यसरी राखियो ‘रोचडेल सोसाइटी अफ एक्वटेवल पायोनियर्स’ नाम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
यसरी राखियो ‘रोचडेल सोसाइटी अफ एक्वटेवल पायोनियर्स’ नाम 

एजेन्सी । विश्वको सबैभन्दा पहिलो सहकारी ‘रोचडेल सोसाइटी अफ एक्वटेवल पायोनियर्स’ मानिन्छ । सन् १८४४ को डिसेम्बर २१ म ३१ टोडलेनस्थित एक गोदाममा २८ जनाले २८ पाउन्ड जम्मा गरेर (प्रत्येकले १ पाउन्ड) उक्त सहकारी पसल सुरु गरेका थिए । सन् १८४४ को २१ डिसेम्बर शनिवार बेलुखीपखबाट उक्त पसल सञ्चालनमा आएको थियो । विधिवत् दर्ता भने अक्टोबर २४ मा भएको थियो ।

रोचडेल बेलायतको म्यान्चेस्टरस्थित एउटा ठूलो सहर हो । त्यतिबेला उक्त शहर हातले बुनिने नरम र मुलायम कटन कपडा (फ्ल्यानल) का लागि  प्रसिद्ध थियो । त्यसबेला म्यान्चेस्टरलाई ‘कटन राजा भएको ठाउँ’ भनिन्थ्यो भने रोचडेल सहरलाई ‘फ्ल्यानल राजा भएको ठाउँ’ भनिन्थ्यो । बेलायतको औद्योगिक क्रान्तिका कारण विस्थापित रोचडेलका श्रमिकहरु र रोबर्ट ओवेनको सिद्धान्तसँग नगिचहरुको समूह मिलेर सोसाइटी स्थापनाको काम गरेका हुन् । सन् १८०८ र १८२९ मा त्यहाँ श्रम शोषण, बालिग मताधिकारबाट बञ्चित गराइएको, सेवा सुविधा र रोजगारीको अवसर खोसिएको कारण क्रुद्ध श्रमिकहरुले ठूलो विरोध प्रदर्शन गरेका थिए । अधिकारका लागि त्यहाँ दुई ठूला अन्तरसंघर्ष भएका थिए । ती वर्ग संघर्ष थिए । जसका कारण सन् १८४४ सम्म रोचडेल नजिक सेना समेत परिचालित गरिएको थियो । तिनै श्रमिकहरुमध्येका केही र रोबर्ट ओवेन पक्षधरहरु मिलेर रोचडेलमा नै सहकारी पसल स्थापना गरेकाले ‘रोचडेल’ नाम राखिएको हो । 

हुनत १८३० मै करिब ६० जना कपडा बुन्ने मजदूरहरुले त्यहाँ पहिलो ‘द फ्रेन्ड्ली कोअपरेटिभ सोसाइटी’ स्थापना गरेका थिए जसले टोड लेन–१५ मा सन् १८३३ देखि १८३५ सम्म सहकारी पसल पनि सञ्चालन गरेको थियो । तर पछि त्यो बन्द भएका कारण त्यसको ठूलो प्रभाव पछि १८४४ मा सञ्चालित पसलको जस्तो देखिएन । यद्यपि, सहकारी अवधारणामा पसल सञ्चालन भने रोचडेल सोसाइटी अफ एक्वेटेबल सोसाइटीभन्दा अघि नै भएको बेलायतीहरु दाबी गर्छन् र यसको प्रमाण विभिन्न पुस्तक र अनलाइन स्रोतहरुमा भेटिन्छ ।

‘एक्वेटेवल’ रोबर्ट ओवेनको सबैभन्दा प्यारो शब्द थियो । शब्दसँगै यसको अर्थसँग पनि उनी जोडिएका थिए । उनले एक्वेटेवल लेबर एक्स्चेन्जको कुरा गरेका थिए जसले कामदारहरुलाई बिचौलियाहरुको हालीमुली बिना नै सरल र सहज रुपमा वस्तु तथा सेवा साटासाट गर्ने अवसर प्राप्ति बुझाउदथ्यो । एक्वेटेबलको अर्थ निष्पक्ष अथात् भेदभावरहित हो । ओवेनका लागि एक्वेटेवल सोसाइटीको अर्थ श्रम शोषणको अन्त्य थियो । ओवेनको विचार नै बिचौलियाहरुको सहभागिता बिना सहज रुपमा वस्तु तथा सेवाको विनिमय थियो ।

‘पायोनियर्स’ शब्द त्यसबेलाको ‘द पायोनियर’  नामको पत्रिकाबाट लिइएको थियो । यसरी रोचडेल सोसाइटी अफ एक्वटेवल पायोनियर्स नामले नै  साँचो अर्थमा श्रमिक वा मजदूर समूहरुको सामाजिक आर्थिक परिवर्तनका लागि काम गर्ने जनाउ दिन्थ्यो । 

आज रोचडेललाई विश्वले सहकारीको सहर भनेर चिन्दछ । पायोनियर्सहरुले उपभोक्ता पसल सञ्चालन गरेपनि उनीहरुको उद्देश्य आजको भाषामा बहुउद्देश्यीय सहकारी जस्तो थियो किनकि उनीहरुले पसल मात्र नभएर त्यसलाई बढाउँदै सहकारी आवासग्राम, कृषि सहकारी, तथा श्रमिक सहकारीका रुपमा विकसित गर्दै लाने अवधारणा पनि तयार गरेका थिए । 
 
भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप