स्याङ्जा बचत संघको तरलता व्यवस्थापन तालिम भर्चुअल सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्याङ्जा बचत संघको तरलता व्यवस्थापन तालिम भर्चुअल सम्पन्न   

काठमाडौं । स्याङ्जा बचत तथा ऋण सहकारी संघ लि. को आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा तरलता व्यवस्थापन तालिम आज भर्चुअल सम्पन्न भएको छ । तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले महामारी अवस्थामा साकोसमा तरलताको अभाव हुन नदिन १ अर्बको केन्द्रीय तरलता कोष स्थापना गरिएको जानकारी गराउनुभयो । उहाँले महामारीले सदस्यको विश्वास जित्ने र प्रविधिमैत्री बन्ने अवसर दिएको बताउनुभयो । सहकारी संस्थाहरूले सदस्यहरूमा मनोसामाजिक परामर्श दिई सकारात्मक उर्जा कायमै राख्न सहयोग गर्नुपर्ने अध्यक्ष पौड्यालले सुझाब दिनुभयो । 

स्याङ्जा बचत ऋण सहकारी संघ लि. का अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा बिशेष अतिथि नेफ्स्कून सञ्चालक कमला देवी गिरीले जुनसुकै अवस्थामा साकोसलाई तरलता संकटबाट बचाउन नेफ्स्कून तयार रहेकाले ढुक्क भएर उच्च मनोवलका साथ काम गर्न सुझाउनु भयो । त्यसैगरी उहाँले महामारी अवस्थामा सदस्यहरूलाई वित्तीय आवश्यकता हुने भएकाले साकोसको ढोका २४ घण्टा नै खुल्ला राखी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।  स्याङ्जा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल, नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना अतिथि रहनुभएको कार्यक्रममा बचत संघका उपाध्यक्ष यज्ञ प्रसाद पाठकले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला संघ सचिव अच्युत पोखरेलले गर्नुभएको थियो भने सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो । तालिममा ३६ जनाको भर्चुअल सहभागिता रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप