कुशल व्यवस्थापक बन्न ‘सहकारी व्यवस्थापक कोर्ष’ अपरिहार्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कुशल व्यवस्थापक बन्न ‘सहकारी व्यवस्थापक कोर्ष’ अपरिहार्य

बेद प्रसाद आचार्य (बिपि आचार्य)
व्यवस्थापक
अशोक विनायक साकोस, असन, भोटाहिटी, काठमाण्डौ 

पढ्ने निधो

सहकारी अभियानमा जोडिएर एक कुशल ब्यवस्थापक बन्ने सपना मनमा आइरहन्थ्यो । बेला बेलामा नेफ्स्कूनको वेबसाइट र साकोस आवाज डिजिटल पत्रिकामा केही नँया समाचार वा सुचना आयो कि भनी हेर्ने गर्थे । यस्तैमा, सहकारी ब्यबस्थापक कोर्षमा भर्ना खुलेको जानकारी पाँए । नेपालको एक प्रमाणीकृत सहकारी ब्यबस्थापक भई गहन जिम्मेवारी बहन गर्नका लागि र ब्यवस्थित सहकारी सञ्चालन गरी सहकारीे सिद्धान्त, मुल्य मान्यताहरु कार्यन्वयन गरी नेपाली समाजमा सहकारीको लक्ष्य ,उद्देश्य र उपलब्धिहरु बारे स्पस्ट पार्नका लागि मैले सहकारी ब्यबस्थापक कोर्ष पढ्ने निश्चय गरेँ । 

कोर्ष र कक्षा अनुभव 

पढाइको अनुभवमा एकदमै नँया लाग्यो । किनकी नेपालमा यस्तो पढाइ कहिलै र कतै पनि भएको थिएन । अझ भनौं मेरो लागि पनि यो नवीन अनुभव रह्यो । सहकारी विषय लाई सामान्य रुपमा लिने गरिएको थियो तर यो कोर्ष पढेपछि सहकारी त सामान्य विषय नभइ ब्यापक फराकिलो सोच, विचार र धारणा बोकेको विषय रहेछ भन्ने प्रमाणित भयो । मुख्यतः सहकारी बुझाइ र यसको महत्व अनि गरिमासम्बन्धी सतही धारणामा आमुल परिवर्तन गर्यो । अन्य सहकारीकर्मी साथीहरुसँग एक आपसमा कुराकानी, छलफल, समन्वय तथा जानकारीहरु आदानप्रदान समेत भई नेपालमा सहकारी अभियान कसरी चलिरहेको रहेछ सुचना समेत प्राप्त गर्ने अवसर पाँए ।
कोर्षमा समाबेश विषयहरु सहकारीका महत्वपुर्ण पक्षलाई ध्यानमा राखेर तयार गरेको जस्तो लाग्यो । तर समाविष्ट विषयहरुको सिलसिलालाई थप व्यवस्थित गरी कक्षा व्यवस्थापन गर्न सक्दा थप उत्तम हुन्छ भन्ने लाग्छ । उदाहरणका लागि जस्तै सहकारीको रणनीतिक योजना वा बार्षिक योजना ,अनुमानित बजेट जस्ता विषयहरु वित्तिय ब्यबस्थापन भन्ने विषय राम्ररी पढेर बुझेर बनाउँदा अझ प्रभावकारी हुने थियो की भन्ने लागेको छ । सबै शिक्षकको अध्यापन शैली एकदमै राम्रो लागेको छ । शिक्षकहरुले मित्रवत रुपमा सहजीकरण गरिदिनु भएको छ त्यसका लागि सम्बन्धित सबै शिक्षकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

भर्चुअल कक्षाको अनुभव 

औपचारिक शिक्षाका लागि भर्चुअल कक्षाको पहिलो अनुभव लिने मौका पाएँ । माहामारीको समयमा घरमै बसेर पनि कक्षा लिन सकिने ब्यवस्था एकदमै प्रभावकारी र सुरक्षित लाग्यो । सिकाइ आदान प्रदान गर्ने क्रममा केहि असहज त भयो तर प्राविधिक कुरा भएकाले यतिको सामान्य लागेको छ । केही दिन भोतिक कक्षाहरुमा पनि सहभागी भइयो । यो कोर्ष प्राविधिक भएकाले सकेसम्म भौतिक कक्षा प्रभावकारी र नतिजामुखी हुन्छ यद्यपि, अहसज अवस्थामा नयाँ प्रविधि र सिकाइ तरिकाहरु प्रयोग गरी अभौतिक माध्यमबाट पनि सबै किसिमका प्रयोगात्मक अभ्यासहरुलाई बाक्लो बनाउनुपर्छ भन्ने लाग्छ ।

 महत्वपूर्ण सिकाइ 

सहकारीका प्रचलित ऐन,नियम , नीति तथा सहकारी   मापदण्ड बारे अध्यावधिक र प्रष्ट 
सहकारीको विनियम तयार तथा संसोधन गर्न 
आवश्यक नीति तथा कार्यविधि तयार र संसोधन गर्न 
रणनीतिक योजना तर्जुमा र बार्षिक योजना तथा  बजेट निर्माण 
मानव संसाधन ब्यबस्थापन
PEARLS पद्धतीको प्रयोग सम्बन्धि
जोखिम ब्यबस्थापन 
कार्यलय संचालन सम्बन्धि ।
ऋणको बर्गीकरण तथा ब्यबस्थापन

नयाँ सम्भावनाहरुको जन्म

अवश्य पनि यो पढाइले नँया सम्भावना ल्याएको छ । दक्ष सहकारी ब्यबस्थापकको मागमा बृद्धि, रोजगारीको स्थायित्व कायम, सहकारीहरु नीति नियम र पद्धति अनुसार संचालनमा टेवा पग्ने, सहकारीका जोखिमहरु कम हुदै जाने, सहकारीका कर्मचारीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन जस्ता सम्भावनाहरु जन्मिएका छन । अब मेरो सोच हाल कार्यरत सहकारीलाई ब्यबस्थित संचालन गर्ने वा यो भन्दा बढी, गहन तथा धेरै जिम्मेवारी लिन तयार हुने, ठुलो कारोवार भएको सहकारीलाई प्रमुख कार्यकारी को रुपमा काम गरेर आफ्नो दक्षता प्रदर्शन गर्ने सोच रहेको छ ।

सहकारी व्यवस्थापक कोर्ष पढ्न चाहनेहरुलाई सुझाव  

यो विषय धेरै महत्वपूर्ण छ ,सहकारी अभियानमा जोडिएका मात्र होइन अन्य ब्यक्तिले पनि अनिवार्य रुपमा लिन आवश्यक छ । किनकी यो हाम्रो दैनिक जीवनमा जोडिएको र व्यावहारिक विषय छ । आफ्नो वृत्ति विकासको लागि र समाजमा सहकारीको महत्व ,धारणा सम्बन्धि जुन नकारात्मक विचार हावी छ त्यसलाई चिरेर अगाडि बढ्न नँया ब्यक्तिहरुले यो कोर्ष पढ्न जरुरी छ । आफ्नो रोजगारी पनि ग्यारेण्टी हुने साथै सहकारी संचालनमा प्रभावकारीता आउने र समग्र सहकारी अभियानको विकासमा टेवा पुग्ने निश्चित भएकाले यो विषय पढ्न सुझाव दिन्छु । सहकारीको कुशल व्यवस्थापक बन्न यो कोर्ष सहयोगी हुने भएकाले यो क्षेत्रमै केही गर्ने सोच भएकाहरुलाई यो कोर्ष अध्ययन गरेर फाइदा लिन आग्रह गर्छु ।

अन्त्यमा 

यो कोर्ष लिएपछि थाहा भयो हामीले त साना र सामान्य लिएका विषयहरुले संस्थामा ठुलो असर गर्ने रहेछ । यो कोर्ष पहिले नै सिक्ने खालको रहेछ तापनि अहिले आएर सफलताका साथ सम्पन्न गर्न पाएकोमा एकदमै खुुसी छ । कोर्ष अध्ययन गर्ने ब्यबस्था मिलाइदिने नेफ्स्कूनलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा यो कोर्षको निरन्तरता रहिरहोस् ,अझ दक्ष, कुशल ब्यबस्थापक उत्पादनमा सफलता प्राप्त होस भन्ने शुभकामना दिन चाहन्छु । समय अनुसार कोर्षलाइ परिमार्जन गर्दै लानुहुने छ भन्ने विश्वास समेत लिएको छु । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप