सिन्धुलीमा २ दिने ऋण व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा २ दिने ऋण व्यवस्थापन तालिम सम्पन्न

सिन्धुली । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सिन्धुलीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा २ दिने ऋण व्यवस्थापन तालिम सिन्धुलीगढीमा सम्पन्न भएको छ । ऋण व्यवस्थापनसम्बन्धी ज्ञान र सिप उपलब्ध गराई सहकारी संस्थालाई सुरक्षित र सबल बनाउने  उद्देश्यका साथ भदौं १९ र  २० तालिम सञ्चालन गरिएको थियो । तालिममा १६ साकोसबाट १७ जनाको सहभागिता थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले सहजीकरण गर्नुभएको तालिममा ऋणको परिचय, ऋण परिचालन तथा  ब्यबस्थापन प्रक्रिया, 5 C विश्लेषण ,PEARLS का सुचकहरु आदि बिषयमा चर्चा गर्दै संस्थालाई जोखिमरहित बनाइ अझ सबल र सक्षम बनाउन अपनाउनु पर्ने नीति तथा रणनीतिहरुको सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरू प्रभावकारी रुपमा सञ्चालन गरिएको थियो । बचत ऋण सहकारी संस्थाहरुलाई व्यवस्थित गर्न तालिमबाट प्राप्त ज्ञान र सीप अति उपयोगी हुने धारणा सिद्धबाबा साकोस रातमाटाकी उपाध्यक्ष सरस्वती देवकोटा र धनसरी साकोसका अध्यक्ष नरेन्द्र कार्कीले समापन कार्यक्रममा बताउनु भयो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा उहाँले तालिमबाट  सिकेका कुरा संस्थामा लागू गर्नुपर्नेमा जोड दिनुभयो । खासगरी ऋण ब्यवस्थापन गर्न र  ऋण लगानीका सम्बन्धमा भएका कमजोरीहरु सुधार्न तालिम उपयोगी हुने बिचार राख्नुभएको थियो । आयोजक संस्थाका  कोषाध्यक्ष  कृष्णहरि कोइराला समेतको उपस्थिति रहेको समापन सत्रको संचालन जिल्ला बचत संघका फिल्ड कार्यक्रम अधिकृत शारदाप्रसाद पहाडीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप