महालक्ष्मी नगरपालिका, ललितपुरले अब निरन्तर सहकारीहरुको सम्पर्कमा रही काम गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महालक्ष्मी नगरपालिका, ललितपुरले अब निरन्तर सहकारीहरुको सम्पर्कमा रही काम गर्ने

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले कोभिड प्रभाव कम हुँदै गएपछि निरन्तर स्थानीय सहकारी संघ संस्थाहरुसँग सम्पर्कमा रही काम गर्ने जनाएको छ । कोभिडका कारण यो पटक गर्ने भनिएका कतिपय कामहरु स्थगित गर्नुपरेको बताउँदै महानगरपालिकाले अब भने अनुगमन, नियमन, अन्तरक्रियासँगै तालिम र शिक्षाका कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

ललितपुर जिल्ला बचत संघले हिजो आयोजना गरेको भर्चुअल सवाल जवाफ कार्यक्रममा सहभागीहरुको जिज्ञासाको उत्तर दिदैं महालक्ष्मी नगरपालिका अन्तर्गत सहकारी शाखा प्रमुख सरिता गौतमले ‘नगरपालिका स्थानीय सहकारीहरुको सम्पर्कमा नै नभएको, केही गर्दै नगरेको’ भन्ने गुनासो सही नभएको स्पष्ट पार्नुभयो । ‘कोभिडका कारण सबै सहकारीका कुराहरु सुन्न र आफ्ना कुराहरु राख्न नसकिएको पक्कै हो, यो अहिलेको बाध्यता पनि हो’ उहाँले भन्नुभयो, ‘नगरपालिकाभित्रका सहकारीहरुको नियमन अनुगमनसँगै अन्तरक्रियाका कार्यक्रमहरु गर्ने भनेर यो पटक तय गरे पनि कोभिडका कारण पछि साएिको अवस्था छ । अघिल्लो वर्ष पनि केही कामहरु भएका छन् ।’

गत चैतबाट मात्र आफुले सहकारी महाशाखाको जिम्मेवारी पाएको जानकारी दिदैं गौतमले अघिल्लो वर्षको नीति तथा कार्यक्रममा पनि सहकारी संस्थाहरुको संस्थागत क्षमता विकास गर्ने कार्यक्रमहरु राखिएको बताउनुभयो ।  ‘सोही अनुसार काम गरेपनि भनेपनि गर्न नसकिएको हो, ’ उहाँले भन्नुभयो, ‘मुख्य कुरा हामीसँग जनशक्ति अभाव छ । यो भन्दा अघि पनि अर्को कुनै शाखाअन्तर्गत सहकारीका गतिविधिहरु सञ्चालन गरिन्थ्यो । कामको दोहोरो तेहेरो जिम्मेवारीका कारण अपेक्षाकृत गर्न नसकिएको हो । अब भने गछौं ।’

यो पटक अन्तरक्रियासँगै क्षमता विकासका कार्यक्रम, रणनीतिक योजना निर्माण तालिम, कोपोमिस तालिम लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको उहाँले जानकारी गराउनुभयो । गौतमले भन्नुभयो, ‘अब भने हामी निरन्तर सहकारी संघ संस्थाहरुको निरन्तर सम्पर्कमा रहन्छौं र काम पनि गर्नेछौं । यही कोभिडका कारण नै कार्यक्रमहरु गर्न नसकिएको हो, त्यसलाई हामी स्वीकार्छौं ।’
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप