हिमाली ब्राह्मी महिला साकोसको संस्थागत विकास तालिम नवलपरासीमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमाली ब्राह्मी महिला साकोसको संस्थागत विकास तालिम नवलपरासीमा सम्पन्न

नवलपरासी । हिमाली ब्राह्मी महिला साकोस भरतपुर चितवनको संस्थागत विकास तालिम नवलपरासीमा सम्पन्न भएको छ । बैशाख ४ गते देखि ६ गतेसम्म सञ्चालित तालिममा संस्थाको संचालक समिति, उपसमिति, सल्लाहकार  र कर्मचारी गरी २१ जनाको सहभागिता थियो ।

प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी रहनुभएको तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष भवानी देवी अधिकारीले गर्नुभएको थियो भने बिशिष्ट अतिथि नेफ्स्कून संचालक बिद्या कोइराला, अतिथि, संस्थाका संस्थापक अध्यक्ष तेजमाया पौडेल, सल्लाहकार शारदा खनाल आदिको उपस्थिति रहेको थियो । संस्थाको तर्फबाट स्वागत मन्तव्य उपाध्यक्ष मिना कुमारी पाण्डे ढकालले राख्नुभएको थियो । प्रमुख अतिथि अधिकारीले साकोसलाई सुशासित र व्यवस्थित संचालन गर्न जिम्मेवार सञ्चालक र कर्मचारीहरुको निरन्तर क्षमता अभिवृद्धि आवश्यक रहेको भन्दै तालिम निकै महत्वपूर्ण भएको दाबी गर्नुभयो । उहाँले तालिम पश्चात संस्था संचालनमा सकारात्मक सुधारका लागि कार्यान्वयनमा जान आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो । 

तालिम समापन समारोहका प्रमुख अतिथि नेफ्स्कून संचालक बिद्या कोइरालाले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्का  र तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन र समापन कार्यक्रम संचालन संस्थाकी सचिवले गर्नुभएकोको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप