धादिङमा नेकोस प्लस सफ्टवेयर सञ्चालन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङमा नेकोस प्लस सफ्टवेयर सञ्चालन तालिम सम्पन्न

धादिङ । नेफ्स्कून फिल्ड कार्यलय धादिङको आयोजना तथा जिल्ला वचत संघ धादिङको समन्वयमा २५ वटा बचत तथा ऋण सहकारी संस्थाका ५० जना प्रतिनिधिहरुको उपस्थितिमा बैशाख ५ र ६ गते 'साकोस अभियानको आफ्नै सफ्टवेयर: नेकोस प्लस सफ्टवेयर' तालिम धादिङबेशीमा सम्पन्न भएको छ । उक्त तालिमको उद्घाटन कार्यक्रम नेफ्स्कून धादिङ फिल्ड कार्यालय व्यवस्थापन समिति सदस्य प्रदिप अधिकारीको सभापतित्वमा भएको थियो । 

उहाँले नेकोस प्लस साकोसहरुका लागि एक मात्र उत्कृष्ट, प्रभावकारी, भरपर्दो, गुणस्तरिय प्रविधि भएको बताउनु भयो । वर्तमानमा अवस्थामा साकोसलाई पेपर लेस बनाउने विधि नै प्रविधिको उच्चतम प्रयोग भएको बताउनु भयो । साथै प्रविधिमा सूचनाको खोजी गर्नुपर्ने, समय अनुकूल आफुलाई परिष्कृत गर्दै अगाडि बढ्नु पर्ने अधिकारीले उल्लेख गर्नुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै जिल्ला बचत संघ धादिङका प्रमुख व्यवस्थापक गोर्कण दुवाडीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 कार्यक्रम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदी तथा एक्सक्लुसिभ माइन्डका अभिषेक लाभले गर्नुभएको थियो । कार्यक्रममा पहिलो दिन नेकोस प्लस खरिद गरि भर्खर सञ्चालनमा रहेका साकोसलाई सफ्टवेयर चलाउने प्रक्रिया सिकाइएको थियो भने दोस्रो दिन लामो समयदेखि नेकोस प्लस सफ्टवेयर सञ्चालन गर्दै आएका र त्यसमा देखिएका समस्या समाधानका साथै त्यसमा थपिएका विशेषता र केही समय पछि आउने नयाँ विशेषताका बारेमा विस्तृत छलफल गरिएको थियो । प्रविधिमा आउन सक्ने समस्या समस्या समाधानमा कर्मचारी वा व्यवस्थापक तहको उपायको जानाकारी गराइएको थियो ।

तालिममा सहभागी गोर्खाका सप्तकोशी साकोसका व्यवस्थापक बासु लामिछानेले आर्थिक पारदर्शिता, आर्थिक संरक्षण ,तथ्याङकको संरक्षण, संस्था समृद्धि र विकासमा प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको भन्दै यी सबैका लािग नेकोस प्लस सफ्टवेयर प्रभावकारी भएको बताउँदै प्रयोगकर्ताहरुबाट समस्या समाधानका लागि सकारात्मक उर्जा प्राप्त भएको धारणा राख्नुभयो । उहाँले साकोसहरुको पहिलो प्रथमिकता नेकोस प्लस भएको बताउँदै प्रविधिमा आएको परिवर्तनहरुका बारेमा प्रयोगकर्ताहरु अनभिज्ञ रहेको बताउनु भयो । प्रविधिसँगै संस्था, कर्मचारी र सदस्यहरु पनि परिवर्तन हुनु पर्नेमा उहाँले जोड दिनुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप