पिपल्स साकोसका सञ्चालक एवम् कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पिपल्स साकोसका सञ्चालक एवम् कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

कास्की । पोखरा ८, न्यूरोडस्थित पिपल्स बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । चैत २७ र २८ गते सञ्चालित तालिमको दोस्रो तथा अन्तिम दिन सञ्चालकहरुको क्षमता विकाससम्बन्धी अभिमुखी सञ्चालन गरिएको थियो । कार्यक्रममा सहकारी र साकोस सञ्चालन पद्धति, सञ्चालकहरुको भूमिका, कर्तव्य, अधिकार, प्रभावकारिता, नेतृत्व विकासको महत्व तथा आयामहरु आदि विषयमा नेफ्स्कूनका सञ्चार अधिकृत रञ्जनमणि पौड्यालले सहजीकरण गर्नुभएको थियो ।

यसैगरी, अघिल्लो दिन सुशासनका विषयमा संस्थाका निवर्तमान अध्यक्ष युवराज बोहरा, कर्मचारीहरुको क्षमता विकाससम्बन्धमा संस्थाका सचिव देवेन्द्र बास्तोलाले, तनाव व्यवस्थापन तथा कर्मचारी उत्प्रेरणासम्बन्धमा संस्थाका सञ्चालक विश्वास पराजुली र संस्था सञ्चालनका विविध पक्षमा संगिता पौडेलले सहजीकरण गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष शंकर बहादुर खत्रीले तालिमले संस्थाका सञ्चालकहरुलाई सहकारी सञ्चालनका आधारभूत विषयमा जानकारी प्राप्त गर्ने अवसर प्रदान गरेको बताउनुभयो । यसैगरी, कर्मचारीहरुले पनि विभिन्न उपयोगी विषयमा उत्प्रेरणामूलक शिक्षा लिने अवसर तालिमबाट प्राप्त गरेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष खत्रीले यस्ता खालका तालिमलाई अब निरन्तरता दिइने बताउँदै सक्रिय सञ्चालकका साथै दक्ष र अनुभवी व्यवस्थापनको सहकार्यका आधारमा पिपल्स साकोसलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

तालिमका सहभागी संस्थाका अन्य सञ्चालक एवम् कर्मचारीहरुले पनि यस प्रकारका तालिमले सहकारी र त्यसमा पनि बचत तथा ऋण सहकारी सञ्चालन, सुशासन, वित्तीय स्वास्थ्य, सदस्यको भूमिका, सञ्चालकको जिम्मेवारी, कर्मचारी र सञ्चालकहरुबीचको सम्बन्ध आदिका बारेमा जान्ने बुझ्ने अवसर प्राप्त भएको भन्दै प्रसन्नता व्यक्त गर्नुभएको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप