नुवाकोट जिल्ला बचत संघको प्रारम्भिक साधारणसभाः रमेश श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नुवाकोट जिल्ला बचत संघको प्रारम्भिक साधारणसभाः रमेश श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति 

काठमाडौं । नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्रारम्भिक साधारणसभाले रमेश श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सञ्चाल समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । संघको हिजो सम्पन्न प्रारम्भिक साधारणसभाले उपाध्यक्ष राजेन्द्रभक्त अमात्य, सचिव नविन्द्रमान प्रधान, कोषाध्यक्ष केशव मिश्र र सदस्यहरुमा राम प्रसाद रिमाल, शान्ती गुरुङ, नविनकृष्ण राज भण्डारी, रामराजा श्रेष्ठ, राजकुमार तिमिल्सिना, भोला शंकर गुरुवाचार्य र महेन्द्रमान डंगोल चयन गरेको छ भने लेखा सुपरिवेक्षण समितिमा संयोजक हरिकृष्ण श्रेष्ठ र सदस्यहरुमा केशव प्रसाद प्याकुरेल र कृष्ण प्रसाद लामिछानेलाई चयन गरेको छ । त्यसैगरी संघको सल्लाहकारमा नारायण श्रेष्ठ रहनुभएको छ । 

आजै संघको नवनिर्वाचित सञ्चालक समितिको प्रथम बैठक समेत बसेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “हामी शुरुवाती चरणमा छौं, के कसरी अगाडि बढ्ने भन्नेमा नेफ्स्कून, प्रदेश र जिल्ला संघसँगको सहकार्यमा अगाडि बढ्छौं ।” आज बसेको वैठकले नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम आबद्धताका लागि पनि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । आजै कर्जा, शिक्षा, लगायत केही उपसमितिहरु पनि गठन गरेका छौं, साकोस आवाज सँगको कुराकारीमा उहाँले बताउनुभयो । 

हिजो सम्पन्न संघको प्रारम्भिका साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय संघ लि. नेफ्स्कूनका कोषाध्यक्ष  दिपक पनेरु को प्रमुख आतिथ्यता र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका लेखा समिति सदस्य रमिला श्रेष्ठ, नेफ्स्कूनका ब्यवसाय बिभाग प्रमुख राधेश्याम श्रेष्ठ, जिल्ला सहकारी संघ नुवाकोटका उपाध्यक्ष शिव अधिकारी, जिल्ला सहकारी संघ नुवाकोटका निबर्तमान अध्यक्ष  राजेश श्रेष्ठ, जिल्ला सहकारी संघ नुवाकोटका पुर्व अध्यक्ष बैकुण्ठ मिश्र, नुवाकोट जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद रिमाल, नगर सहकारी समन्वय उपसमितिका सचिव भोजराज पनेरु लगायतको आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले कान्छो बचत संघको रुपमा जन्म भएको नुवाकोट बचत तथा ऋण सहकारी संघ लि. लाई सबैको माया र साथले उत्कृष्ट संघको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले बचत ऋण अभियानलाई सशक्त, दीगो र सबल बनाउन जिल्ला बचत संघ सबल हुनुपर्ने भन्दै सर्वप्रथम यस संघको सक्षमता विकासका लागि नेफ्स्कूनको साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नुवाकोट जिल्ला बचत संघ लि. २०७७ फागुन ९ गते बागमती प्रदेश सहकारी विभागमा विधिवत दर्ता भएको थियो । यस अघि २०७७ असारमा सम्पन्न एक प्रारम्भिक भेलाले प्रस्तावित जिल्ला बचत संघमा रमेश श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरेको थियो भने तदर्थ समितिमै रहनुभएका व्यक्तिहरुलाई नै प्रारम्भिक साधारण सभाले सञ्चालक समितिमा चयन गरेको नवनियुक्त अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप