कर्णाली प्रदेशमा सहकारी विकासका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्णाली प्रदेशमा सहकारी विकासका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया 

सुर्खेत । ६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी कर्णाली प्रदेशमा सहकारी क्षेत्रको विकासका लागि स्थानीय सरोकारवालासँग आज बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतको आयोजनामा कर्णाली प्रदेशमा सहकारी क्षेत्र विकासका लागि सरोकारवालासँग आज अन्तरक्रिया कायर्यक्रम सम्पन्न गरिएको हो । सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार एवं उप सचिव राजु बस्नेतको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिति प्रदेश सहकारी मन्त्री विमला के.सी हुनुहुन्थ्यो भने प्राध्यापक डा. दिप बहादुर रावल भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्र, मुख्य मन्त्री कार्यालयका सचिव एंव सहकारी विज्ञ आनन्द सारु, नेफ्स्कूनका संञ्चालक यज्ञ प्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका संञ्चालक हरीहर नाथ योगी, जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत वि.सी लगाय अथितिहरु सहभागी हुनुहुन्थ्यो । 

प्रमुख अथिति मन्त्री के.सीले सहकारीको विकास विना समाजबाद उन्मुख राष्ट्रको परिकल्पना पुरा हुन सक्दैन भन्नेमा प्रदेश सरकार सहकारी मन्त्रालय  विश्वस्त रहेको धारण राख्नुभयो । मन्त्रालय स्थापना भए देखि सहकारीलाई प्राथमिकता दिएको र थुप्रै अनुदानका कार्यक्रमहरु संञ्चालन गरेको उहाँले बताउनुभयो । सुरुवाती चरणमा कानुनी जटिलताका कारण केही कामहरु चाहेर पनि गर्न नसकेको स्वीकार गदै मन्त्री केसीले सहकारी मार्फत ब्याज अनुदान कार्यक्रम संञ्चालनमा ल्याउन निकै चुनौती सामना गर्नुपरेको धारणा राख्नुभयो । सहकारीमार्फत सार्वजनिक महत्वका क्षेत्रमा नयाँ कार्यक्रम संञ्चालन गर्न इच्छुक संस्थाहरुबाट माग भई आए आफुहरु खुल्ला रहेको धारणा राख्दै मन्त्री के.सी ले विचौलिया सिर्जना गर्ने खालका अनुदानका कार्यक्रमहरु अब उप्रान्त मन्त्रालयबाट बन्द गरिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा मन्त्रालयका सचिव मिश्रले सहकारी क्षेत्र सुधारको लागि लगानी कम भएको बताउदै आउँदा दिनहरुमा लगानी बढाइ क्षमता विकास र पुर्वाधार विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सचिव मिश्रले झोलमा भएका सहकारीहरुलाई अफिस र अफिमा भएका सहकारीलाई गाउँमा पुर्याउन  सहकारी क्षेत्र सुधार विकास कार्यक्रम आवश्यक रहेको औल्याउनु भयो । त्यसको लागि आफ्नो तर्फबाट पहल गरीने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । अर्को एक प्रसंगमा सचिवले छिटै सहकारी नियमावली ल्याउने प्रतिबद्धता सहित ठुलो सहकारी क्षेत्रलाई प्रशिक्षित गर्न एकिकृत प्रशिक्षण केन्द्रले नपुग्ने अभियान र मन्त्रालय मिलेर छुट्टै सहकारी प्रशिक्षण केन्द्र स्थापन गर्नु पर्ने धारण राख्नु भयो । 

सुर्खेत लगायत कर्णाली प्रदेशका अगुवा सहकारीकर्मीहरु बीच भएको अन्तरक्रिया कार्यक्रममा दुई वटा विषयमा कार्य पत्र प्रस्तुत गरिएका थिए । मुख्य मन्त्री कार्यालयका सचिव आनन्द सारुले “सार्वजनिक महत्वका क्षेत्रहरु र सहकारी प्रणाली ” विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो उत्त कार्यपत्र माथि टिपणी सहकारीमा विद्यावारिधि गर्नुभएका म.प. विश्वविद्यालयका प्राध्यापक एंव व्यवस्थापन संकायमा पुर्व डिन दिप बहादुर रावले गर्नु भएको थियो त्यसै गरी नेफ्स्कूनका संञ्चालक यज्ञ प्रसाद ढकालले “कर्णाली प्रदेशमा सहकारीको विकासको सम्भावना र चुनौती” विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो जसको टिप्पणी राष्ट्रिय सहकारी बैंकका संञ्चालक हरिहर नाथ योगीले गर्नुभएको थियो । अन्तक्रिया कार्यक्रममा सहभागी अगुवा सहकारीकर्मीहरुले खुल्ला छलफल मार्फत कार्यपत्रमाथि सुझाव तथा जिज्ञासा राख्नु भएको थियो भने कार्यक्रमको संञ्चालन रजिष्टार कार्यालयका अधिकृत खेमराज आचार्यले गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१२ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप