‘साकोसमा कार्यरत वा इच्छुक जो कोहीले बचत तथा ऋण परिचालन कोर्ष गर्नुपर्छ’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोसमा कार्यरत वा इच्छुक जो कोहीले बचत तथा ऋण परिचालन कोर्ष गर्नुपर्छ’ 

सरस्वती तामाङ

मेरो बुझाइमा कसैलाई भेदभाव नगरी समान रुपमा सबै सदस्यको आर्थिक, सामाजिक लगायत सर्वपक्षीय अवस्था उठानका लागि गरिने सामुहिक व्यावसायिक कार्य नै सहकारी हो । सहकारीमार्फत प्रशस्त सम्भावनाहरु छ भन्ने मेरो ८ वर्षको अनुभवले सिकाएको छ । शुभचिन्तकहरुको सल्लाह र प्रेरणाले म सहकारी क्षेत्र प्रवेश गरेकी हुँ । २०७१ सालदेखि काठमाडौं बौद्धस्थित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि. मा कार्यरत छु । जागिरे जीवनमा प्रवेश गरेको १० वर्ष भएपनि हाल कार्यरत संस्थामा काम गरेको भने ८ वर्ष भयो । शिक्षण पेशाको २ वर्षे अनुभवपछि सहकारी क्षेत्र प्रवेश गरेकी हुँ ।

सुरुमा सहायक पदबाट काम गरेँ । लगनशीलता, अनुभव र धैर्यको बलमा पेशागत फड्को मार्दै गएँ । हाल म साकोसको अत्तरखेलस्थित सेवा केन्द्र इन्चार्ज (बरिष्ठ अधिकृत) को रुपमा कर्यरत छु । सहकारीमा लागेपछि यस बोहक अन्य क्षेत्र सोचेकी छैन । नयाँ काम सिक्दै, तालिम र शिक्षा लिदैं अघि बढेका कारण रुचि बढ्दै गएको अनुभूत भएको छ । कार्यालय र घर नजिक भएका कारण पनि कार्यालयको समय व्यवस्थापन गर्न सहज भएको छ ।

यसैबीच, नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को सम्बन्धमा बचत तथा ऋण परिचालन विषयको छोटो अवधिको प्रमाणीकृत कोर्ष सञ्चालन गर्ने सूचना जारी गर्यो । हुनत नेफ्स्कून तथा अन्य सहकारी निकायबाट यसअघि नै CULCC, PEARLS, वित्तीय साक्षरता, भाखा नाघेको ऋण, ऋण व्यवस्थापन, सम्पत्ति शुद्धीकरण लगायत थुप्रै तालिमहरु लिइसकेकी थिएँ तर आफुु बचत तथा ऋण सहकारीको क्षेत्रमा कार्यरत रहेको र साकोसको बचत तथा ऋण परिचालनलाई कसरी प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा औपचारिक र सीटीइभीटी मान्यताप्राप्त तालिम तथा शिक्षा अत्यावश्यक ठानी यो कोर्ष गर्ने निधो गरें ।

कोर्ष गर्ने कुुरा कार्यालयमा सुनाउँदा सबैबाट एकदमै सकारात्मक प्रतिक्रिया पाएँ । खासगरी कर्मचारीहरुलाई तालिम लिन प्रेरित गर्ने प्रमुख कार्यकारी अधिकृत गान्बा सुनुवार सरले यो कोर्ष गर्न सल्लाह सुझाव दिनुभयो । सीईओ सर र अन्य सहकर्मीहरु (२०६६ साल जेठ ४ गते स्थापित अजम्बरी साकोसमा हाल कुल कर्मचारी १४ जना) बाट प्राप्त सकारात्मक प्रतिक्रिया र शुभेच्छाले मेरो हौसला बढायो । त्यस्तै, घर परिवार (२०४४ साल भदौं २८ गते सिन्धुपाल्चोक जिल्लाको पाङताङ–१ मा जन्म र हाल परिवारमा जम्मा ५ सदस्य) बाट समेत कक्षा लिन कुनै अफ्ठेरो सहनुपर्ने बातावरण सृजना भएन । किनभने मैले गरेका कामहरुमा उहाँहरुको पूर्ण सहयोग र समर्थन पाउने बातावरण छ । खासमा त्यो विश्वासिलो वातावरण सृजनामा मेरो स्वभाव र भूमिकाहरुले पनि काम गरेको छ भन्ने लाग्छ । 

उक्त कोर्ष सैद्धान्तिक र व्यावहारिक गरी जम्मा ४० घण्टाको थियो र पूरा गर्न करिब डेढ महिना लाग्यो । यस प्रकारको कोर्ष पहिलो पटक नेफ्स्कूनले सुरु गरेका कारण पनि हामीजस्ता विषयानुरागीहरुलाई सहयोग पुग्यो भन्ने लाग्छ । हाम्रो अभिभावक र नियमित सम्पर्कमा रहने निकायले नै सदस्य संस्थाहरुमा कार्यरत जनशक्तिलाई दक्ष बनाउने यस्ता कार्यक्रमहरु सञ्चालन गर्दा विश्वसनीयता, प्रभावकारिता र सहभागिता बढाउँछ भन्ने मलाई लाग्छ । त्यही कारण ढुक्क भएर यो कोर्ष गरेकी हुँ ।

कक्षा र समय व्यवस्थापन राम्रो र सहज थियो । बिहानी सत्रमा ७ बजेदेखि ९ बजेसम्म भर्चुल कक्षा लिन्थ्यौं । भर्चुअल भएका कारण पनि कक्षा सकेर कार्यालय पुग्न कठीन हुँदैन थियो । नेफ्स्कूनकै प्रशिक्षकहरुले कक्षा लिनु भयो । प्रशिक्षकहरुको शैली र विषयवस्तु माथि विज्ञता पाएँ । यो कोर्षमा हामीले:
ग्रामिण अवस्थाको विश्लेषण,
आर्थिक विकास र यसका सूचकहरु,
बचतको अवधारण र बचतसम्बन्धी अभ्यासहरु,
बचत परिचालनको अवधारणा,
बचत योजनाहरु,
समूह निर्माण,
ऋणको अवधारणा निर्माण तथा महत्व,
ऋणको योजना प्रदर्शन,
लघु उद्यमको अवधारणा निर्माण,
लघु उद्यम व्यवसाय छनौट,
सहकारीको अवधारणा,
सहकारीका सिद्धान्तहरु,
बचत तथा ऋण सहकारीको संगठनात्मक संरचना तथा सञ्जालहरु,
नेफ्स्कून, प्रदेश बचत संघ र जिल्ला बचत संघ बिच सञ्जाल सहकार्य ,
बैठक सञ्चालन र यसको महत्वहरु,
सहकारीमा लेखा व्यवस्थापन,
कार्य योजना र मूल्यांकन
लगायतका विषयमा अध्ययन गर्यौं । सकाईका क्रममा सबै कुराहरु महत्वपूर्ण नै रहे, तथापि बचतको महत्व र खर्च बर्गीकरणको विषय बढी नै महत्वको लाग्यो । समय परिस्थिति अनुसार भर्चुअल कक्षाको अनुभव राम्रो रह्यो । सहभागी साथीहरुमध्ये १ जनाबाहेक सबै अपरिचित हुनुहुन्थ्यो । भौतिक उपस्थितिमा कक्षा लिइन । तर, कुनै कुनै कक्षा चाहिं भौतिक रुपमा भएको भए राम्रै हुन्थ्यो होला । तर, त्यो परिस्थितिजन्य उपज थियो । त्यसमा कुनै गुनासो छैन । भएको प्रविधिको उच्चतम प्रयोग गरेर अध्ययन गरेँ । यो अनुभव पनि त भोलिका लागि वैयक्तिक र व्यावसायिक सम्पत्ति नै हुने ठानेको छु । 

प्रविधिको विकास र उपयोगले गर्दा कक्षा व्यवस्थापन प्रभावकारी थियो, अझ नेफ्स्कूनको प्रविधिलाई आत्मसात् गर्ने प्रयासले गर्दा हामीलाई समेत उत्साह प्राप्त भयो । भर्खरै कोर्ष सकिएर परीक्षा पनि पूरा भएको छ । आफ्नो तर्फबाट राम्रै गर्ने प्रयास भयो तथापि परीक्षार्थीले दिएको परीक्षाको बास्तविक मूल्यांकन परीक्षा लिने आधिकारिक व्यक्ति वा निकायले मूल्यांकन गर्ने हो । आफुले मात्र राम्रो गरेको छु भनेर हुदैन जस्तो लाग्छ ।

यो कोर्षले पक्कै पनि मेरो क्षेत्रमा जुन जिम्मेवारीमा काम गर्दै आएको छु, त्यसमा थप सफलता मिल्ने छ भन्ने लाग्छ । कुनै पनि क्षेत्रमा काम गर्दा त्यस क्षेत्रको विज्ञता अति नै महत्वपूर्ण हुने हुँदा बचत तथा ऋण सहकारीमा सेवा गर्ने जो कोहीले यो कोर्ष छुटाउनु हुन्न भन्ने लाग्छ । फेरि मेरो रोजाई सहकारी क्षेत्र नै भएकाले मैले त उपलब्ध भएसम्म सबै प्रकारका तालिमहरु लिनुपर्छ भन्ने लाग्छ । जुन भूमिकामा रहेर आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ, त्यसलाई प्रभावकारी र इमान्दारीपूर्वक पालना गर्ने बानी मैले विकास गरेकी छु । मैले परिवारजन र अग्रजहरुबाट सिकेको मुख्य कुरा यही हो र यसैलाई मुल मन्त्र वा लक्ष्य बनाएर अघि बढ्ने सोच बनाएकी छु । 

धन्यवाद । जय सहकारी ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप