टुगा आस्था बिकास साकोसको एकीकरणपछिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
टुगा आस्था बिकास साकोसको एकीकरणपछिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न 

रुपन्देही । ओमसतिया १ स्थित टुगा आस्था विकास साकोसको एकीकरणपछिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डी बि थापाको अध्यक्षता, नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् एवम् लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण प्रसाद नेपालको प्रमुख आतिथ्यता, नेफस्कून कार्यक्रम अधिकृत मनोज खड्का, राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखा प्रमुख आलोक सिवाकोटीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्षबाट अध्यक्षको वार्षिक प्रतिबेदन, लेखा संयोजकबाट लेखा समितिको प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

गत असोज १ गते देखि असोज १४ गतेसम्म अभौतिक विधिबाट सदस्यलाइ वार्षिक प्रतिवेदन वितरण गर्ने, लिखित सुझाव संकलन गर्ने र उपस्थिति जनाउने कार्य सम्पन्न गरी असोज १६ गते शनिवार साधारण सभा समापन गरिएको हो । सभामा १० जना उत्कृष्ट बचतकर्ता, १० जना उत्कृष्ट ऋणी र २ जना उत्कृष्ट सदस्य बिस्तार सदस्यलार्इ सम्मान तथा उपहार प्रदान गरिएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश बचत संघका अध्यक्ष नेपालले अहिले सहकारीहरुबीच अस्वस्थ प्रतिस्पर्धाले गर्दा सुशासनमा हिड्न प्रयास गरिरहेको सहकारी संस्थालार्इ अफ्ठ्यारो पारेको बताउदै छलछाम गरि धेरै लाभांश र यातायात भत्ताको नाममा पैसा बाढ्ने प्रचलन बढेको बताउनु भयो । टुगा सहकारीले हिसाबले आउने लाभांश मात्रै बाँडेको देखियो यसले एक छिन सदस्य दुःखी भएपनि संस्थालार्इ दिगो बनाउन मद्दत पुग्ने उहाँले बताउनु भयो ।  अस्वस्थ्य गतिविधिले सदस्यहरुलार्इ एक छिन खुसी बनाए पनि भबिष्यमा क्षति पुर्याउने खतरा रहेको विचार उहाँले व्यक्त गर्नुभयो । आफ्नो गाउँघर नजिकको टुगा आस्था विकास साकोसलाई आफुले नजिकबाट चिनेको र प्रतिबेदन अध्ययन गर्दा ऋण जोखिमको पूर्ण व्यवस्था गरेको, संस्थागत पुँजी मापदण्ड बमोजिम रहेको, अन्य वित्तीय सूचांकहरु राम्रो भएको पाइएकोले ढुक्क भएर कारोबार गर्न सुझाव दिदै छरछिमेकीलाइ सदस्य बनाउन संस्थाका सदस्यहरुलाई आव्हान गर्नु भयो ।

नेफ्स्कूनका कार्यक्रम अधिधृत खड्काले टुगा आस्था विकास साकोस राष्ट्रियस्तरको गुणस्तरीय कार्यक्रममा सरिक भै क्रियाकलाप गरेकोले संस्थाको वित्तीय अवस्थाको वृद्धि र गुणस्तरमा कसैले शंका नगर्न आग्रह गर्नु भयो । अर्का अतिथि सिवाकोटीले संस्थालाइ नजिकबाट नियाल्दा संस्थाको संचालक र व्यवस्थापनको सक्रियता, दक्षताले गर्दा संस्थाले राम्रो प्रगति गरेको देखिएको र भविष्यमा अझै राम्रो गर्नेमा आफु पूर्ण विश्वस्त रहेको बताउनु भयो ।

प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेलले संस्थाले धेरै राम्रो प्रगति गरेको, सिस्टममा संस्था संचालन गरेको देखा आफु खुसि भएको बताउदै अहिले लाभांश र यातायात खर्च वितरणमा धेरै सदस्यले गुनासो गरेको पाइएकोले समितिले सम्बोधन गर्न आग्रह गर्नु भयो । असोज १ गते देखि प्रक्रिया शुरु गरेर हिजो समापन भएको साधारण सभाको संचालन सचिव जित बहादुर रासकोटी र स्वागत तथा साधारण सभा सम्बन्धि प्रतिबेदन प्रस्तुति उपाध्यक्ष परसुराम बास्तोलाको रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप