सयपत्री साकोसको क्यूआर कोड सेवा शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सयपत्री साकोसको क्यूआर कोड सेवा शुरु

कास्की । पोखरा रानीपौवा स्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.ले राष्ट्रिय सहकारी दिवसको अवसरमा आफ्ना प्रविधिहरुलाई  थप गर्दै क्यूआर कोड (QR Code)   सेवा विस्तार गरेको छ । मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी भन्ने  ६४ औं राष्ट्रिय सहकारी दिवसको नारालाई आत्मसाथ गर्दै सहकारीलाई थप प्रविधि मार्फत सदस्यलाई सेवा दिनका लागि ईसेवा कम्पनी र इन्फोडेभलर्पस् सफ्टवयर कम्पनीको सहकार्यमा यो सेवा विस्तार गरेको हो ।  

सहकारी र सहकारी सदस्यहरुलाई अझ प्रविधि मैत्री बनाउनका लागि संस्थाले विगत देखी स्मार्ट मोवाईल बैंकिङ्ग सेवा, आफ्नौ ए.टि.एम.र डेबिट कार्ड सेवा, फन्ड ट्रान्सफर सेवा रहि आएकोमा सहकारी दिवसको अवसर पारि क्यूआर  कोड सेवालाई थप बिस्तार गरिएको र निकट भविष्यमा अझ थप प्रविधिलाई अगाल्दै संस्था अगाडि बढ्ने लक्ष्य राखेको संस्थाका अध्यक्ष रबीन्द्रनाथ बाँस्तोलाले जानकारी गरानु भएको थियो ।

सेवा शुभारम्भ कार्यक्रममा ई सेवा कम्पनी गण्डकी प्रदेशका प्रमुख बिनोद बोहोराले कास्की जिल्लामै सहकारीमार्फत क्यूआर (QR) कोड सेवा विस्तारमा देस्रो संस्था रहेको र यो सेवा विस्तार बाट सदस्यले नेपालको जुन सुकै बैक, सहकारी बाट आफ्नो खातामा रकम जम्मा गर्न सहज हुने भएको हुँदा सदस्यहरु लाभन्वित हुने महसुश गरेका भन्दै संस्थाको सफल भविष्यको कामना ब्यक्त गर्नु भएको थियो । सफ्टवेयर कम्पनी इन्फो डेभलपर्स् पोखरा प्रमुख सुबास आचार्यले सहकारी संस्थाहरुमा क्यूआर कोड  सेवा बिस्तार गर्न सफ्टवयरको तर्फबाट अति ब्यवस्थित तरिकाले ब्यवस्थापन गरिएको र यस बाट छिटो छरितो सेवा लिन अति सजिलो समेत भएको हुँदा यस्तो सेवा को सुरुवात गरेकोमा शुभकामना ब्यक्त गर्नुभएको थियो । 

संस्थाले प्रविधिलाई कुनै तर्फबाट पछाडि नपार्न बिगत बाट धैरै प्रविधि ल्याएको, निशुल्क डेविट कार्ड बितरण  गरेको, मोवाई बैंकिङ्क सेवा ल्याएको, ईसेवा, रकम स्थानान्तरण जस्ता सेवा समेत विस्तार गरि सकेकै कारणले संस्था हरेक बिषयमा सक्षम रहेको र अव थप क्यूआर  कोड सेवा बाट प्रविधिमा सक्षम हुने  भन्दै संस्थाका ब्यवस्थापक विकास सुबेदीले जानकारी गराउनु भएको थियो । क्यूआर कोड सेवा विस्तारबाट सहाकारी संस्थाका सदस्यहरुले नेपाल भरि रहेको जुन सुकै फोनपे क्यूआरमा सहकारीको मोवाईल मार्फत भुक्तानी लिन सकिनेछ । 

संस्थाले सदस्यहरुलाई मोवाईल एप्स मार्फत बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट, इन्स्योरेन्स बिल, मोबाईल ब्यालेन्स रिचार्ज, हवाई टिकट बुकिङ्क, ईसेवा मनि लोड, सहकारीको खाता बाट बैंकको जुनसुकै खातामा रकम स्थानान्तरण, खल्ती वालेटमा मनि लोड गर्न मिल्ने जस्ता सेवाका साथ साथै आफ्नै ए.टि.एम. र डेविट कार्ड समेत निशुल्क उपलब्ध गराई सुविधा प्रदान गर्दै आएको छ । 

स्थापनाको ११ बर्ष को अवधिमा सहकारी संस्थाको हाल कुल निक्षेप रु.१ अर्व ४२ करोड, कर्जा रु.१ अर्व ३० करोड र जम्मा सम्पत्ती तथा दायित्व (ब्यालेन्स सिट) रु.१ अर्व ७६ करोड रहेको छ । 
 
भर्खरै
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप