‘जस्तोसुकै परिस्थितिमा पनि सेवामा निरन्तर छौं’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘जस्तोसुकै परिस्थितिमा पनि सेवामा निरन्तर छौं’ 

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा पछिल्लो समय दोस्रो लहरको कोरोना संक्रमण दर बढ्दै गएको छ । कोरोना संक्रमणलाई न्यून गर्न प्रशासनले बैशाख १५ गतेदेखि एक साताका लागि सवारी आवागमनमा जोर विजोर प्रणाली लागु गरेको छ भने अत्याश्यक वस्तुको आपूर्ति व्यवस्थापन र बैंक वित्तीय संस्थाहरुको सेवालाई सुचारु राख्न र अन्य व्यापार व्यवसाय बन्द गर्न निर्देशन गरेको छ ।

सहकारी संघ संस्थाले जनस्वाथ्यका आवश्यक मापदण्ड पालना गर्दै सेवा निरन्तरतालाई जोड दिएका छन् । आस्था बचत तथा ऋण सहकारी संस्था लि. पोखराका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्यले बैंक वित्तीय संस्थाहरु सूचारु भएपनि जोखिम दिनप्रतिदिन बढ्दो रहेकोले स्वास्थ्य सम्बन्धी सबैले उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ । पोखरामा कोरोना भाइरस संक्रमण दर तीब्र रुपले बढेको छ । उहाँले भन्नुभयो, कर्मचारीहरुलाई आलोपालो प्रणाली बाट आधा संख्यामा राखेर सहकारी मार्फत सेवा सञ्चालन गरिरहेका छौं, कर्मचारीलाई बजार पठाएका छैंनौं, सेवाका लागि समय मिलाएर भिड नहुने गरी आइदिनुहुन सदस्यहरुलाई अनुरोध गरेका छौं । स्वाथ्य सचेतना अभिवृद्धि गर्दै र कार्यालयमा आउँदा मास्क, स्यानिटाइजर, सावुन पानी व्यवस्थापन र त्यसको उचित प्रयोगमा ध्यान दिन भनेका छौं । 

कास्की जिल्ला सहकारी संघकी उपाध्यक्ष अम्बिका गौतम आचार्यले भन्नुभयो, स्वास्थ्य मापदण्ड अपनाएर थोरै कर्मचारी मार्फत सदस्यहरुलाई सुरक्षित सेवा प्रदान गर्न अनुरोध गरेका छौं । पोखराका सहकारी संघ संस्थाहरुले कर्मचारीहरुको आलोपालो प्रणालीद्वारा सुरक्षित सेवा प्रवाहलाई जोड दिएका छन् । सबै सुरक्षा विधि अपनाएर भएपनि सहकारीहरु यस्तो विपद्को बेलामा सदस्यहरुलाई आवश्यक पर्ने सेवा सुविधामा जुट्न प्रतिवद्ध छन् । गण्डकी प्रदेशमा दिनहुँ संक्रमितको संख्या थपिएको छ ।  

आजैमात्र स्वास्थ्य मन्त्रालयले सर्वसाधारणका लागि अपिल जारी गर्दै मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा कोरोना संक्रमित विरामीको चाप धान्नै नस्कने अवस्थामा पुगेको बताएको छ । संक्रमणका विरामीका लागि अस्पतालमा उपचार सेवा उपलब्ध गराउन कठिन भइरहेको र संक्रमणको दर डरलाग्दो रुपमा बढिरहेकोले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधरणका लागि अपिल गरेको हो । 

बढ्दो कोरोना जोखिमका बीच सहकारी सेवा सञ्चालनलाई कसरी सुरक्षित बनाउँदै हुनुहुन्छ भन्ने साकोस आवाज सँगको कुराकानीका क्रममा मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सोमनाथ निरौला भन्नुहुन्छ, सुरक्षा मापदण्डको पूर्ण परिपालना गर्दै सुरक्षित वित्तीय सेवामा जुट्न सहकारीकर्मीहरुलाई अनुरोध गरेका छौं । संस्थामा मास्क, स्यानिटाइजर, सावुन पानी, थर्मल गन को व्यवस्थापन गर्न भनेका छौं ।  सरकारले लकडाउन अर्थात निषेधाज्ञा नगरेपनि मोरङ जिल्ला कोरोना संक्रमण जोखिमको रेड जोनमा परेको छ । दिनप्रतिदिन संक्रमण दर बढ्दै गइरहेको छ भने विभिन्न ठाउँबाट सर्वसाधारणहरु आफ्नो जिल्लामा आउने क्रम पनि बढेको छ । 

बैशाख १४ गतेदेखि ठप्प प्राय बनेको बाँके जिल्लामा बैंक वित्तीय संस्थाले प्रदान गर्ने सेवा पनि प्रभावित बनेको छ ।  सदस्यहरुलाई परेको पीर मर्काको पनि संवोधन गर्न नसकिएको बाँके जिल्ला बचत संघका अध्यक्ष प्रकाश ज्ञवाली बताउनुहुन्छ, “पर्सी आइतबारबाट भने सदस्य सम्पर्कको आधारमा सेवा दिने भनेका छौं, परिस्थिति दिनप्रतिदिन डरलाग्दो बनेको छ । संक्रमणको दर बढेसँगै मृतकको संख्या पनि दिनानुदिन बढिरहेकै छ ।” उच्च स्वास्थ्य सुरक्षा सतर्कताका साथ सदस्य सम्पर्कको आधारमा आइतबार बाट सेवालाई निरन्तरता दिने भनेका छौं ।  

जिल्ला प्रशासन कार्यालय डडेलधुराले पनि बैशाख १९ गतेबाट निषेधाज्ञा गर्ने निर्णय गरेको छ । कोरोना संक्रमित विरामीको संख्या बढेसँगै पहाडी जिल्ला जाने सवारी आवागमनलाई रोक्ने र अत्यावश्यक वाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । 

त्यसैगरी रौतहट जिल्ला बचत संघकी अध्यक्ष देवकी नेपाल भन्नुहुन्छ, सदस्यहरुलाई स्वास्थ्य सचेतना दिएर संम्यमता पूर्वक सुरक्षित वित्तीय सेवा प्रवाह गर्नुपर्छ भनेका छौं । अवस्था डरलाग्दो बन्दै गइरहेको छ, सवैले स्वास्थ्य मापदण्डको पालना गर्ने र थोरै कर्मचारी परिचालन गरी एक पटकमा सीमित सदस्य संख्यालाई मात्र भौतिक दुरी कायम गरी सेवा दिनुको विकल्प छैन । यो सवैजनाले आआफ्नो ठाउँबाट सचेतना अपनाउने समय हो । उहाँले भन्नुभयो, जस्तो सुकै परिस्थिति आइपरेपनि सहकारीले सदस्य सेवालाई निरन्तरता दिनेछ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप