धादिङमा जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङमा जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

धादिङ । जिल्लामा सञ्चालित सात वटा बचत तथा ऋण सहकारी संस्थाहरुको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम अन्तर्गत कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शनिवार सम्पन्न भएको छ । नशिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा जिल्ला वचत संघ धादिङ र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशाला धादिङ जिल्ला सिद्धलेक गाउँपालिकाको कार्यालयमा भएको थियो । 

नशिक बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता आयोजित कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्षको प्रमुख आतित्यथा सहित जिल्ला बचत संघ धादिङका अध्यक्ष टाप बहादुर श्रेष्ठ, जिल्ला वचत संघका बरिष्ठ उपाध्यक्ष शेषकान्त कडेल, महिला उपाध्यक्ष सिता दुवाडी खनाल, सचिव तुलसी प्रसाद अधिकारी, नशिक साकोसका संस्थापक अध्यक्ष एवम् गाउँपालिकाको सहकारी क्षेत्र हेर्ने टंक प्रसाद तिमल्सेना (शर्मा) को विशेष आतित्यथा रहेको थियो । 

कार्यक्रमका बक्ताहरुले जिल्ला भित्रका वचत तथा ऋण सहकारीहरुको बर्तमान अवस्था, सरकारको सहकारी प्रतिको दृष्टीकोण र अभियानमा जिल्ला संघ र नेफ्स्कूनको भूमिकाको विषयमा प्रष्ट पार्नुभएको थियो । त्यसैगरी साकोस प्रतिनिधिहरुले आ–आफ्नो संस्थाको वित्तिय अवस्था, आर्थिक पारदर्शिता, संस्थाको जिम्मेवारी र जवाफदेहिता, संस्थाको आर्थिक एवं व्यवस्थापकीय जोखिम र जोखिम न्यूनिकरणमा साकोस एवं संघहरुको भूमिका र स्थानीय निकायको नियामकीय भूमिकाको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्यहरु, व्यवस्थापकहरु, स्थानीय सहकारीकर्मीहरु, स्थानीय निकायका प्रतिनिधिहरु गरी ३० जनाको सहभागिता रहेको थियो । कार्यशाला सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकालले गर्नुभएको थियो । प्रस्तुतीकरणका क्रममा कार्यक्रम अधिकृत ढकालले जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रमको परिमार्जित म्यानुअलको विषयमा समेत जानकारी गराउनुभएको थियो । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप