सदस्यहरूका लागि प्रविधिगत सेवा विस्तार गर्दै सिको  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरूका लागि प्रविधिगत सेवा विस्तार गर्दै सिको  

बर्दिया । सिको बचत तथा ऋण सहकारी संस्था लि. ठाकुरबाबा १ भुरिगाउँ, बर्दियाले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बिलिङ सहितको ट्याब्लेट सेवा र मिस्डकल सेवा सुचारु गरेको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले हिजो सम्पन्न एक कार्यक्रमका बीच उक्त सेवाको सुभारम्भ गर्नु भएको थियो । नेफ्स्कून महासचिव एवम् संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कोषाध्यक्ष दिपक पनेरुको विशिष्ठ आतिथ्यता सहित कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि पौड्याल र विशिष्ट अतिथिहरुबाट संस्थाका बजार प्रतिनिधिहरुलाई ट्यावलेट हस्तान्तरण गरी कार्यक्रमको सुभारम्भ गरिएको थियो । 

अध्यक्ष पौड्यालले सहकारी व्यवसायका ६ आयामहरुको बारेमा चर्चा गर्दै यस वर्षको सहकारी थिम मर्यादित व्यवसाय र प्रविधिमा सहकारी अनुसार सिको साकोसले आधुनिक प्रविधिको शुरुवात गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । 

संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सिको साकोसको यो प्रविधि मैत्री कार्यक्रम अरु संस्थालाई पनि सिकाई हुने कुरा व्यक्त गर्नुभयो । त्यसैगरी कोषाध्यक्ष दीपक पनेरुले सदस्य सेवा प्रभावकारीताका लागि सूचना प्रविधिको पहुँच महत्वपूर्ण रहने हुँदा सफ्वयेर सेवाका विविध सुविधाहरुको प्रयोगलाई निरन्तरता दिइनुपर्ने जोडदिनुभयो । 

कार्यक्रममा संस्थाका अध्यक्ष दामोदर अधिकारीले ६४औं राष्ट्रिय सहकारी दिवसको थिम अनुसार प्रविधियुक्त सेवा विस्तारलाई जोड दिँदै सदस्य सेवालाई सहज पहुँच बृद्धि गर्न  र नविनतम् कार्यको शुरुवात सिकोबाटै गर्ने उद्देश्य संस्थाको रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय संघले जारी गरेका निर्देशनहरुको नियमित पालना गरिरहेको सिको साकोसले केन्द्रीय संघकै स्वामित्व रहेको सफ्टवेयर नेकोस प्लस मार्फत Zinob Inc. को सहकार्यमा मोवाईल बैंकिङ एप्स, एस.एम.एस. सुबिधा, मिसकल्ड सेवा सहित आधुनिक ट्याब्लेट प्रयोग मार्फत संस्थालाई प्रविधिमैत्री बनाउदै लगिएको छ ।” 

अब सिको साकोसका सदस्यहरुले ९८६८६११७१७ नं. मा मिस कल गरी रु. १००।को मोवाईल रिचार्ज गर्न सकिने संस्थाका व्यवस्थापक हरिहर पौड्यालले जानकारी गराउनुभएको छ ।  
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप