भक्तपुर जिल्ला बचत संघ आफ्नै भवनमा सर्दैः आत्मनिर्भर र दिगो संघको सन्देश दिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघ आफ्नै भवनमा सर्दैः आत्मनिर्भर र दिगो संघको सन्देश दिने

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.आगामी शनिबारबाट सुर्यविनायक नगरपालिका ८ ईतबुँस्थित आफ्नै नवनिर्मित भवनमा सर्ने भएको छ । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आगामी शनिवार अर्थात् असार १९ गते जिल्ला संघ आफ्नो भवनमा सर्ने तयारीमा रहेको छ । यसअघि बैशाख २१ गते स्थापना दिवसमा सर्ने योजना रहेपनि कोभिडका कारण पर धकेलिएको हो । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले आफ्नै भवनमा सर्न पाउनु खुसीको कुरा भएको बताउँदै यसले ‘दिगो र आत्मनिर्भर संघ’ को सन्देश सदस्य र अभियानसँगै सरोकारवालाहरुमाझ प्रवाह हुने दाबी गर्नुभयो । ‘जिल्ला संघको परिकल्पनामा नै दिगो सहकारीको लागि बचत संघ भनिएको छ, ’ अध्यक्ष लाखाजुले भन्नुभयो, ‘एक अर्थमा संघको आफ्नै भवन निर्माण हुनु पनि भक्तपुरको बचत ऋण सहकारी अभियान दिगो हुनु सरह हो ।’

संघका व्यवस्थापक बालकृष्ण धोजुका अनुसार ३ आना २ पैसा २ दाम क्षेत्रफलमा फैलिएको जग्गामा साढे ३ तल्ले भवन निर्माण गरिएको हो । भवनमा २ वटा सटर सहित करिब ४० जना अटाउने तालिम कोठा, बैठक कक्ष, कार्यालय प्रयोजनका लागि कोठाहरु बनाइएको छ । संघले करिब ३ वर्ष अघि लिएको जग्गामा भवन निर्माण गरेको व्यवस्थापक धोजुले साकोस आवाजलाई बताउनुभयो । सबै कोठाहरु संघका लागि नै प्रयोग गरिने छ । उहाँले भवन निर्माणको अनुमानित रकम ९३ लाख भएपनि त्यो भन्दा कममै निर्माण सम्पन्न भएको बताउनुभयो ।

अध्यक्ष लाखाजुले आफ्नै स्रोतमा भवन निर्माण समेत सम्पन्न भएको दाबी गर्नुभयो । उहाँले संघका पूर्व अध्यक्ष राधेश्याम सुवालले १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने जग्गा खरिददेखि भवन निर्माणको दौरान १ सय १८ वटा जिल्लास्थित संस्थाहरुले प्रति संस्था ५ हजार रुपैयाँका दरले सहयोग पुर्याएको जानकारी गराउनुभयो । यस्तै, करिब २५ वटा संस्थाहरुले २५ देखि ५० हजारका दरले भवन निर्माण कार्यमा सहयोग गरेको बताउनुभयो । उहाँहरुको नाम शिला लेखन गरिनेछ । त्यसबाहेक संस्थाको जगेडा कोषले भ्याउने गरी भवन निर्माण सम्पन्न भएको अध्यक्ष लाखाजुले बताउनुभयो । संघको एउटा सेवा केन्द्र थिमिमा अवस्थित छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२१ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप