नागरिकको समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नागरिकको समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण

दोलखा ।  भिमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर के.सी. ले नागरिकको समृद्धिमा सहकारीको लगानी महत्वपूर्ण रहेको बताउनुभएको छ । बैंकीङ सेवा पुगेको या नपुगेको दुवै क्षेत्रमा सहकारीको योगदान पछिल्लो समय निकै राम्रो बन्दै गइरहेको प्रति उहाँले जोड दिनुभयो । हिजो दोलखाको चरिकोटमा आयोजित स्तरीकरण कार्यक्रममा सहभागी गौरिशंकर क्लष्टमा आवद्ध साकोसहरुको कार्यशाला गोष्ठीमा बोल्दै नगर प्रमुख के.सी. ले सो कुरा बताउनुभएको हो । 

सदस्यले एक मुठा साग, एउटा कुखुरो, एउटा बाख्रो बेचेर जम्मा गरेको रकमको सुरक्षाको जिम्मा पुर्ण रुपमा सहकारीले लिनुपर्ने बताउँदै लगानी गर्दा हरेक पक्ष बाट सोचेर मात्र सुरक्षित लगानी गर्न सहभागी सहकारी प्रतिनिधिहरुलाई अनुरोध गर्दै नगरले विकास गरेका एक वडा एक उद्यमी कार्यक्रम अन्तर्गत उद्यमीहरुका लागि आवश्यक पुँजी सहयोगका लागि सहकारीसमक्ष आग्रह समेत गर्नुभयो । उहाँले दुइ वटा स्थानीय तह अन्तर्गत पर्ने सहकारीहरुले प्रदेशमा पेश गर्नुपर्ने प्रतिवेदनलाई संस्था मुख्य कार्यलय रहेको पालिकामानै प्रतिवेदन पेश गर्न आव्हान गर्नुभयो ।

नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काले बचत तथा ऋण सहकारी संस्था सुदृढीकरणका लागि  नेफ्स्कूनद्वारा प्रवर्दित स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषमा आबद्धताका लागि अनुरोध गर्दै सदस्यको आर्थिक विकास प्रति जवाफदेही रहि सक्षम संस्था निर्माण गरी सम्पूर्ण सदस्यहरुलाई सम्मृद्ध बनाउने अभियानमा सहकारीहरु लाग्नुपर्नेमा जोड दिनुभयो । 

दोलखा जिल्ला सहकारी संघ का अध्यक्ष हेमन्त चौलागाई ले आफ्ना सदस्यहरुलाई कसरी बढी भन्दा बढी गुणस्तरयुक्त सेवा दिन सकिन्छ र उत्कृष्ट सहकारी निर्माण गर्न सकिन्छ भनी प्रत्येक संस्थाका नेतृत्वले सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले सदस्यको बचतको सुरक्षा गर्दै र सदस्यकै आर्थिक सामाजिक जीवनस्तर उकास्ने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ दोलखाका नवनिर्वाचित अध्यक्ष दिपशंकर चौलागाईले सहकारीले सदस्यहरुमाझ उत्कृष्ठ सेवा दिएरै संस्थाको उत्कृष्टता हाँसिल हुनेमा जोड दिनुभयो । 

अन्तरक्रियात्मक कार्यक्रममा साहारा साकोस मन्थली, जनहितकोष साकोस खिम्ति, बेताली साकोस बेताली, जनजागरण साकोस मिर्गे, आकाशदिप साकोस जिरी, जनउपकार साकोस झ्याँकु र अर्थभुमि साकोस चरीकोटले आफ्नो संस्थाको प्रस्तुतिकरण राख्नुभएको थियो । कार्यक्रममा दोलखा र रामेछाप जिल्लाका गौरिशंकर क्लस्टर अन्तर्गत प्रोवेशन कार्यक्रममा आवद्ध साकोसहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ चरिकोट शाखाको सभाहलमा भएको थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कून अनुगमन अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१७ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप