राष्ट्रिय युवा परिषद्वारा 'कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र' स्थापना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय युवा परिषद्वारा 'कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र' स्थापना

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले केन्द्रीय तहमा कोभिड १९ को प्रकोपको रोकथाम, नियन्त्रण र उपचार तथा अत्यावश्यक सामग्रीको उपलव्धताका बारेमा सेवा लिने दिने र देश भरका संरचनाहरूको परिचालन गरी बिभिन्न निकायगत समन्वय गर्ने प्रयोजनका लागि “कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र” स्थापना गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढङ्गेलको संयोजकत्वमा यही जेठ २ गते गठित केन्द्रमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्याल लगायत विभिन्न मन्त्रालयका अधिकारी र विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु गरी १७ जना सदस्य सम्मिलित हुनुहुन्छ । प्रदेश र स्थानीय तहमा समेत संयन्त्रमार्फत कोरोना महामारीविरुद्ध स्वयंसेवी भूमिका निर्वाह गर्ने गरी परिषद्ले काम अघि बढाएको छ ।

नेफ्स्कूनका अध्यक्ष पौड्यालले युवा परिषद् नेफ्स्कूनको साझेदार निकाय पनि भएको र सहकारीको नैतिक मूल्य मान्यता अन्तर्गत मानवीय संवेदनाका क्षेत्रमा हरसम्भव सहयोग पुर्याउने अभियानमा जोडिनु महत्वपूर्ण विषय भएको बताउनुभयो । उहाँले कोभिड प्रकोप रोकथाम, नियन्त्रण र उपचारसँगै अत्यावश्यक सामाग्रीको उपलब्धताका बारेमा केन्द्रमार्फत प्रभावकारी कार्यसम्पादनमा संस्थागत एवम् व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । स्मरणीय छ, नेफ्स्कून र परिषद्बीच रणनीतिक साझेदारीमा युवा उद्यमशीलता कार्यक्रम सञ्चालनमा समेत रहेको छ भने अन्य विभिन्न महत्वपूर्ण कार्यक्रममा दुई निकायबीच समन्वयतात्मक पारस्परिकता रहँदै आएको छ ।

केन्द्रले कोभिड प्रकोपको रोकथाम र उपचारमा संघ, प्रदेश र स्थानीय सरकारलाई सहजीकरण गर्ने,  परिषद्मा प्राप्त सूचनाका आधारमा नागरिकको जीवन रक्षाका लागि तत्काल भरमग्दुर पहल गर्ने, अस्पताल तथा अन्य उपचार केन्द्रहरूलाई मेडिकल सामग्री उपलव्ध गराउन प्रयत्न गर्ने, राष्ट्रिय युवा परिषद्मा सूचना तथा सञ्चार केन्द्र सञ्चालन गर्ने, कोभिडको असरले जनजीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न मनोपरामर्श र चिकित्सकीय सेवा उपलव्ध गराउने, प्रकोप रोकथामका लागि सचेतना सामग्री संकलन, उत्पादन, वितरण तथा प्रशारण गर्ने, प्रकोपले पारेको प्रभावको यथार्थ अवस्था बारे जानकारीकासाथ सम्बोधन गर्न फिल्ड अध्ययन गर्ने  काम गर्नेछ । 

यसैगरी, औषधि तथा दैनिक अत्यावश्यकीय सामग्रीको खरिद तथा वितरणमा कालाबजारी वा भ्रष्‍टचार भएको पाइएमा सप्रमाण सरकारी नियामक निकायमा जानकारी गराउने, प्रकोपको रोकथाम र उपचारसँग जोडिएर विकसित घटनाक्रमका आधारमा सम्बोधन गर्न सामुदायिक, निजी र गैह्रसरकारी क्षेत्रसँग समन्वय तथा सहकार्य गर्ने, कोभिड – १९ को रोकथाम, नियन्त्रण र उपचार सहज गराई दैनिक आवश्यकताका वस्तुहरूको नियमित आपूर्ति गर्न, संकटको घडीमा बजारको बेथितिको जानकारी सरकारी नियमनकारी निकायहरूलाई गराउन र कृषि तथा उपभोग्य वस्तुको उत्पादन र वितरणलाई सहज गराउने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले केन्द्र स्थापना गरेको हो ।

यससम्बन्धमा सरोकारवाला निकायहरुसँग भौतिक अभौतिक छलफल गरी केन्द्र स्थापनामार्फत तत्काल गर्ने कामको कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयनको प्रबन्ध समेत मिलाइएको परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परिषद्ले प्रदेशस्तरको कोरोना महामारी सहजीकरण केन्द्रमा कोभिड १९ को प्रकोप न्यूनीकरण र नियन्त्रण, उपचार तथा अत्यावश्यक सामग्रीको उपलव्धताका बारेमा सेवा लिने दिने र बिभिन्न निकायगत समन्वयका लागि तत्काल सम्पर्क गरी आवश्यक पहल गर्न जनालाई जिम्मेवारी समेत तोकेको जनाएको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१८ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप