पोखरा रोयलको २० औं साधारण सभा सम्पन्न, अध्यक्षमा रुद्रकुमारी गुरुङ निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयलको २० औं साधारण सभा सम्पन्न, अध्यक्षमा रुद्रकुमारी गुरुङ निर्वाचित

कास्की पोखरा १०, बुद्धचोक प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारीको २०औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ्गको अध्यक्षतामा हिजो भएको साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा क्या.चन्द्रप्रसाद गुरुङ्ग, सचिव केशवप्रसाद ढकाल, कोषाध्यक्ष गीरबहादुर श्रेष्ठ सदस्यहरुमा कृष्ण ढकाल, केदारनाथ पोखरेल, सि.आई. हरिबहादुर गुरुङ्ग, उमा परियार र एकबहादुर गुरुङ्ग निर्वाचित हुनुभएको छ । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा हर्कबहादुर गुरुङ्ग र सदस्यहरुमा खिमकुमारी गुरुङ्ग र नारायण सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ ।

वार्षिक साधारण सभाको गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्यका क्रममा पराजुलीले पोखरा रोयल सहकारी नेपालकै उत्कृष्ठ सहकारी रहेको र यसले अरु सहकारीलाई समेत संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन सिकाउन पर्ने बताउनुभयो । साथै संस्थाले वित्तीय सन्तुलन कायम गर्दै थप रोजगारी सिर्जना र उत्पादन वृद्धि हुने क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा संस्थाकी नवनिर्वाचित अध्यक्ष रुद्रकुमारी गुरुङ्ग, सल्लाहकार द्धय मेजर रामप्रसाद गुरुङ्ग, एकनारायण ढकाल र पुरस्कृत सदस्य प्रभात पौडेल लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा अविनास पौडेल, उत्कृष्ठ सदस्यहरुमा प्रभात पौडेल, पार्वती पौडेल बराल, उत्कृष्ठ बाल बचतकर्ता अञ्जली गुरुङ्ग, उत्कृष्ठ लघुवित्त केन्द्रतर्फ प्रथम हुने हरियाली रोयल केन्द्र, द्धितिय हुने शिशुवा रोयल केन्द्र र तृतिय हुन सफल साथीभाई रोयल केन्द्र र उत्कृष्ठ सेवाकेन्द्र तर्फ दुलेगौडा सेवाकेन्द्रलाई नगद तथा प्रमाणपत्र बाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यसैबीच, २०औं वार्षिक साधारण सभाले सञ्चलक समिति, लेखा सुपरिवेक्षण समति, लेखा परिक्षकको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथ बजेट समेत पारित गर्दै शेयर लाभांश तर्फ ८.०२ प्रतिशत, संरक्षित पूँजी फिर्ता कोष तर्फ बचत तर्फको कारोबारमा २.३७ र ऋण कारोबार तर्फ २.४० प्रतिशत लाभ वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

हाल संस्थामा ७३४६ जना शेयर सदस्य रहेका छन् भने संस्थाले नियामक निकायको मार्गदर्शन बमोजिम साप्ताहिक रुपमा सदस्यहरुको उपस्थिति गर्दै साधारण सभा सम्पन्न गरेको हो । यसैबीच संस्थाको नवनिर्वाचित सञ्चालक समितिको प्रथम बैठकले कोभिड संक्रमणका कारण ज्यान गुमाउने प्रत्येक सदस्यहरुको परिवारलाई प्रति सदस्य ५ हजार आर्थिक सहयोग गर्ने साथै कोभिड केयर शिर्षक अन्तर्गत १० लाख रुपैयाँ सम्मको ऋण ८.८८ प्रतिशत ब्याजदरमा लगानी गर्ने कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप