झापाको सहकारी अभियानद्वारा कोभिड नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापाको सहकारी अभियानद्वारा कोभिड नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग

झापा । जिल्लाको सहकारी अभियानको अगुवाइमा आज (२०७८/०२/०२)  कोरोना महामारी नियन्त्रण सहजीकरण का लागि प्रमुख जिल्ला अधिकारीमार्फत  ६ लाख बराबरको स्वास्थ्य सामग्री हस्तारण भएको छ । जिल्लाको सहकारी अभियान अन्तर्गत झापा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., जिल्ला सहकारी संघ लि. झापा र साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को समन्वयमा अभियान कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोगमा जुटेको हो । 

नेफ्स्कूनका सञ्चालक एवम् जिल्ला बचत संघ झापाका अध्यक्ष घनश्याम अधिकारी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल र राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् साहारा नेपाल साकोस का सचिव महेन्द्र गिरीको संयोजकत्वमा जिल्ला सहकारी संघको ब्यानरमा सहयोग संकलन कार्यक्रम शुरु गरिएको जिल्ला बचत संघका अध्यक्ष घनश्याम अधिकारीले जानकारी दिनुभयो । जिल्लाभरकै सहकारी अभियानबाट रकम संकलन को शुरुवात भएको छ, उहाँले भन्नुभयो, “आज पहिलो चरणमा नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरी तीन वटै समुहलाई २/२ लाख बराबरको पि पि इ सेट, फेससिल्ड, मास्क, स्यानिटाइजर र हेन्ड ग्लोब्स् गरि ६ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण भएको छ ।” यो वाहेक पनि २५ लाखको एक्सरे मेसिन र ५ लाखको सञ्चालन खर्च गरी कुल ३० लाखको निमोनिया परीक्षण गर्ने एक्सरे मेसिन खरिदका लागि कोटेशन आब्हान भईसकेको अध्यक्ष घनश्याम अधिकारीले जानकारी दिनुभयो ।
 
महामारीका समयमा समुदायमा परेको समस्या समाधानका लागि सहकारी अभियान पनि सँगै छ भन्ने अभिप्रायका साथ सहयोग संकलनको कार्यमा जुटेका छौं । जिल्लाको सहकारी अभियानमा सम्पूर्ण सदस्य संस्थाहरु सहकारीको समाजप्रतिको उत्तरदायित्व वहन गर्ने अभियानमा ऐक्यबद्ध हुनुहुन्छ ।  

पहिलो चरणको कोरोना महामारीमा गत साल झापा जिल्लाको सहकारी अभियान मार्फत नेपाल सरकार स्थानीय तहको राहत कोषमा नगद र जिन्सी गरी करिब ४ करोड बराबरको राहत सामग्री सहयोग गरिएको उहाँले स्मरण गर्नुभयो । त्यसैगरी गत साल नै जिल्लाको सहकारी अभियान, स्थानीय कनकाई नगरपालिका र मेची अञ्चल अस्पतालको समन्वयमा १ करोड ५० लाखको लागतमा कन्काईमाई कोटीहोम मा कोभिड परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको र जसबाट अहिले पनि दैनिक २ सय भन्दा बढी कोभिड संम्भावित विरामीहरुको कोरोना भाइरस ल्याब परीक्षणको काम भइरहेको उहाँले बताउनुभयो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप