठ आतिथ्यता सहित कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि पौड्याल र विशिष्ट अतिथिहरुबाट संस्थाका बजार प्रतिनिधिहरुलाई ट्यावलेट हस्तान्तरण गरी कार्यक्रमको सुभारम्भ गरिएको थियो । 

अध्यक्ष पौड्यालले सहकारी व्यवसायका ६ आयामहरुको बारेमा चर्चा गर्दै यस वर्षको सहकारी थिम मर्यादित व्यवसाय र प्रविधिमा सहकारी अनुसार सिको साकोसले आधुनिक प्रविधिको शुरुवात गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । 

संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सिको साकोसको यो प्रविधि मैत्री कार्यक्रम अरु संस्थालाई पनि सिकाई हुने कुरा व्यक्त गर्नुभयो । त्यसैगरी कोषाध्यक्ष दीपक पनेरुले सदस्य सेवा प्रभावकारीताका लागि सूचना प्रविधिको पहुँच महत्वपूर्ण रहने हुँदा सफ्वयेर सेवाका विविध सुविधाहरुको प्रयोगलाई निरन्तरता दिइनुपर्ने जोडदिनुभयो । 

कार्यक्रममा संस्थाका अध्यक्ष दामोदर अधिकारीले ६४औं राष्ट्रिय सहकारी दिवसको थिम अनुसार प्रविधियुक्त सेवा विस्तारलाई जोड दिँदै सदस्य सेवालाई सहज पहुँच बृद्धि गर्न  र नविनतम् कार्यको शुरुवात सिकोबाटै गर्ने उद्देश्य संस्थाको रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय संघले जारी गरेका निर्देशनहरुको नियमित पालना गरिरहेको सिको साकोसले केन्द्रीय संघकै स्वामित्व रहेको सफ्टवेयर नेकोस प्लस मार्फत Zinob Inc. को सहकार्यमा मोवाईल बैंकिङ एप्स, एस.एम.एस. सुबिधा, मिसकल्ड सेवा सहित आधुनिक ट्याब्लेट प्रयोग मार्फत संस्थालाई प्रविधिमैत्री बनाउदै लगिएको छ ।” 

अब सिको साकोसका सदस्यहरुले ९८६८६११७१७ नं. मा मिस कल गरी रु. १००।को मोवाईल रिचार्ज गर्न सकिने संस्थाका व्यवस्थापक हरिहर पौड्यालले जानकारी गराउनुभएको छ ।  
 
भर्खरै
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१२ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१२ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप