बिन्धवासिनी साकोसको लक्ष्य: १ लाख बढी सदस्य, १० अर्ब बढी कारोबार 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बिन्धवासिनी साकोसको लक्ष्य: १ लाख बढी सदस्य, १० अर्ब बढी कारोबार 

बनेपा । काभ्रेपलञ्चोक तथा काठमाडौ जिल्लाभर कार्यक्षेत्र रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल उक्त संस्थाले २८ औं वार्षिक साधारण सभा समापन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बागमती सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा प्रमुख आतिथ्यता एवं बागमती सहकारी विकास बोर्डका सदस्य रामशरण शर्मा घिमिरे, ज्ञान बहादुर तामाङ र उद्धव सापकोटाको विशेष आतिथ्यता रहेको थियोे । 

कोभिड १९ अर्थात कोरोना भाईरसबाट हुने सक्ने जोखिमको विषम परिस्थितिमा नेपाल सरकार, नियमन निकाय एवं छातासंघहरुको निर्देशन तथा मार्गदर्शनलाई समेत मध्यनजर गरी २०७८ असोज २ देखि ९ गते सम्म सदस्यलाई पायक पर्ने सेवा कार्यालय, सेवा केन्द्र एवं विभिन्न ठाउँबाट सदस्य उपस्थिति भेला गराई सोही स्थानबाट क्षेत्रगत साधारण सभा प्रतिनिधि चयन गरी २०७८ असोज ११ गते सम्पूर्ण सेवा कार्यालयमा एकै दिन क्षेत्रगत साधारण सभा संचालन गरी सोही सभाबाट निर्णय प्रमाणिकरणका लागि प्रतिनिधि छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा २८ औं साधारण सभा समापन तथा निर्णय प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा आ.व. २०७८।७९ को संशोधित र २०७९।८० को प्रस्तावित कार्यक्रम, आ.व. २०७७/०७८ को आर्थिक प्रतिवेदन तथा चालु आ.व. २०७८/७९को संशोधित र आगामी आ.व. २०७९/८० को प्रस्तावित बजेट तथा कार्यक्रम, आ.व. २०७७/०७८ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७७/०७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, आ.व. २०७८/०७९ को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, पाँचौ त्रिवर्षिय व्यवसायिक रणनीतिक योजना, विनियम तथा नियमावली र कार्यविधि संशोधन, सहकारी एकिकरण र संरक्षित पूँजी फिर्ता कोष निर्देशिका २०७७ संशोधन २०७८ सर्वसम्मत् पारित गरिएको थियो ।

साधारण सभा समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बागमती सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले संस्थाले संचालन गरेका वित्तीय तथा गैह्रवित्तीय सेवाका बारेमा प्रशंसा गर्नु हुँदै अब संस्थाले  सदस्यहरुबाट उत्पादित कृषि सामाग्री संकलन गरी सोको ब्रान्डिङ्ख एवं उद्यमशिलता गर्नुपर्ने र विकास बोर्ड पनि त्यसमा सहयोग गर्न तत्पर भएको प्रतिवद्धता जनाउनु भयो । साथै सो अवसरमा उहाले उद्यमशिता विकास गरी   स्वरोजगारमूलक कार्यक्रमहरु संचालनलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । 

संस्थाले साधारण सभाको अवसरमा बागमती प्रदेश सहकारी विकास बोर्डको उपाध्यक्ष पदमा मनोनित हुनुभएका उपाध्यक्ष नारायण प्रसाद देवकोटा लगायत सहकारी बोर्डका सदस्यहरु रामशरण घिमिरे, उद्धब सापकोटा, शान्ती अधिकारी र ज्ञान वहादुर तामाङलाई कार्यकाल सफलताको शुभकामनासहित बधाईपत्र प्रदान गरिएको थियो ।

समूहगत र क्षेत्रगत अवधारणामा संचालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरी काभ्रेपलाञ्चोक तथा काठमाडौ जिल्ला भित्र १८९३ वटा समूह मार्फत ४१ हजार सात सय ४४ जना सेयर सदस्य र ८ हजार २ सय ९४ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ५० हजार ३८ जना सेवाग्राहीलाई सहकारी सेवा प्रदान गरी रु. ३८ करोड ५७ लाख १२ हजार शेयर पूँजी, रु.२ अर्ब ८१ करोड ८७ लाख ४८ हजार बचत तथा निक्षेप रु २ अर्ब ८७ करोड ९८ लाख ६२ हजार ऋण लगानीमा बाँकी रहेको र रु. ३ अर्ब ८७ करोड ७२ लाख ८६ हजार कूल सम्पति पु¥याउन संस्था सफल भएको र पाँचौ त्रिवर्षीय व्यावसायिक योजना अनुसार आ.व.२०८१।८२ सम्ममा १ लाख पाँच हजारलाई प्रतिष्पर्धी सेवा प्रदान गरी रु. १० अर्ब १२ करोड ५१ लाख कारोबार गर्ने लक्ष्य लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामाले जानकारी दिनुभएकोे थियो ।  

संस्थाले वित्तीय कारोबार लगायत सदस्य सुरक्षण कार्यक्रम, लघुवित्त कार्यक्रम, लघु जीवन विमा,  पशु विमा, बाली विमा, विपे्रषण, ज्ञानमा आधारित विशेष कृषि कार्यक्रम, स्थानीय तहको सहकार्यमा व्याज अनुदान, सहुलियत ऋण, सामाजिक तथा सामुदायिक कार्यक्रमका साथै सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्वावलेट बैकिङ्ग, एटिएम सेवा, बैंक र संस्था बिच फण्ड ट्रान्सफर सेवा लगायतका कार्यहरु गर्दै आएको र राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट सहकारी पुरस्कार, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, उत्कृष्ट व्यवस्थापक पुरस्कार, उत्कृष्ट करदाता सम्मान, अन्तर्राष्ट्रिय स्तरमा CUMI Award , ACCESS Silver Brand, कोभिड १९ को महामारीमा उत्कृष्ट सदस्य सम्मान २०७८, संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि.लामा International Credit Union Outstanding Executive Award 2021 बाट सम्मानित हुन सफल भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

बनेपा पार्टी भेन्युमा सम्पन्न कार्यक्रममा संस्थाका समिति, उपसमिति, कर्मचारी एवं शेयर सदस्य प्रतिनिधिहरुलाई संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियोे । संस्थाका सचिव रामशरण भण्डारीले संचालन गर्र्नुुभएको उक्त कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका सदस्यहरु रामशण शर्मा घिमिरे, ज्ञान बहादुर तामाङ र उद्धव सापकोटा, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का महासचिव एवं नेफ्स्कून संचालक जिबसराज खड्का, जिल्ला सहकारी संघ काभे्रका अध्यक्ष दिलिप शर्मा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले विन्धवासिनी साकोसका उपलब्धि चर्चा गर्नुभएको थियो । । 
 
भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२४ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

१ दिन अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण
सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

२ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान
२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

३ दिन अगाडि

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 
स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण
महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

१० दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

१२ दिन अगाडि

पाठकबाट थप