'जिल्ला बचत संघहरुलाई जस्तोसुकै सहयोग गर्न नेफ्स्कून तयार छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'जिल्ला बचत संघहरुलाई जस्तोसुकै सहयोग गर्न नेफ्स्कून तयार छ'

रौतहट बचत तथा ऋण सहकारी संघ लि. को २५ औं वार्षिक साधारण सभा संघकी अध्यक्ष देवकी नेपालको अध्यक्षता तथा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । हिजो कार्तिक ३० गते सम्पन्न सभामा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीको बिशिष्ट आतिथ्यता, जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, जिल्ल्ला बचत संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुर, सर्लाहीस्थित सगुन साकोसका अध्यक्ष केशव ढकाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कून कोषाध्यक्ष पनेरुले जिल्ला बचत संघ र नेफ्स्कूनबीच नङ र मासुको जस्तो घनिष्ठ सम्बन्ध रहेको बताउनु भयो । उहाँले अब जिल्ला बचत संघहरु पछाडि नरहने दाबी गर्दै त्यसका लागि जस्तोसुकै सहयोग गर्न नेफ्स्कून तयार रहेको जानकारी समेत गराउनुभयो । नेफ्स्कूनले साकोस अभियानका लागि गौरब गर्ने गरी काम गरेको समेत उहाँले उल्लेख गर्नु भयो ।

प्रमुख अतिथि पनेरु र बिशिष्ट अतिथि चौधरीले संयुक्त रुपमा संघको २५ औं साधारण सभाको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दे मेयर चौधरीले नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रमको प्रशंसा गर्दै नगरपालिका भित्रका सहकारीहरुको विकास र प्रवर्धनका साथै सुशासित बनाउने अभियानमा आधारशिला अत्यन्तै सहयोगी कार्यक्रम भएको बताउनुभयो ।

यसैबीच, नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले सर्लाहीस्थित १० वटा सहकारीका अध्यक्षहरुसँग भेटवार्ता गर्नु भएको छ ।  उक्त कार्यक्रममा जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे , जिल्ला संघका कोषाध्यक्ष मन्दिरा आचार्य लगायतको उपस्थिति रहेको थियो । उक्त भेटवार्तामा नेफ्स्कूनका कोषाध्यक्ष पनेरुले संस्थाका प्रतिनिधिहरुसँग सल्लाह सुझाव माग गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप