'सहकारी नियमनको अधिकार सरकारको'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारी नियमनको अधिकार सरकारको'

काठमाडौं । सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारीले सहकारीको नियमन गर्ने अधिकार सरकारको भएको बताउँदै अभियानसँग मिलेर अनुगमन र निरीक्षण गर्न विभाग तयार रहेको बताउनुभएको छ । उहाँले नियामक निकाय कमजोर बनाएर सहकारी अभियान अघि बढ्न नसक्ने समेत स्पष्ट पार्नुभयो । राज्यले जारी गरेको ऐन, नियम, निर्देशिका पालन गर्ने दायित्व सहकारीहरुको भएको र पूर्ण रुपमा तिनको कार्यान्वयनमा आवश्यक सहयोगको लागि आग्रह समेत गर्नुभयो ।

चौथो ललितपुर साकोस समिट २०७८को उद्घाटन समारोहमा आज शुभकामना मन्तव्य राख्दै रजिस्ट्रार अधिकारीले सहकारीको ब्याजदर सहकारीकर्मीको भावना सम्मान हुने गरी तय गरिने जानकारी पनि गराउनुभयो । सन्दर्भ ब्याजदर निर्धारण समितिको आजको बैठकमा ब्याजदर पुनरावलोकनको तयारी भैरहेको सन्दर्भमा उहाँले उक्त जानकारी गराउनुभएको हो ।  यसैगरी, उहाँले सहकारीको भिजन पेपर तयारीको बारेमा जानकारी गराउँदै त्यसमा अभियानको पनि पृष्ठपोषण आवश्यक रहने बताउनुभयो । सरकार र अभियान हातेमालो गरेर अघि बढ्नुपर्नेमा रजिस्ट्रार अधिकारीको जोड थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप