राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन शुरु

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन शुरु भएको छ । मिति २०७७ चैत २३ गते महासंघका अध्यक्ष मिनराज कडेलले डिजिटल प्रविधिमार्फत सम्मेलनको उद्घाटन गर्नुभयो । भर्चुअल सम्मेलनमा करिब २ सय सहकारी संघ/संस्थाका व्यवस्थापक, संचालकहरुको सहभागीता रहेको छ । सम्मेलन उद्घाटन समारोहमा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाले विशेष सम्बोधन गर्नुभएको थियो । उहाँले सहकारीलाई मर्यादित व्यवसायका रुपमा अगाडि बढाउन के के गर्नुपर्छ भन्ने विषयमा महत्वपूर्ण मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै सो सम्मेलनमा काठमाडौं विश्वविद्यालयका प्रा.डा. विनोद कृष्ण श्रेष्ठले “व्यवस्थापन सिप, सफलताको मुख्य आधार” भन्ने विषयमा कार्यपत्र प्रस्तुति गर्नुभएको थियो ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा नेशनल म्यानेजमेन्ट काउन्सिलका अध्यक्ष डा जनकराज शाहले “सहकारीमा नेतृत्व र व्यवस्थापकीय परिवर्तन : व्यक्तिगत र संस्थागत परिवर्तनका लागि सक्षम” भन्ने विषयमा प्रस्तुति गर्नुभएको थियो ।

मास्टर चेतना कोच भिजनरी इन्टरनेसनल प्रालि.का सिइओ तथा नेपाल ओलम्पिक कमिटीका साइकोलोजी कमिसनका चियरम्यान इन्द्र गुरुङले कार्यक्रममा सहभागीलाई उत्साहित बनाउँदै तीन सदनसम्म संचालन हुने कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । 

महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सम्मेलन उत्साहजनक रुपमा शुरु भएको बताउनुभयो ।

त्यस्तै नायब महाप्रबन्धक बाबुल खनालले उद्घाटन सत्रको सहजीकरण गर्नुभएको थियो । दोस्रो दिन मंगलबार महासंघका महाप्रबन्धक सुब्बाले सहकारीमा कर्पाेरेट सुशासन भन्ने विषयमा प्रस्तुती गर्नुहुने छ । सेवा वितरणमा उत्कृष्टताः सरोकारवालहरुमा प्रसन्नता भन्ने विषयमा ग्लोबल आइएमी बैंकका सिनियर डिपुटी सिइओ महेश ढकालले प्रस्तुति गर्नुहुने छ । नेतृत्वका विषयमा मास्टर चेतना कोच इन्द्र गुरुङको उच्च प्रदर्शन प्रस्तुति रहेको छ ।

तेस्रो दिन बुधबार विभिन्न सहकारी संस्थाका सफल सिइओहरुको बास्तविक शिक्षा दिने उद्देश्यले सफलताको कथाहरु प्रस्तुत हुने छ । जसमा चन्द्रागिरी साकोस काठमाडौंका कृष्णकुमार श्रेष्ठ, मेची सहकारी झापाका खोम बगाले, साना किसान सहकारी धनुषाका दिपनारायण पुर्वे, सकृय महिला साकोस मकवानपुरका सविना लामाले व्यवहारिक अनुभव सुनाउनुहुने छ । त्यसमा महासंघका नायब महाप्रबन्धक बाबुल खनालले सहजीकरण गर्नुहुने छ ।

त्यैसगरी अन्तिममा महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, निवर्तमान अध्यक्ष केशव बडाल र अध्यक्ष मिनराज कडेल लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप