साकोस अभियान सवलीकरणका लागि स्थिरीकरण कोष र छुट्टै साकोस ऐन अनिवार्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियान सवलीकरणका लागि स्थिरीकरण कोष र छुट्टै साकोस ऐन अनिवार्य

गोपीनाथ मैनाली


कोभिड –१९ ले सहकारी क्षेत्रलाई पनि थिलथिलाएको छ । साकोसहरु वित्तीय जोखिममा छन् । लगानी उठ्न सकेको छैन, कर्जाको पुनर्तालिकीकरण गर्नुपर्ने अवस्था छ । यही समय सदस्य सेवा बृद्धि गरी सदस्यको आर्थिक हित गर्नु परेको छ । यस अवस्थामा नेफ्स्कूनले स्थिरीकरण कोषको नेतृत्वकर्ताको हैसियतमा जोखिम व्यवस्थापनका कार्यक्रम ल्याउनुको विकल्प छैन । स्थिरीकरण कोषको सञ्चालन क्षमता बढाउने अवसर पनि हो यो, जसले साकोसलाई सञ्जिवनी दिई सदस्यहरुको विश्वास जित्ने क्षमता बढाउन सक्दछ । 

बचत तथा ऋण सहकारीहरु सदस्यहरुको आफ्नै बैंकका चाहनाका प्रतिरुप हुन् । त्यसैले यीनीहरु समुदायको बैंकका रुपमा चिनिएका छन् । ठूला वित्तीय तथा प्राविधिक जोखिमबाट अलग, आफ्नै पहूँच र आफूहरुबाट निर्मित, नियन्त्रित र सञ्चालित हुने भएकाले नै साकोस आफ्नै सुखदुखको साथी हो । आफ्नै बचतबाट आफूहरु नै पूँजी निर्माणको प्रक्रियामा समाहित हुने चाहनाले नै वित्तीय सहकारीलाई जन्माएको हुन्छ । यस्ता संस्थाले वित्तीय क्रियाकलापमा सामुदयिकता, वित्तीय पहूँच र सदस्यहरुको लोकतान्त्रिक व्यवस्थापनलाई द्योतन गर्दछ । यस प्रक्रियामा बैंकको नाफामुखी भावना सामुदायिकताबाट विस्थापित हुन्छ, कम्पनीको शेयर होल्डर्स सुप्रिमेसी सदस्य सुप्रिमेसी र साझाबन्धनले विस्थापित गर्दछ र लगानी जोखिमलाई आपसिकताको भावनाले परिपूरण गर्दछ । त्यसैले बचत तथा ऋण सहकारी समुदायका आफ्ना बैंक हुन्, जसले एकसाथ सहज वित्तीय पहूँच, वित्तीय साक्षरता, बचत परिचालन र पूँजी निर्माण गरी सदस्यहरुको आर्थिक हित प्रवर्धन गर्दछ । यो आफैमा आर्थिक सामुदायिकरणको अभिायन हो । 

नेपालमा बन्द राजनैतिक व्यवस्थाका सममया साझाका नाममा निर्देशित सहकारीले पञ्चायतको राजनैतिक दर्शनलाई कार्यान्वयन गर्दथे, जुन सहकारीका विश्वव्यापी मान्यता अनुरुप थिएनन् । २०४८ सालमा मुलुकले उदारीकृत राजनैतिक व्यवस्था र त्यसको अभिन्न भागका रुपमा उदार आर्थिक नीति अवलम्वन गरेपछि भने सहकारी संस्थाहरुको विस्तार हुन पुग्यो । सहकारी ऐन, २०४८ कार्यान्वयनको २६ बर्षे अवधि मूलतः सहकारीको विस्तारमा केन्द्रित थियो । सहकारी ऐन, २०७४ पछि यसको गुणात्मक पक्षहरु, जस्तो कि सेवाबस्तुको विविधिकरण, आन्तरिक सुशासन, जोखिम व्यवस्थापन, स्वनिमयन, एकीकरण, विशिष्टीकरण लगायतका पक्षमा केन्द्रित हुनुपर्ने माग बढिरहेको छ । एकातर्फ संविधान जस्ता राज्यइच्छाबाट सहकारी क्षेत्रको उच्च भूमिका माग गरिएको छ, अर्कोतर्फ सहकारी क्षेत्र अपेक्षित रुपमा आदर्श व्यवसाय बन्न सकिरहेको छैन । सहकारी ऐनमा भएका प्रावधानहरुको अनुपालन हुन सकिरहेको छैन । परिणामतः सहकारी क्षेत्रले करिव रु ९ खर्वको कारोवारको जोखिम बढेको छ । यसर्थ सहकारी क्षेत्रको आदर्श कायम गर्दै आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा यस क्षेत्रको भूमिका प्रभावकारी पार्न सख्त जरुरी देखिएको छ ।  

विषयगत संघको भूमिका 

मूलतः सहकारी भावना अनुरुप सदस्यहरुको हित प्रवर्धन गरी सहकारी अभियानलाई प्रर्वद्धन गर्न सहकारीका विषयगत संघहरु गठन हुने गर्दछन् । सैद्धान्तिक रुपमा नेफ्स्कून जस्ता विषयगत संघको भूमिका यस प्रकार देखिन्छ ः

समान व्यवसाय वा कारोवार गर्ने सहकारी संस्थाहरुबाट विषयगत संघको गठन हुनसक्ने, 

  • आफूमा आवद्ध संस्थालाई संरक्षण, प्रवद्र्धन र दिशा वोधमार्फत अभिभावकत्व दिन संघ क्रियाशील हुनुपर्ने,   
  • संघ आफू आवद्ध सदस्यहरुको प्रतिनिधि र नेतृत्व गर्दै सदस्यहरुको गुठीयार (ट्रष्टी) को रुपमा रहने ।  
  • संघ सहकारीको सहकारीका रुपमा रहने । त्यसैले कतिपयका अनुसार यसले व्यवसाय नगरी सदस्य हित प्रवद्र्धन गर्नुपर्दछ । संघले सदस्यहरुको प्रतिनिधित्व र हित प्रवर्धन गर्ने हो, व्यवसाय सञ्चालन गर्ने होइन । आफै आफ्ना सदस्यसंग प्रतिस्पर्धा गर्नु हुन्न । तर दोस्रो मत अनुसार प्रवर्धन र प्रतिस्पर्धा साथै गर्न सकिन्छ । नेपालमा दोस्रो मत अनुसार सहकारी संघहरु क्रियाशील छन् । 
  • सदस्यहरुको प्रतिनिधित्व, व्यवसाय प्रवद्र्धन, सहजीकरण र पैरवीका साथ संघहरु आफै व्यवसाय पनि गर्दै आएका छन् । उदाहरणका लागि नेप्mस्कून बचत तथा ऋण परिचालन गर्ने सहकारीहरुको छाता संगठन भैकन यसले विभिन्न सेवाकेन्द्रमार्फत सेवाप्रदायकको कार्यसमेत गर्दै आएको छ । आफैले व्यवसाय पनि गर्ने र सदस्यहित प्रवद्र्धन पनि गर्ने भूमिकामा सावधानीपूर्ण अभ्यास हुनुर्पछ, अन्यथा स्वार्थको द्वन्द्व देखिन्छ । 

सहकारी ऐन, २०७४ अनुसार सहकारी संघ र विषयगत संघका कार्यहरु देहाय अनुसार छ ः

  • सहकारी मूल्य, मान्यता र सिद्धान्तको परिपालन गर्ने, गराउने,
  • सदस्यहित प्रवद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने,
  • सहकारी क्षेत्र प्रवद्र्धनका लागि सरकारका निकायसंग समन्वय र सहकार्य गर्ने,
  • सहकारी व्यवसाय प्रवद्र्धनका लागि व्यावसायिक तथा बजार अध्ययन अनुसन्धान गर्ने, गराउने, 
  • शिक्षा, तालिम र सूचना प्रदान गर्ने गराउने,
  • बजार सूचना प्रणालीको विकास गर्ने,
  • संस्था र संघहरुबीच पारस्परिक सहयोग अभिबृद्धि गर्ने, गराउने, 
  • अन्तर्राष्ट्रिय सहकारी अभियानमा पारस्पारिक सहयोग, समन्वय र सम्बन्ध विस्तार गर्ने, 
  • सहकारी क्षेत्रमा सुशासन प्रवद्र्धन गर्ने,
  • विनियममा उल्लेखित कार्य गर्ने । 

सदस्य संस्थाहरुलाई सहकारी मूल्य, मान्यतामा ल्याई सहकारी व्यवसाय प्रवद्र्धन गर्न राष्ट्रिय सहकारी महासंघले सहकारी आचार संहिता, २०६४ जारी गरेको छ । जसमा सहकारी संघ स्थापनाका यी पाँच उद्देश्य छन् ः 

  • सहकारी मूल्य, सिद्धान्तलाई व्यवहारमा उतारी सहकारीलाई मर्यादित र आदर्श बनाउने,
  • सहकारीमा आवद्ध सदस्यहरुको व्यक्तिगत र सामाजिक क्रियाकलाप मर्यादित र आदर्श बनाउने,
  • संस्थाका क्रियाकलाप पारदर्शी, अनुशासित बनाइ सहकारी संस्कृतिको विकास गर्ने,
  • सदस्य तथा पदाधिकारीको काम कार्वाही उत्तरदायी र जवाफेही बनाउने, 
  • संघ संस्थाको व्यावसायिक कार्यमा सुधार ल्याउने । 

नेफ्स्कूनको भूमिका 

अभियानको थालनी र संस्था निर्माणको काम सजिला हुन्छन् । जव संस्थाहरु विस्तारको चरण पार गर्दछन्, त्यसपछि संगठनका सिद्धान्त, मूल्य–मानकहरुको अवलम्वन गरी सेवाको गुणस्तर सुधार गर्नु जटिल हुन्छ, तर गुणस्तर सुधारको विकल्प पनि रहदैन । नेपालको सहकारी आन्दोलन विशेषतः वित्तीय सहकारीहरुमा पनि यो स्थिति देखिनु स्वाभाविक हो । 

साकोसका सदस्यहरु स्वयम् यसका व्यवस्थापक र नियन्त्रक पनि हुन् । सदस्यको हितकासाथ संस्थाको हित नै साकोसको सफलता हो । साकोसमा सदस्यहरु सेवा प्रदायक र सेवा प्रापक हुन् । संस्थाको सफलता सदस्यहको सन्तुष्टिमा निहित हुन्छ । संस्थाका उत्पादन (सेवा) मितव्ययी र स्तरीय भएमा सदस्यको सन्तुष्टि हुन्छ । सदस्यको सन्तुष्टि र संंस्थाबाट प्रवाहित सेवाको गुणस्तर सुनिश्चित गर्न सकोसहरुको केन्द्रीय संगठनका रुपमा नेप्mस्कूनको स्थापना भएको हो । संगठनको उद्देश्य पूरा भएमा मात्र संगठनको औचित्य प्रमाणित हुन्छ । 

साकोसको प्रभावकारिता सुनिश्चित गर्न नेफ्स्कूनले सम्पादन गर्दै आएका धेरै कामहरुमध्ये एक्सेस, प्रोबेसन र कर्ब्स प्रणालीको विकास पनि हो । साकोसको गुणस्तर मापन र जोखिम व्यवस्थापनका लागि प्रचलनमा ल्याइएका यी संयन्त्रहरु आफैमा आधुनिक छन् । वित्तीय सवलता, सदस्य सन्तुष्टि, व्यावसायिकता स्तर जस्ता सूचकहरु संयन्त्रका अवयवमा रहेका छन् । साथै नेपाल सरकारसँगको सहकार्यमा संस्थाको क्षमता विकास र अन्ुगमनमा पनि नेफ्स्कून क्रियाशील छ, जसका आधारमा सदस्य संस्थालाई स्तरीय, सदस्य केन्द्रित, जोखिममुक्त, व्यवसायी र दिगो बनाउनस सकियोस् । 

त्यस्तै साकोस वित्तीय विश्लेषण र अनुगमनका लागि अभ्यासमा ल्याइएको कर्ब्स प्रणालीले संस्थाको वासलात र आम्दानीको विश्लेषण गर्दछ । संस्थाको सम्पत्तिको अनुपातमा पूँजी, निक्षेप, ऋण, मौज्दात तरलताको स्थिति के छ भन्ने विश्लेषणका आधारमा संस्था कता गैरहेको छ ? वित्तीय प्रुडेन्सीको स्तर कस्तो छ ? यदि सुधारको गुञ्जायस छ भने के कस्ता क्षेत्रमा कसरी हस्तक्षेप गर्न आवश्यक छ भन्ने निक्र्यौल गर्न सकिन्छ । वित्तीय सहकारीको छाता संगठन भएकाले सदस्य हितका लागि पनि यो काम निरन्तर गर्नु पर्दछ । 

वित्तीय कारोवार गर्ने सहकारी संस्थाको संख्या बढ्दो छ । सवै संस्थाहरु सहकारीका मूल्य र साकोस सिद्धान्तमा रहेर काम गर्लान् भन्न सकिन्न । नेपाल सरकारले पूर्व न्यायाधिश गौरीबहादुर कार्कीको संयोजकत्वमा केही बर्ष अघि गठन गरेको समितिको प्रतिवेदनले पनि केही संस्थाहरु सहकारी मूल्य मानक भन्दा बाहिर गएर सञ्चालनमा रहेको औल्याएको थियो । त्यसपछिका दिनमा पनि दर्जनौ साकोसहरुले सदस्यहित विपरीत काम गरिरहेको उजुरी तथा गुनासाहरु रहदै आएका छन् ।  जोखिम सदस्यको र फाइदा आफना पक्षमा पार्ने, संस्थाको यथार्थ हिसाव नराख्ने, गलत कारोवार गर्ने, कारोवारको पारदर्शिता कायम नगर्ने, सञ्चालक नै व्यवस्थापक बन्ने, आफै सञ्चालक र आफै ऋणी बन्ने, कानून र सिद्धान्त विपरीतका क्षेत्रमा लगानी गर्ने, व्यवस्थापकले ठूलो आयतनमा सुविधा लिने, संस्थाले वैंक तथा अन्य संस्थासँग इन्टरनल टे«ड गर्ने लगायतका कार्यहरु गरिएको अनुगमन तथा गुनासोहरुबाट देखिन थालेको छ । जस्का कारण समस्त वित्तीय सहकारीप्रति नै नकारात्मक भावना फैलिने संभावना छ । खराव व्यवस्थापनका कारण कतिपय वित्तीय सहकारीले आफ्नै सदस्य (स्वामी) हरुको जीवनलाई नै वर्वाद पनि पारेका छन् भने कतिपय समस्याग्रस्त भै व्यवस्थापनको जिम्मा नै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट लिनुपर्ने अवस्था आइरहेको छ । 

सदस्यको हित विपरीत सदस्यहरुको संस्था कसरी जान सक्छ ? त्यो पनि स्वनियमनमा रहने, स्वयम् व्यवस्थापन र स्वयम् जवाफदेहिताको सामुदायिक संस्था ? यस अवस्थामा नेफ्स्कूनको दोहोरो भूमिका रहन्छ । पहिलो, साकोसलाई क्रेडिट युनियनका सिद्धान्त र सहकारी मूल्य मान्यतामा ल्याउन निरन्तर शिक्षा, अभिमुखीकरण, अनुगमन, जोखिम विश्लेषण, पृष्ठपोषण, अध्ययन, अन्वेषण जस्ता काम निरन्तर गर्ने । जुन क्रेडिट युनियनको छाता संगठन भएकोले पनि आवश्यक हुने नै भयो । 

दोस्रो, सहकारी नियमनमा सरकार र नियामक संस्थालाई सहयोग गर्ने । सहकारी ऐन, २०७४ कार्यान्वयनमा आइसकेपछि संघीय शासन पद्धति अनुसार तहगत सरकारमा सहकारीको कार्य क्षेत्र विभाजन भै नियामक निकायहरु आफै रणभुल्लमा छन् । क्षमता अभावका कारण नियमक निकायहरु सहकारी नियमन, प्रवर्धन र प्रशासन गर्न सकिरहेका छैनन् र सहजताका आधारमा व्यवहार गरिरहेका छन् । तथ्यांकीय आधारहरु पनि व्यवस्थित छैनन् । नियामक निकायप्रति नै नियमन गर्नुपर्ने चर्चा पनि सुनिदै आएको छ । यस अवस्थामा नेफ्स्कूनसंग भएको संस्थात्मक सम्झना, व्यावसायिक अनुभव र विज्ञता आग्रहरहित रुपमा मन्त्रालय र विभागमा उपलव्ध गराई संस्थाको राइट ट्र्याकिङ्, सदस्यहित  प्रवर्धन र साकोस व्यावसायिकता विकासमा लगाउनु पर्दछ । ताकि साकोसभित्रको सुशासन अनुभूत गर्न सकिने गरी देखियोस् । 

कोभिड –१९ ले सहकारी क्षेत्रलाई पनि थिलथिलाएको छ । साकोसहरु वित्तीय जोखिममा छन् । लगानी उठ्न सकेको छैन, कर्जाको पुनर्तालिकीकरण गर्नुपर्ने अवस्था छ । यही समय सदस्य सेवा बृद्धि गरी सदस्यको आर्थिक हित गर्नु परेको छ । यस अवस्थामा नेफ्स्कूनले स्थिरीकरण कोषको नेतृत्वकर्ताको हैसियतमा जोखिम व्यवस्थापनका कार्यक्रम ल्याउनुको विकल्प छैन । स्थिरीकरण कोषको सञ्चालन क्षमता बढाउने अवसर पनि हो यो, जसले साकोसलाई सञ्जिवनी दिई सदस्यहरुको विश्वास जित्ने क्षमता बढाउन सक्दछ । साथै सरकारले वित्तीय सेवा प्रदान गर्न व्यवस्था गरेका अन्य कोषहरुसँग सहकार्य गर्ने अग्रसरता देखाउनु पर्दछ । यी दुवै काम नेफ्स्कूनका अभिभावकीय दायित्व हुन्, सङ्कटको घडीमा नै नेतृत्वले अग्रसरता देखाउने हो, अघिपछि त सामान्य प्रणाली निर्वाह गरे पुगिहाल्छ । 

साकोसभित्र सदस्य सक्रियता र लोकतान्त्रिक नियन्त्रण कमजोर हुदै गएको छ । साकोस सदस्यहरुमा विशेषतः मध्यम वर्गको हावी छ । मध्यम वर्गको साझा चरित्र व्यवसायभन्दा पनि सजिलो आर्जनमा केन्द्रित रहने गर्दछ । सहकारी व्यवसायलाई आफनो व्यवसायका रुपमा नियन्त्रण, निगरानी, सहभागिता र सेवा उपयोगमा भन्दा पनि लाभांश लिने प्रवृत्ति देखिन थालेको छ । नियामक संस्थाहरुको निस्क्रियताले सहकारीभित्र चरम वेथिति बढ्दै गएको छ । यो प्रवृत्ति बढ्न गएमा सहकारी अभियानलाई नै गम्भीर झड्का पुग्ने देखिन्छ । यसर्थ पनि सहकारी शिक्षा र सहजीकरणमा नेफ्स्कूनको भूमिका महत्वपूण हुदैछ । 

सहकारी क्षेत्रलाई सरकारले ठूलो भूमिका दिएको छ । नेपालको संविधान जारीपछि सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको एउटा महत्वूपर्ण भूमिका निर्वाहकर्ताको अपेक्षा पनि यस क्षेत्रबाट गरिएको छ । आवधिक योजना र क्षेत्रगत नीति÷रणनीतिहरुले पनि सहकारी क्षेत्रलाई महत्वपूर्ण अन्तरसम्बन्धित विषयका रुपमा लिएका छन् । यी कारणले गर्दा सहकारी, विशेषतः साकोस अभियानमा अवसर मात्र होइन, जोखिम पनि थपिएका छन् । त्यसैले सहकारी अभियान हौसिएर मात्र पुग्दैन, सावधानीपूर्वक कत्र्तव्य निर्वाहमा पनि देखिनुपर्ने अवस्था छ । जस्तो कि यी व्यवस्थाले समाजमा सहकारी सजिलो व्यवसाय हो र यसबाट छिटै प्रशस्त लाभ लिन सकिन्छ भन्ने भावना पनि विकास भएको छ । जुन सहकारी भावनाको सामुदायिकरणसँग कत्ति पनि मेल खादैन । 

अर्को, समाजका टाठाबाठा व्यक्तिहरु समूह बनाइ सहकारीका नाममा संस्था दर्ता गर्ने र संस्थाको लाभ पक्तिने अस्वस्थ गतिविधिमा पनि लागेका छन् । सरकारको अपेक्षा र कानूनका भावनालाई आफूकरण गरी नीतिलाभ क्याप्चर गर्ने यो नराम्रो प्रवृत्तिले सहकारीमाथि गम्भीर चुनौती ल्याउने छ । यस अवस्थामा नेफ्स्कूनले वित्तीय सहकारी शिक्षा र सहकारी भावनाको अभिमुखीकरण गर्नुपर्ने भूमिकाको माग भैरहेको छ । नेफ्स्कूनमा आवद्ध सदस्य संस्थाहरुमा विकृतिहरु देखिएका छैनन्, तर समस्त साकोस अभियानलाई स्वच्छ र मूल्य केन्द्रित बनाउने दायित्व पनि उसकोे हो ।  

छुट्टै साकोस कानूनको बहस

वित्तीय सहकारी को संख्या दिनदिनै बढेर गएको छ । सवै प्रकारका सहकारीले मुख्य कारोवार अरु भएपनि बास्तविक कारोवारमा भने बचत ऋणलाई नै महत्व दिएका छन् । सहकारी ऐनले वित्तीय सहकारीका मापदण्ड र कार्यक्षेत्रका विषयमा थप प्रावधानहरु राखेको छ, तर ती कार्यान्वयनमा आएका छैनन् । सहकारी ऐनले सहकारी मर्जरको प्रावधान राखेपनि वाध्यात्मक मर्जर सम्भव छैन भने अर्कोतर्फ मर्जरका कारण लोकतान्त्रिक व्यवस्थापन असहज हुनुहुदैन । साथै मर्जरका प्रक्रियामा प्राविधिक र व्यावहारिक जटिलता पनि रहदै आएका छन् । वित्तीय सहकारीमा नै सवल नियमनको माग पनि छ । 

वित्तीय सहकारीमा रहेका यी जटिलताहरु व्यवस्थापनका लागि छुट्टै ऐनको माग पनि अभियानबाट उठ्न थालेको छ । बचत तथा ऋण सहकारीको विशिष्ट कार्य क्षेत्र हो । यसमा रहने जटिलता र जोखिमका प्रकृति पनि विशिष्ट प्रकृतिका छन् । बचत ऋण व्यवसाय स्वच्छ र वित्तीय सिद्धान्तका आधारमा व्यवस्थित गर्न सकिएमा समुदाय स्तरमा वित्तीय समावेशिकरण हुन गै आर्थिक संरचनाहरु संस्थागत हुन जान्छन्, जुन स्वावलम्वन संस्कृतिको आधार हुनसक्छ । अर्को वित्तीय सहकारीमा सहकारीका सामान्य सिद्धान्तका अलावा क्रेडिट यूनियनका विशेषीकृत सिद्धान्त पनि अवलम्वन गर्नु उत्तिकै आवश्यक छ । यस कारण छुट्टै साकोस ऐन आवश्यक छ भन्ने तर्क उचित देखिन्छ । 

विशेषीकृत साकोस ऐनले (क) ऋण संघ (क्रेडिट युनियन) का सिद्धान्तहरुको अवलम्वन, (ख) विशेष जोखिम व्यवस्थापन सहजता, (ग) साकोस संस्थागत विकास र व्यवसायीकरण, (घ) साकोस अनुगमन÷सुपरिवेक्षण सवलीकरण (ङ) स्थीरीकरण लगायत सहकारी संरचना भित्र र बाहिरका कोषहरु सञ्चालनमा कार्यकुशलता र (च)  सबै वित्तीय सहकारीलाई बाध्यात्मक रुपमा एकै विषयगत छाता संगठनको अधिनस्थ राख्न कानूनी आधार दिन्छ । कतिपय वित्तीय सहकारीहरु समस्याग्रस्त बन्दै गएका र क्रेडिट युनियनका सिद्धान्त अनुपालनमा नसमेटिएका कारण छुट्टै ऐनको आवश्यकता महसुस गरिनु स्वाभाविक छ ।

तर छुट्टै ऐनले साकोस व्यवस्था सुधारको रामवाण हुन सक्दैन भन्ने तर्क पनि त्यत्तिकै ओजनदार छ । अल्प विकसित मुलुकमा नीति संरचना परिवर्तनबाट समस्याको समाधान खोज्ने गरिन्छ, तर समस्या नियत (व्यवहार र कार्यसंस्कृति) मा रहन्छ । त्यसैले नीति भन्दा नियत स्वच्छ र प्रभावकारी नभएमा नीति परिवर्तनले कुनै प्रभाव पार्दैन । अर्को तर्क विशेष कानूनले सहकारी भावनालाई खण्डीकरण गर्न पुग्छ । अन्य विषय क्षेत्रका सहकारीहरुले पनि यसैगरी विशिष्टीकृत कानूनको माग गर्न थाल्दछन् । त्यसपछि समन्वयको समस्या अरु धेरै देखिनेछ । क्रेडिट युनियनको भावनाले सहकारी भावनालाई उपेक्षामा पार्ने संभावना पनि रहन्न भन्न सकिन्न । यस अवस्थामा हामीले खोजेको सामुदायिक वित्तीय भावना वा वित्तीय क्षेत्रको सामुदायीकरण स्वतः पाखा लाग्नेछ । 

तेस्रो तर्क छ, साकोस व्यवसायलाई सामान्यभित्रको विशिष्ट व्यवहार गर्नका लागि सहकारी ऐनकै प्रावधानको विस्तृतीकरण नियमावलीले गर्न सक्छ । यस अवस्थामा क्रेडिट युनियनको भावनालाई सञ्चार र संस्थागत गर्न नियमावली बनाउन पनि सकिन्छ । अहिले पनि सकोसलाई ऐनले विशेष व्यवस्था गरेको छ । क्रेडिट युनियनको छाता संगठनको भूमिकामा नेफ्स्कूनले भूमिका खेलिरहेकै छ, जस्तो कि पर्ल्स अनुगमन, कर्ब्स जोखिम अनुगमन लगायतका प्रावधानले क्रेडिट युनियनकै भावनालाई संवोधन गरिरहेको छ । आवश्यकता भनेको साकोसभित्रको सुशासन र वित्तीय दिगोपना हो ।

लेखक नेपाल सरकारका निवर्तमान सचिव हुनुहुन्छ । नेफ्स्कूनको नियमित प्रकासन साकोस आवाजको वैशाख अंकमा प्रकाशित लेख समय सान्दर्भिक भएको हुँदा पुन अनलाइन संस्करणमा प्रकासन गरिएको हो ।

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत मन्थली साकोसको स्थलगत सुपरिवेक्षण सम्पन
स्क्यान कार्यक्रम अन्तर्गत मन्थली साकोसको स्थलगत सुपरिवेक्षण सम्पन

१३ घण्टा अगाडि

दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रममा आबद्ध हुने पहिलो बन्यो अछामको चेतना साकोस
स्क्यान कार्यक्रममा आबद्ध हुने पहिलो बन्यो अछामको चेतना साकोस

२ दिन अगाडि

“रणनीति व्यवसायिक योजना निर्माण” कार्यशाला चितवनमा सम्पन्न
“रणनीति व्यवसायिक योजना निर्माण” कार्यशाला चितवनमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत साहारा  साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत साहारा  साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

महोत्तरी स्थित श्री धन लक्ष्मी साकोस  स्क्यानमा आबद्ध साथै स्थलगत सुपरिवेक्षण सम्पन्न
महोत्तरी स्थित श्री धन लक्ष्मी साकोस स्क्यानमा आबद्ध साथै स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

कास्की स्थित हितैषी साकोसको स्थलगत सुपरिवेक्षण 
कास्की स्थित हितैषी साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

लोकप्रिय
दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

२ दिन अगाडि

चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

कास्की स्थित हितैषी साकोसको स्थलगत सुपरिवेक्षण 
कास्की स्थित हितैषी साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

रामकोट साकोस स्क्यान कार्यक्रममा आबद्ध 
रामकोट साकोस स्क्यान कार्यक्रममा आबद्ध 

३ दिन अगाडि

हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध
हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध

७ दिन अगाडि

दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।
दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।

७ दिन अगाडि

महोत्तरी स्थित श्री धन लक्ष्मी साकोस  स्क्यानमा आबद्ध साथै स्थलगत सुपरिवेक्षण सम्पन्न
महोत्तरी स्थित श्री धन लक्ष्मी साकोस स्क्यानमा आबद्ध साथै स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप