दोलखाका तीन साकोसबीच एकीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखाका तीन साकोसबीच एकीकरण

दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका तीन वटा बचत तथा ऋण सहकारीहरुबीच एकीकरण भएको छ । साबिकका जन उत्थान साकोस, नवज्योति साकोस र बैशाखेश्वर साकोसबीच एकीकरण भई नव जन उत्थान साकोस बनेको छ । नव जनउत्थान बचत तथा ऋण सहकारि संस्था लि. नाम र बैतेश्वर ३, खावा दोलखा ठेगाना रहनेगरी संस्था एकिकरण भएका हुन् । एकिकरण पछि संस्थाले पहिलो साधारण सभा समेत सम्पन्न गरेको छ । 

एकिकृत सहकारीका तदर्थ समिति संयोजक तेन्जिङ शेर्पाको अध्यक्षतामा सम्पन्न साधारण सभा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका संचालक सदस्य एवं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यता र दोलखा जिल्ला बचत संघका उपाध्यक्ष पवन प्रसाद दहालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारण सभामा तदर्थ समितिका संयोजक तेन्जिङ शेर्पाले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक शेषनारायण दहालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार एकीीकरण पश्चात २ हजार २ सय ५५ सेयर सदस्य र १ हजार ५४ बाल बचतकर्ता तथा १० संघसंस्था गरि ३४१० सदस्य पुगेको छ । संस्थाको कुल सम्पत्ति १४ करोड ४६ लाख १६ हजार १ सय ३१, शेयर पूँजि १ करोड २० लाख १९ हजार ७ सय तथा बचत निक्षेप १० करोड ७७, लाख ३ हजार २ सय ५९ रहेको छ ।  संस्थाले एकिकृत प्रथम साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट तरकारी तथा पशु व्यवसायी, जेष्ठ नागरिक, विद्यार्थी लगायत उत्कृष्ट कर्मचारिलाई सम्मान गरेको छ ।

एकीकृत प्रथम वार्षिक साधारण सभाले अध्यक्षमा तेञ्जिङ शेर्पा, उपाध्यक्ष ङिमा दोर्जे शेर्पा, सचिव केदार दहाल, सहसचिव कर्णदोर्जे शेर्पा, कोषाध्यक्ष सुकु शेर्पालगायत १३ सदस्यीय संचालक समिति र सिताराम दहालको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप